वीरगंज, २२ पुस । सशस्त्र भूमिगत संगठन तराइ अखिल क्रान्तिकारी पर्साका अध्यक्ष बताउंदै फिरौती मागेको आरोपमा प्रहरीले एकजनालाइ पक्राउ गरेको छ ।
गए राति वीरगंजको घण्टाघरबाट बाराको लिपनीमाल-८ निवासी २० वर्षीय प्रमोदकुमार गोड ँप्रदिप’लाइ पर्सा प्रहरीले फिरौति लिइरहेको समयमा पक्राउ गरेको जनाएको छ । उनको साथबाट ९८०७२०७४३०, ९८४१८७७८०८ र कागजातहरूका साथ फेला परेको छ ।
पर्साको १० स्थान र वाराको १६ स्थानमा फोन धम्की दिइ फिरौती लिएको प्रदीपले बयानको क्रममा स्वीकार गरेको प्रहरीलाई जनाएको छ । फिरौति असुल गर्ने कार्यमा पर्साको अलौ गाविसका विजय गुप्तासमेत संलग्न रहेको बयान प्रहरीलाई दिएको छ । प्रदीपलाइ थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा हिरासतमा राखिएको छ ।
दिनेश सापकोटाको हत्या -
अपडेट
वीरगंज, २२ पुस/ पर्साका एक युवकको शव पथलैयाको जंगलमा फेला परेको छ ।
आज बिहान बारा जिल्लाको पथलैया जंगलमा ठोरी-५ निवासी देवीप्रसाद पौडेलको २९ वर्षीय दिनेश सापकोटको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्ष्ँक देवीप्रसाद पौडेलका अनुसार उनको अज्ञात समूहले हत्या गरेको हुनसक्ने बताए । उनले पथलैयास्थित मध्यमाञ्चल ट्राफिक कार्यालय पछाडीको जंगलमा सापकोटाको शव फेला परेको बताए
सापकोटाको शव नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजमा पोस्टमार्टमका लागि राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
राप्रपाको क्षेत्रिय समितिहरु गठन
वीरगंज, २२ पुस/राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीपर्सर्ााे क्षेत्र नं. १, २ र ३ मा क्षेत्रिय कार्य समितिहरु गठन भएको छ ।
आज राप्रपा, पर्सर्ााोत्र नं. १ मा किशोरी गुप्ताको संयोजकत्वमा २७ सदस्यीय क्षेत्रिय कार्य समिति गठन गरेको छ । समितिका उप-संयोजकमा हषिर्तलाल यादव रहेका छन् ।
समितिका सदस्यहरुमा हरि साह कानु, बिचारी राउत कर्ुर्मी, नथुनिराम हरिजन, मिताराम प्रसाद कर्ुर्मी, चन्देश्वर प्रसाद कोईरी, हरिशंकर प्रसाद साह कानु, जगदिश साह कानु, बाबुनन्द साह सोनार, कलाम मिंया ठकुर्राई, बिनोद मानन्धर, मदनप्रसाद गुप्ता, श्रीमति कमलादेवी ताम्राकार, रामाप्रसाद कानु, जगतनारायण प्रसाद कानु, गणेशप्रसाद साह तेली, श्याम सिंह, हरिश्चन्द्र पाण्डे, मगदिश प्रसाद यादव, केदारप्रसाद यादव, प्रभुप्रसाद यादव, राजकुमार साह कानु, धिरज दारुका, शम्भु मिश्रा, हमिद मिंया तेली र शम्भु प्रसाद कर्ुर्मी रहेका छन् ।
क्षेत्रिय कार्य समितिकै गठनको क्रममा राप्रपा, पर्सर्ााोत्र नं. २ मा रामबहादुर थापाको अध्यक्षतामा १९ सदस्यीय क्षेत्रिय कार्य समिति गठन गरेको छ । समितिका उपाध्यक्ष, सचिव, उप-सचिव र कोषाध्यक्षमा क्रमशः रमतुल्लाह खांन, ऋषि श्रीवास्तव, श्रीमति सिन्हया शाही र मृत्युन्जय झा रहेका छन् ।
समितिका सदस्यहरुमा बैजनाथ महतो खुलवट, लालबाबु श्रीवास्तव, मोतीलाल गिरी, कमलाकान्त साह, चन्द्रबीर चौधरी, नारायण बहादुर खडका, किरण मानन्धर, रामानन्द पुरी, श्रीमति उर्मिला पुरी, मोतीलाल साह तेली, हिरामन महतो, रामदरस प्रसाद कुशवाहा, बैजनाथ प्रसाद कर्ुर्मी र फिरोज खांन रहेका छन् । उक्त नवनिर्मित समितिले ७ सदस्यीय एक सल्लाहकार समिति समेत गठन गरेको छ ।
यसै गरि राप्रपा, पर्सर्ााोत्र नं. ३ मा सन्तोष तिवारीको संयोजकत्वमा १४ सदस्यीय क्षेत्रिय कार्य समिति गठन गरेको छ । समितिका उप-संयोजक, सचिवमा क्रमशः दशरथ राउत कर्ुर्मी र अशोककुमार मण्डल रहेका छन् ।
समितिका सदस्यहरुमा भगवतीप्रसाद, नवलकिशोर प्रसाद चौरसिया, चन्द्रकिशोर द्धिवेद्धी, रामवचन महतो, देवतानन्द प्रसाद गुप्ता, रमेश पाण्डेय, ठग महतो, दिनेश्वर मिश्रा, महानन्द साह, रामजितप्रसाद साह र पन्नालाल पटेल रहेका छन् ।
उल्लेखनिय संख्यामा उपस्थिती कार्यकर्ता एवम स्थानियबासीहरुको सहभागिता सम्पन्न सो भेलामा राप्रपा, पर्सर्ाा जिल्ला तथा क्षेत्रिय स्तरका थुप्रै नेताहरुको समेत उपस्थिती रहेको जिल्ला प्रवक्ता शशि बिचित्रले बताए ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment