पत्रकार वीरेन्द्र साहको हत्याको आरोपमा पक्राउ

Posted on
  • Jan 5, 2009
  • by
  • mukesh
  • in

  • वीरगंज, २१ पुस/ वारा कलैयाका पत्रकार वीरेन्द्र साहको हत्याको आरोपमा बारा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
    गए राति बाराको खोपवा गाविस वडा नं. ८ स्थित आफनै घरमा बसिरहेको अवस्थामा रामएकवाल सहनीलाइ प्रहरीले छापा मारी पक्राउ गरेको हो । अभियुक्त सहनीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बारामा राखिएको छ।
    २०६४ असोज १८ गते रामएकल सहनी समूहले बाराको पिपरा बजारबाट अपहरण्ँ गरि पत्रकार साहको हत्या गरेको प्रहरीको आरोप छ ।
    हत्यामा संलग्न कुन्दन फौजदार, लालबहादुर चौधरी र हरेराम पटेल भने अझै फरार रहेका छन् ।

    वीउमनपाको तालाबन्दी खुला

    वीरगंज, २१ पुस/ वीरगंज उपमहानगरपालिकामा चार दिन अघिदेखि लगाइएको तालाबन्दी खुलेको छ ।
    र् कर्मचारी एसोसिएसन तथा नगरबोर्डका प्रतिनिधि, पर्साका प्रमुख जिल्ला अधिकारी शंकरप्रसाद कोइरालाबीच सहमति भएपछि आजदेखि तालाबन्दी खुलेको हो ।
    मंगलबारसम्म कर्मचारीहरूको तलब उपलब्ध गराउने, नगरपालिकामा उचित व्यवस्थाका लागि कमिटी गठन गर्नुपर्ने, कर्मचारीको सुरक्षालगायत स्थायी समाधान गर्न पहल गर्ने सहमतिमा कर्मचारीले तालाबन्दी खोलेको बताइएको छ ।
    र् कर्मचारीले आर्थिक सहायताका कारण बारम्बार विवाद हुने, गाली गलौज तोडफोड गर्ने जस्ता कार्य बन्द गर्नुपर्ने, समयमै तलब पाउनुपर्ने, कार्यालयको आम्दानी खर्च पारदर्शी गर्नुपर्नेलगायत सात सूत्रीय माग राखी बिहीवारदेखि तालाबन्दी गरेका थिए ।

    राष्ट्रवाद संघको आरोप

    वीरगंज, २१ पुस/नेकपा माओवादी सरकारले धर्म संरक्षणको आडमा वितण्डा मच्चाइरहेको नेपाल राष्ट्रवाद संघ पर्सर्ाा आरोप लगाएको छ ।
    आज एक प्रेस विज्ञप्ति जारी गरी श्री पशुपति क्षेत्रमा विगतदेखि परम्परागत पूजारीहरूबाट गर्दै आएको पूजा अर्चनाको दोषनिकाली पूजारीहरूमाथि लगाइएको भ्रष्टाचारको आरोपको पुष्टी नै नगरी चुहावटका मुहानहरूलाई बन्द गर्ने प्रयार्सतर्फ कुनै कदम नचलाई धर्मको आस्थामाथि ताण्डव गर्दै नेकपा माओवादीले पशुपति मन्दिर मात्रै आप\mनो कब्जामा लिने प्रयास नगरी विश्वका हिन्दू धर्मावलम्बीहरूको धार्मिक आस्थामा चोट पुर्‍याई धर्म सम्बन्धसमेतलाई विखण्डन गर्न खोजेको ठहर गरेको उल्लेख छ ।
    विज्ञप्तिमा हिन्दूहरूको धार्मिक आस्थामाथि खेलवाड नगर्न चेतावनी दिंदै यस परिस्थितिमा हिन्दूवादी धार्मिक संघसंस्था सचेत भइ धार्मिक आस्था संरक्षणका लागि एक जुट हुन संघ, पर्सर्ाा अध्यक्ष जनकलाल साहले आग्रह गरेका छन् ।

    0 comments: