हरि शर्मा
नवलपरासी पुस २२ । हतियारसहित नवलपरासीमा सात जना व्यक्ति पक्राउ परेका छन् ।
नवलपरासीको जमुनिया गाउ“ विकास समिति वडा नं. ८ को चौपातामा लाग्दै आएको चौपाया हाट वजारका ठेकेदार नापे मिया“संग लेनदेनको विषयमा विवाद ह“ुदा सात जना व्यक्तिहरूले मिया“लाई अपहरणशैलीमा चौपातामा लगी कुटपिट गरिरहेको अवस्थामा शसस्त्र प्रहरी टोली र जनपद प्रहरीको टोलीले घेरा हाली पक्राउ गरेको प्रहरीले जनाएको छ ।
अपहरण शैलीमा घेरा हालि कुटपिट गरिरहेको अवस्थामा प्रहरी पुगेको देखेपछि उनीहरूले नजिकै रहेको केरावारीमा हतियार फालेको र प्रहरीको घेरामा उनीहरू हतियार सहित पक्राउ परेको वताईएको छ ।
एक थान कटुवा पेस्तोलसहित चितवन पिठुवा-७ का विमल श्रेष्ठ, मदन थापा मगर, सागर मगर, आशिष तामाङ, पिठुवा १ का राज कुमार दहेज, पिठुवा ५ का वलराम श्रेष्ठ र नवलपरासी माकर ४ का पदम पुनलाई ना २ प २०३३ नम्वरको सिविजेट, र ना ८ प ५३५७ तथा ना ५ प. ७६२० नम्बरको पल्सर मोटरर्साईकलसहित प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय सेमरीमा राखिएको समेत नवलपरासी प्रहरिले जनाएको छ ।
शिक्षकले तलव पाएनन्
बारा/जिल्लाको टेढाकटी-९ रूपौलिया स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा निजी स्रोतबाट १५ महिनाअघि अध्यापनका लागि नियुक्ति पाएका एक शिक्षकले अहिलेसम्म तलव पाएका छैनन् ।
यसैगरी नेपाल सरकारले सुरू गरेको साक्षरता अभियानका लागि नियुक्त गरिएका निरिक्षक अवैधानिक भएको भन्दै नियुक्ति बदर गर्न मांग गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment