हेल्थ टाइम्स पत्रिका प्रकाशनारम्भ

Posted on
  • Jan 5, 2009
  • by
  • mukesh
  • in
  • काठमाडौं, २१ पुस/ स्वास्थ्य सम्बन्धि विषयवस्तु केन्द्रित मासिक अंग्रजी पत्रिका हेल्थ टाइम्स पत्रिकाको प्रकाशनारम्भ गरिएको छ । २० पौषमा सूचना तथा संचार मन्त्रालयका सचिव लिलामणि पौडेलले राजधानीमा आयोजित कार्यक्रमकाबीच पत्रिका उदघाटन गरेका हुन् ।
    हेल्थटेक प्रालिद्वारा प्रकाशित पत्रिका उदघाटनपछि बोल्दै पौडेलले स्वास्थ्य क्षेत्रको सूचनाको खडेरी मेट्न पत्रिकाले योदान पुर्‍याउने आशा व्यक्त गरे । कार्यक्रममा वरिष्ठ पत्रकार दुर्गानाथ शर्माले पत्रिकाले स्वास्थ्य क्षेत्रको सूचनाबाट जनतालाई सूसुचित बनाउन योगदान पुर्‍याउने आशा व्यक्त गरे । पत्रिकाका प्रधानसम्पादक लक्ष्मण कश्यपले खोजी समाचारहरुलाई प्राथमिकताका साथ संकलन गर्ने बताए । कार्यक्रममा नेपाल बार एशोशिएसनका अध्यक्ष विश्वकान्त मैनाली, नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाल, पत्रिकाका सम्पादक लक्ष्मण कश्यपलगायतले आ आफ्नो धारणा राखेका थिए ।

    रिपोर्टस क्लबको भत्सर्ना

    काठमाडौं, २१ पुस/ पशुपति क्षेत्रमा छायांकन गर्न पुगेका नेपाल टेलिभिजनका छायांकार टेकबहादुर खड्कामाथि वाइसिएलले आक्रमण गरी शक्त घाइते बनाएको घटनाको रिपोर्र्टर्स क्लब नेपाल घोर भर्त्सना एवं निन्दा गर्दछ । समाचार संकलनका क्रममा पुगेका खड्कामाथिको प्रहार प्रेस स्वतन्त्रतामाथिको प्रहार हो भन्ने क्लबको ठहर छ । घटनाका दोषी पत्ता लगाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछ । क्लब खड्काको श्रि्र स्वास्थ्यलाभको कामना गर्दछ । पत्रकारमाथि एकपछि अर्को गरी भइरहेको आक्रमणलाई निस्तेज पार्न ठोस कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औल्याउदै सरकारसँग शान्तिसुरक्षा सुनिश्चित हुने वातावरण निर्माण गर्न जोडदार माग गर्दछ । पत्रकारमाथि आक्रमण जारी रहे आम पत्रकार एकजुट भई कडा संर्घष्ामा उत्रने चेतावनी दिदै प्रेस स्वतन्त्रताको पक्षमा सशक्त रुपमा अगाडि बढ्न आम जनसमुदायलाई आहवान क्लबका अध्यक्ष ऋषि धमलाले गरेका छन् ।

    0 comments: