ऐतिहासिक भ्युटावर जिविसलाई

Posted on
  • Jan 5, 2009
  • by
  • mukesh
  • in
  • तुलसा बस्नेत
    दामन, २१ पुस/ पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले पर्यटकीय क्षेत्र दामनमा रहेको भ्यूटावरको स्वामित्व जिल्ला विकास समिति मकवानपुरलाई दिएकोे छ ।
    पर्यटन मन्त्रालयका सहसचिव लक्ष्मण भट्टर्राईले स्वस्ती बाचन र शंख घोषकाबीच स्थानिय विकास अधिकारी भुवनप्रकास विष्टलाई भ्युटावरको कागजात आज सोमबार हस्तान्तरण गर्नुभएको हो ।
    भ्यूटावरबाट प्राप्त हुने सम्पर्ुण्ा आम्दानी जिल्ल्ााको पर्यटन विकासमा खर्चने र्सतमा पाँच बर्षा लागि जिविसलाई स्वामित्व हस्तान्तरण गरिएको हो ।
    कार्यक्रममा प्रमुख अथिति सभासद् प्रेमबहादुर पुलामीले पर्यटनलाई राजनीति भन्दा टाढा राख्नुपर्ने बताउनुभयो ।
    उहाँले नयाँ नेपालमा नयाँ प्रकृयाबाट पर्यटनको बिकास गर्नुपर्नेमा जोड दिनुभयो ।
    सहसचिव भट्टर्राईले मकवानपुरको उत्तरी क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने सोचाई पर्यटन मन्त्रालयको भएको बताउनुभयो । उहाँले मन्त्रालयले हस्तान्तरण गरेपनि निगरानी र सहयोग जारी राख्ने बताउनुभयो । स्थानिय बिकास अधिकारी भुवनप्रकास बिष्टले भ्युटावर स्थानिय स्वमित्वमा आएर खुसी लागे पनि त्यसका साथै चुनौती पनि थपिएको बताउनुभयो । उहाँले स्थानिय समुदायले नै भ्युटावरको उचित रेखदेख गर्न सक्ने बिश्वास ब्यक्त गर्नुभयो ।
    भ्यूटावर हस्तान्तरण कार्यक्रममा मकवानपुरका उत्तरी क्षेत्रका बासिन्दाहरु, राजनैतिक दलका प्रतिनिधिहरु, सँञ्चारकर्मी , साहित्यकार र स्थानिय बासिन्दाको उल्लेख्य रुपमा उपस्थिति थियो । हस्तान्तरण समारोहमा पालुङ्गको १२ बर्षो नाच, खैजडी भजन, तामाङ्गको संस्कृति झल्कने झाँक्रि नृत्य, धिमे नाच, गोपाली नृत्य, लाखे नाच,, गोपाली जातिको परम्परागत हाकु पटासी समेतको पर््रदर्शन गरिएको थियो ।
    त्रिभुवन राजपथ निर्माण गर्ने क्रममा २०१२ सालमा निर्माण भएको करिव साढे सात रोपनी जग्गामा फैलिएको भ्युटावरमा २५ जना अट्ने क्षमताको खरले छाएको र पक्की सेड रहेका छन् । टावर मै होटल पनि सन्चालित भै रहेको यस स्थानमा असोजदेखि बैशाख सम्म आन्तरिक र बाह्य पर्यटकको र्घर्ुइचो लाग्ने गरेको छ ।
    विश्वका १४ उच्च हिमशृंखला मध्ये आठ वटाको अवलोकन गर्न सकिने दामन भ्यु टावरको हस्तान्तरण समारोहमा कविहरुले कविता, अनि नवछितिज कला केन्द्रले गित र नृत्य प्रस्तुत गरेका थिए ।

    तरुण दलको प्रेस विज्ञप्ति

    काठमाडौं, २१ पुस/ नेपाल तरुण दलले एक विज्ञप्ती प्रकाशित गरि हिन्दुहरुको पवित्र आराध्यदेव पशुपतिनाथमा सरकारले गरेको नियुक्ती प्रति आपत्ति जनाएको छ ।
    तरुण दल अध्यक्ष तथा सभासद् महेन्द्र यादवद्धारा जारी विज्ञप्तीमा भनिएको छ- सम्मानित सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश विपरित मन्त्री गोपाल किरातीको भनाइ आउनु र वाइसियल लगायर जर्वजस्ती प्रवेश गरि पुजा अर्चना गर्नु घोर आपत्ति प्रकट गर्दछौं । धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको पशुपति नाथ मन्दिरमा राजनीति गर्न नहुने भन्दै तरुण दलले वाइसियललको जवरजस्ती नरोकिए धार्मिक आस्था बचाउनका लागि समेत संर्घष्ा गर्न तयार रहने जनाइएको छ । अदालतले दिएको आदेश अनुसार नै तुरुन्त काम हुनुपर्ने माग गर्दै तरुण दलले आदेश नमान्ने मन्त्री किराती, नवनियुक्त पुजारी तथा वाइसिललाई कारवाही हुनुपर्ने माग गरेको छ ।

    0 comments: