आफनो जग्गा कब्जा गरेको आरोप

Posted on
  • Feb 10, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २८ माघ/ आफूले खरिद गरेको जग्गा जबरजस्ती केही व्यक्तिले खोसेको आरोप लगाउंदै एक व्यक्तिले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी गरेका छन्।
    राधा किशुनले आफनो नाममा रहेको पर्साको विश्रामपुर शिवटोलस्थित ३ कठ्ठा १६ धुर जग्गा सोही ठाउं निवासी महिन्द्र राउतले जबरजस्ती कब्जा गरी कुटपिट गरेको आरोप लगाएका छन्।
    जग्गा विवाद सम्बन्धी मुद्दा चलेपछि अदालतबाट नापनक्सा गरीरहेको बेला महिन्द्र राउतलगायतले राधा किशुनलाई मरणासन्न हुने गरी कुटपिट गरेको पीडितले बताए।
    पीडित राम किशुनले भने- ँमेरो पिता रामदयाललाई आंखामा पट्ट िबांधेर अपहरण गरी तमसुकमा औठा छाप समेत लगाइसकेका छन् । ज्रि्रका पर्सामा उजुरीसमेत गर्दा हालसम्म कुनै कारबाही भएको छैन ।’
    उनले आफूमाथि ठूलो अन्याय भएको भन्दै न्याय दिन सम्पर्ूण्ा स्थानीय गाउंबासी, संचारकर्मी र नागरिक समाजलाई अनुरोधसमेत गरेका छन्।

    ३ महिने सिलाइ तालिम

    वीरगंज, २८ माघ/ लायन्स क्लब अफ वीरगंजहरुको संयुक्त आयोजनामा तीन महिने सिलाइ तालिम संचालन भइरहेको छ।
    आज पनि पर्साको सीतुहर बगही-१ स्थित पंचायत घर बगहीमा सिलाइ तालिम युवा सरोकार समाज नेपाल पर्साको सहयोगमा भइरहेको छ। तालिममा ३० महिलाहरुलाइ प्रशिक्षकहरुले तालिम दिइरहेका छन् ।
    ग्रामीण भेगका महिलाहरुलाई रोजगारीमूलक शिक्ष्ँा दिने उद्देश्यले सिपमूलक कार्यक्रमको आयोजना गरेको लायन्स क्लब अफ वीरगंजमा अध्यक्ष मनोहर टिवडेवालले दिएका छन्।

    बम विस्फोटबाट एक जना घाइते

    वीरगंज, २८ माघ/ अज्ञात समूहले फालेको बम विस्फोटबाट एक ठेलाचालक घाइते भएका छन्।
    गए राति ७ः१५ बजे वीरगंजको रजतजयन्तीस्थित मिनाक्षी बस काउन्टरलाई लक्षित गरेर फालेको बम विस्फोट हुंदा छपकैया-१ बस्ने ठेला चालक भुटेली महतो घाइते भएका छन् ।
    नम्बर खुल्न नसकेको एक मोटरसाइकलमा तीन जना सवार व्यक्तिले बम फालेर गएपछि सो बम विस्फोट भएको थियो । बम विस्फोटबाट घाइते महतोको वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

    महिला तथा पुरुष क्रिकेट प्रतियोगिता फागुन १ गतेदेखि


    वीरगंज, २८ माघ/ स्व. हेमन्त र्सराफको स्मृतिमा वीरगंज क्रिकेट एकेडेमीले महिला तथा पुरुष २०-२० क्रिकेट प्रतियोगिता हुने जनाएको छ।
    फागुन १ गते वीरगंजको नारायणी रंगशालामा हुने सो प्रतियोगिताको सम्पर्ूण्ा तयारी पूरा भइसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा दुइ महिला टोलीसहित ७ वटा टिमको सहभागिता हुनेछ भने प्रतियोगितामा भारतको यूपी, बिहार, राजस्थान, पूणिर्या र नेपालको क्रिकेड एकेडेमी र काठमाडौंको महिला क्रिकेट टोली सहभागी हुने आयोजकले बताएका छन्।

    नक्कली मदिराको बिगबिगी

    वीरगंज, २८ माघ/ पर्सा र बारामा प्रतिबन्धित नक्कली मदिराको विक्री वितरण खुलेआम भइरहेको छ । नक्कली मदिरा सेवनबाट बारा, पर्सा र रौतहटमा जन, धनको क्षति हुने क्रम बढिरहेको छ।
    दिनहुं वीरगंजको विभिन्न स्थानमा रहेको भट्ट ितथा मदिरा डिलरहरुमा विभिन्न रसायन तथा मलखाद र गोबर मिसाएर बनाइएको घरपाला मदिरा, अवैध प्रतिबन्धित नक्कली मदिराहरु खुकुरी रम र भर्जिनको बिक्री भइरहेको स्थानीयबासीले गुनासो गरेका छन् ।
    नक्कली मदिराको सेवनबाट हालसम्म थुप्रै मान्छेले ज्यान गुमाइसकेका छन् भने कतिको त आंखासमेत बिग्रिएर अन्धो भएका छन्।
    यस विषयको सर्न्दर्भमा ज्रि्रका पर्साका प्रमुख जिल्ला अधिकारी शेखरप्रसाद कोइरालाले प्रतिबन्धित नक्कली मदिरा नियन्त्रणको लागि छापामारी गर्न आन्तरिक राजस्व कार्यालय वीरगंजलाई निर्देशन दिएको बताए । उनले त्यस्ता मदिरादेखि उपभोक्ताहरु र्सतर्क भइ प्रहरी प्रशासनलाई सहयोग गर्न आग्रह पनि गरेका छन्।

    0 comments: