सरकारी षडयन्त्रविरुद्ध थारुहरु

Posted on
  • Feb 10, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २८ माघ/ तराइका आदिवासी समुदायलाई समाप्त पार्ने उनीहरुको रोजगारी र आरक्षण मधेशी समुदायलाई जिम्मा लगाउने सरकारी षडयन्त्रविरुद्ध थारु कल्याणकारी सभाले संर्घष्ाको कार्यक्रमको घोषणा गरेको छ ।
    थारु कल्याणकारी सभाका महामन्त्री राजकुमार लेखीले एक प्रेस विज्ञप्ति जारी गरी फागुन २८ र २९ गते तराइका सम्पर्ूण्ा जिल्लामा आदिवासी जागरण अभियान चलाउने,
    फागुन १ गते तर्राईका आदिवासी समुदायको रोजगारी, आरक्षण र अधिकार समाप्त पार्ने उद्देश्यले षडयन्त्रमूलक ढंगले ल्याइन लागेको अध्यादेशका विरुद्ध सिंहदरबार घेराउ गर्ने, सोही दिन राजधानी तथा जिल्लाहरुमा सभासद र अन्य विभिन्न आदिवासी समुदायका संघसस्थाहरुसंग वृहत अन्तरक्रिया गर्ने, फागुन २ देखि १० गते सम्म तर्राईका आदिवासी समुदायहरुका विरुद्ध पहाडी मधेशी ब्राम्हणवादी गठवन्धन शासकहरुको षडयन्त्रको भण्डाफोर अभियान र तर्राईका सम्पर्ूण्ा जिल्लाहरुमा विरोध पर््रदर्शन र सभा, फागुन १० देखि चितवनमा आयोजना हुन गइरहेको थारु कल्याणकारिणी सभाको केन्द्रिय परिषदको बैठक बारेको प्रचारात्मक अभियान, थारु तथा अन्य आदिवासी समुदायको विचार संकलन गरी फागुन १५, १६ र १७ गते केन्द्रीय परिषदको बैठकमा पेश गर्ने, चितवनको सौराहामा हुने परिषदको बैठकलाई थारु महोत्सवको रुप दिइ बैठकबाट आन्दोलनको आगामी कार्यक्रम घोषणा गर्ने तथा आन्दोलनको कार्यदिशा तय गर्ने उल्लेख छ।

    0 comments: