वीरगंज, २२ पुस/ भारतको कलकत्ता निवासी इश्वरीप्रसाद अग्रवाल मारवाडीले आफनो जेठी पत्नी दर्ुगा देवीकी छोराले सम्पत्ति हडप्न खोजेको आरोप लगाएका छन् ।
आज रिपोर्टस क्लब नेपाल पर्सर्ाा विशेष साक्षात्कार कार्यक्रममा बोल्दै मारवाडीले नेपालमा आफनो १०० विघाभन्दा बढी जमिन रहेको बताउंदै हजुरबुवा बोहित राम अग्रवालले नेपालको नागरिकता लिए पनि हालसम्म आफूले नेपालको नागरिकता नलिएको बताए ।
साक्ष्ँँत्कार कार्यक्रममा वितरित प्रेस विज्ञप्तिमा स्व. हजारीमल मारवाडीको नाती स्व. बोहित राम मारवाडी भन्ने मोहित राम मारवाडीको छोरा वर्ष७८ कोर् इश्वरीप्रसाद मारवाडीले सन् १९७१ मा कलकत्ता कोर्टमा अंशवण्डा हुंदा नेपालमा रहेको वीरगंज-कलैया र गौर इत्यादि ठाउंमा रहेको जग्गाहर्रुर् इश्वरीप्रसाद अग्रवाल मारवाडीको हकभोगमा आएको जनाएको छ ।
विज्ञप्तिमा अग्रवालको दुइ पत्नी रहेको र जेठो छोरा अरुणकुमार अग्रवालले केही भूमाफिया र शिवकुमार अग्रवालको चक्करमा लागी नक्कली कागजात खडा गरी पिताको नाममा रहेको अचल सम्पत्ति हडप्ने प्रयास गरेको र छोरा अरुणकुमारले किर्ते कागज खडा गरी नेपाली नागरिकताको प्रमाणपत्र लिन सफल भएका जनाएका छन् ।
इश्वरीप्रसाद मारवाडी जिउंदै रहेको अवस्थामा उनलाई मृत घोषित गरी सो सम्पत्ति अरुणकुमारले आफनो र श्रीमतीको नाममा नामसारी गर्ने प्रयास गरेको भन्दै २०६४/१२/६ गते मालपोत कार्यालय पर्सर्ाा बारामा उजुरी दर्ता गराएको जनाएको छ ।
रिपोर्टस क्लब नेपाल पर्सर्ाा अध्यक्ष कन्हैया गुप्ताको सभापत्विमा सम्पन्न साक्ष्ँात्कार कार्यक्रमको संचालन अरुण विक्रम शाहले गरेका थिए ।
लागू औषध ओसार पसार गरेको आरोपमा पक्राउ
वीरगंज, २२ पुस/ लागू औषध ओसार पसार गरेको आरोपमा नेकपा माओवादीको भातृ संगठन अखिल नेपाल मजदूर संघ पर्सर्ाा एकजनालाई समातेर प्रहरीलाई बुझाएको छ ।
आज संघका अध्यक्ष उमेश पटेल नेतृत्वको टोलीले लागू औषधका कारोबारी र पुलीसको मुखवीर विरन्चीवर्वा-७ निवासी हाल वीरगंज उपमहानगरपालिका श्रीराम हल नजिक डेरा गरी बस्ने चेतमन साह तेलीलाई पक्राउ गरी रिपोर्टस क्लब नेपाल पर्सर्ाााखाको साक्ष्ँँत्कार कार्यक्रममा र्सार्वजनिक गरेको हो ।
पुस १७ गते वीरगंज पावरहाउसस्थित अमित होटलमा चेतन साह तेलीले सेतो हेरोइन ४ सय ग्राम लुकाएको साक्ष्ँात्कार कार्यक्रममा स्वीकारेका छन् ।
कटैया देवरवाना निवासी आलम भन्ने व्यक्तिले चेतन र एक अपरिचित व्यक्तिलाई सो होटलमा हेराइनको पोका राख्न लगाएवापत १५ हजार रुपियां दिने लोभमा आफूले हेरोइन लगेर राखेको चेतनले साक्ष्ँात्कार कार्यक्रममा बताए ।
कार्यक्रमपछि अखिल नेपाल मजदुर संघ पर्सर्ाा अध्यक्ष उमेश पटेलले चेतन साह तेलीलाई जिल्ला प्रहरी कार्यालय पर्सर्ाा फोन गरी बुझाएका थिए ।
प्रहरीले पुस १७ गते हेरोइनसहित अमित होटलका मालिक ३२ वषर्ीय लालबाबू मण्डललाई पक्राउ गरेका थिए ।
कार्यक्रम रिपोर्टस क्लब नेपाल पर्सर्ाा अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रधानमन्त्रीलाई ज्ञापन
वीरगंज, २२ पुस/ राप्रपा नेपालले विभिन्न सूत्रीय माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
आज शान्ति सुरक्ष्ँा कायम गर्नुपर्ने, सुस्ता, कालापानी देखिएको समस्या तत्काल समाधान गर्नुपर्ने, द्वन्द्वकालमा जागिर छाडेकालाई पुनस्थापना गर्नुपर्नेलगायतको माग राखी राप्रपा नेपालले जिल्ला प्रशासन कार्यालय, पर्सर्ाार्फ प्रमंलाई ज्ञापन पत्र बुझाएका हुन् ।
चिसोको कारण वृद्धको मृत्यु
वीरगंज, २२ पुस/ तराइमा बढ्दै गइरहेको चिसोको कारण बारामा एक वृद्धको मृत्यु भएको छ ।
आज बाराको नरही गाविस इटहर निवासी ६० वषर्ीय इनर साह सोनार जाडोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
एक्सरे सेवा सुचारु
वीरगंज, २२ पुस/ विगत दुइ महिनादेखि बन्द रहेको बाराको कलैयास्थित जिल्ला अस्पतालको एक्सरे सेवा सुचारु भएको छ ।
आज स्थानीय बासिन्दाले दबाब दिएपश्चात अस्पताल व्यवस्थापनले एक्सरे मेशिन मरम्मत गरी सेवा सुचारु गरेको हो ।
महिला लुटिइन
वीरगंज, २२ पुस/ अज्ञात समूहले एक महिलालाइ बेहोस बनाइ लुटेका छन् ।
आज बाराको पथलैया निवासी ४० वषर्ीय रत्नमाया लिम्बुलाई अज्ञात समूहले बेहोस गरी लुटेकाघरमा एक्लै बस्दै आएकी महिला लिम्बुको होस आएपछि प्रहरीलाइ उनले बताएकी थिइन ।
५ जना अपरिचित व्यक्तिहरुले लिम्बुलाई आफनो कब्जामा लिइ १० हजार नगद, सुनको गहना लुटेको प्रहरीले जनाएको छ ।
मोवाइल चोर पक्राउ
वीरगंज, २२ पुस/ मोबाइल चोरेको आरोपमा प्रहरीले दुइजना किशोरलाई पक्राउ गरेको छ ।
हिजो पर्सर्ााे हरपुर गाविस घर भइ हाल वीरगंज राधेमाइ टोल बस्दै आएको १२ वषर्ीय अजय चौधरी र पर्सर्ाा ओझैया परसौनी गाविस-३ घर भइ हाल राधेमाइ टोलमा बस्दै आएका १३ वषर्ीय विश्वास चौधरी लाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय पर्सर्ाा राखिएको छ ।
दुर्घटनाको विरोधमा सडक अवरुद्ध
वीरगंज, २२ पुस/ सडक दर्ुघटनाको विरोधमा वीरगंज-१९ नगवावासीले चक्काजाम गरेका छन् ।
आज ब्लु हेभेन इंगलिस बोर्डिङ स्कूल युकेजीमा अध्ययनरत छात्रा शमा प्रवीन विद्यालयबाट घर र्फकदै गर्दा वीरगंजको नगवा नजिक टयाक्टरले ठक्कर दिएपछि घाइते भएकी छन् ।
घटनाको विरोधमा युनाइटेड सनलाइट र विद्यालयका छात्रछात्रा तथा शिक्ष्ँकहरुले टायर बालेर नगवामा सडक अवरुद्ध गरेका छन् । उनीहरुले नगवाको चौकचौकमा स्पीड ब्रेकर राख्नुपर्ने माग गरेका छन् ट्याक्टरको चालकले खलासीलाई ट्याक्टर चलाउन दिएपछि सो दर्ुघटना भएको हो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment