ऋषि धमला
काठमाडौं, २१ पौष । भारतीय समाजवादी पार्टर्ीी अध्यक्ष मुलायमसिंह यादवले पशुपतिनाथमा भएको पछिल्लो घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका छन् । रिपोर्र्टर्स क्लब नेपालद्वारा मण्डिखाटारमा आयोजित साक्षात्कारमा बोल्दै उनले पशुपति जस्तो पवित्र धार्मिक स्थलमा विवाद र तनाव हुनुलाई अशुभ संकेत भने ।
'पशुपतिनाथमा जे भयो अशुभ भयो,' उत्तर प्रदेशका पर्ूव मुख्यमन्त्री समेत रहेका यादवले भने,'यो शुभ संकेत होइन ।' पशुपति जस्तो पवित्र स्थलमा उत्पन्न परिस्थितिका कारण चर्चित बलिउड नायक अभिताभ बच्चन र विश्वकै धनाढ्यमध्येका अनिल अम्बानीले भ्रमण रद्य गरेको उनको भनाई थियो ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दे यादवले पशुपति हिन्दुहरुको आस्थाको केन्द्र भएको बताउदै राजनीति नमिसाउन आग्रह गरे । उनले भने,'पशुपतिको पूजारीलाई राजतन्त्र र गणतन्त्रसंग जोड्नु हुदैन ।' नेपाल सरकारले पूजारीलाई राजतन्त्रसंग जोड्ने काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डसंग पशुपतिमा उत्पन्न पछिल्लो परिस्थितिबारे कुराकानी गरेको समेत बताए ।
नेपालमा आएर पनि पशुपतिको पूजा नगरी जानुपर्दा आफूलाई असजिलो महशुश भएको बताए । उनले भने,'पशुपतिनाथको पूजा नगरी र्फकनुपर्दा म असाध्यै असजिलो र दुःखी महशुश गरिरहेको छ ।'
भारतीय समाजवादी पार्टर्ीी महासचिव अमर सिंहले पशुपतिमा पूजारी नियुक्तिको विषयमा आलोचना गरे । उनले शंकराचार्यले चलाएको परम्परा तोडेको भन्दै आपसी सम्बन्ध ब्रि्रनसक्ने खतरा औल्याए । उनले भने,'शंकराचार्यले दक्षिणको पूजारी उत्तरमा र उत्तरको पूजारी दक्षिणमा लगेर पूजा चलाउने चलन चलाएका हुन् । धर्मपरम्परा माध्यमबाट आपसी सम्बन्ध सुदृढ बनाउने चलन तोड्दाको शुभ हुदैन ।' आफूहरु परम्परा र रीतिरिवाज तोड्न नहुने पक्षमा रहेको स्पष्ट पारे । नेपालको पछिल्लो घटनाक्रमबारे प्रधानमन्त्री डा.मनमोहन सिंह, कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीसंग भेटी छलफल गर्ने समेत बताए ।
सिंहले नेपालको शान्ति प्रक्रियाबारे राष्ट्रपति डा.रामवरण यादव, प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासंग गम्भीर छलफल भएको बताए । नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन भारतले सधै सहयोग गर्ने बताए । नेपालले भारतबाटै सहयोगको आशा राखेको बताउदै भने,'भारत नेपालको शान्ति प्रक्रियामा आवश्यक सहयोग गर्न तयार छ ।'
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले नेपालको शान्ति प्रक्रियामा भारतले पुर्याएको सहयोगका लागि धन्यवाद व्यक्त गरे । उनले नेपालको विकास, राजनीतिक स्थायित्व र शान्ति प्रक्रियामा भारतले थप सहयोग पुर्याउने आशा व्यक्त गरे । उनले नेपाल र भारतबीचबीचको सम्बन्ध अझ सुदृढ बनाउन यादवको भ्रमण सहायकसिद्ध भएको बताए ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment