वीरगंज, २१ पुस/ शिक्ष्ँक युनियन पर्साका अध्यक्ष रामचन्द्र पंडितले विद्यालयहरु राजनैतिक क्ष्ँेत्रमा परिणत हुंदै गइरहेको आरोप लगाएका छन् ।
आज रिपोर्टस क्लब नेपाल पर्सर्ाााखाले होटल सम्झनामा आयोजना गरेको साक्ष्ँात्कार कार्यक्रममा बोल्दै उनले सीएलसी गठनमा अनियमितता र गलत दबाबका कारण विद्यालयमा हडताल, बन्दको क्रम चलेकोमा दुःख व्यक्त गर्दै राहत दरबन्दीमा पारदर्शी नभएका कारण अयोग्य शिक्ष्ँक नियुक्ति भएको बताए ।
शिक्षाविद् डा. कुलानन्दलाल दासले नयां पद्धतिको शिक्ष्ँा ल्याउनुभन्दा यसैलाई सुधार गरी लग्नुपर्नेमा जोड दिए । उनले विश्वका केही मुलुकहरुले निश्शुल्क शिक्ष्ँा जनतालाई दिएको बताउंदै नेपाल सरकारले शिक्ष्ँामा ५ प्रतिशत कर लगाउनु दर्ुभाग्यपर्ूण्ा भएको बताए ।
माउण्ट एडमण्ड माविका प्रिन्सीपल अनन्तकुमारलाल दासले नया“ शिक्ष्ँा पद्धति लागू गरेपछि मात्र शिक्ष्ँाको विकास हुने र यसलाइ उद्योगसरह हर्ेर्नुपर्ने बताए ।
उनले चाइनामा शिक्ष्ँा उद्योगसंग आबद्ध रहेको बताउंदै विद्यार्थीहरुलाई रोजगारीको अवसर प्राप्त हुने बताए । सरकारी विद्यालय व्यवस्थापनको कमजोरीका कारण शिक्ष्ँाको गुणस्तर नदेखिएको भन्दै उनले भने- शिक्ष्ँा क्ष्ँेत्रलाई शान्ति क्ष्ँेत्र घोषणा गर्नुपर्छ ।
प्याब्सनका अध्यक्ष श्याम केसीले सरकारले ५ प्रतिशत कर लगाएपछि ४० प्रतिशत विद्यालय बन्द हुने दाबी गरे । उनले सरकारले सरकारी र निजी विद्यालयलाई सौतेलो व्यवहार गरेको आरोप लगाए ।
पर्साका जिल्ला शिक्षा अधिकारी रामविनय सिंहले निजी विद्यालयमा शिक्ष्ँकहरुबीच तालमेल नभएको कारण शिक्षकहरु श्रम शोषण परेको बताए । उनले व्यवस्थापन समितिको स्वार्थ, पारीवारिक नियुक्तिको दबाव, शिक्ष्ँामा राजनीति हावी, शिक्ष्ँामा दलाली भएका कारण शिक्ष्ँाको गुणस्तर खस्केको बताए ।
रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न सो साक्ष्ँात्कार कार्यक्रमको संचालन अरुण विक्रम शाहले गरेका थिए ।
युगल जोडी पक्राउ
वीरगंज, २१ पुस/ चेलीबेटी बेचबिखनको आशंकामा प्रहरीले एक जोडीलाई पक्राउ गरेको छ ।
आज वीरगंजको नयां बसपार्कबाट प्रहरीले रौतहट चन्द्रनिगाहपुर निवासी जनज्योति माविमा कक्ष्ँा ८ मा अध्ययनरत शर्मिला सापकोटा र भारत बिहार राज्य, बैरगनिया निवासी हाल गरुडास्थित बाबा डिष्ट्रिलरीका सेल्सम्यान कुन्दन जैसवाललाई पक्राउ गरेको हो ।
पक्राउ परेका कुन्दन जैसवालले शर्मिलालाई मेरो मामाको घर बैजु जैसवालकहां पुर्याउन संगै आएको बताएका थिए ।
जैसलाललाइ प्रहरीले आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा राखेको छ।
नयां शिक्ष्ँामा मुस्लिम समुदाय
वीरगंज, २१ पुस/ मुस्लिम समुदायलाई नयां शिक्ष्ँामा कसरी समेटिने विषयय अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
आज मदरसा मख्ल्वद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा पर्सा जिल्लाको ८२ वटै गाविसका ८२ जना प्रतिनिधिहरुबीचमा छलफल भएको थियो ।
कार्यक्रममा जिविस पर्सर्ाा पर्ूव उपसभापति जुम्माद्दिन शेख हवारी, समाजसेवी अफजल साह, इमामुद्दिन, फूलमहम्मद साहलगायतको अन्तरक्रिया कार्यक्रममा उपस्थिति थियो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment