हरि शर्मा
नवलपरासी २३ पुस । वातावरण प्रदूषण गराएको भन्दै नवलपरासीको लुम्बिनी चिनी उद्योग सुनवलमा तालावन्दी गरिएको छ ।
न्यूनतम वातावरणीय प्रदुषणका मापदण्ड पनि पूरा नगरेको र रातको समयमा भुसको प्रयोग गरि कारखाना संचालन गर्दा वातावरणमा प्रतिकूल असर गरेको जनाउंदै स्थानीयवासी, राजनैतिक दलका प्रतिनिधिहरुले हिजो रातिदेखि कारखानाको मुल गेटमा तालावन्दी गरिदिएका छन् ।
उनीहरुले भुस लोड गरि कारखानातर्फ जान लागेको एक ट्रकलाई समेत नियन्त्रणमा लिएको स्थानियवासी गोपाल भट्टराइले वताउनु भएको छ ।
वातावरण प्रदूषणको न्यूनतम मापदण्ड पुरा गर्ने विषयमा गाविससंग भएको सहमति समेतलाई कारखानाले पूरा नगरेको उनिहरुले आरोप लगाएका छन् ।
दुर्घटनामा चारजना घाइते
हरि शर्मा
नवलपरासी पुस २३ । पर्ूव-पश्चिम राजमार्ग अर्न्तगत नवलपरासीको अमरापुरीमा आज बिहान भएको एम्बुलेन्स दर्ुघटनामा परि चारजना घाइते भएकाछन् ।
आज बिहान ५ वजे दुम्कौलीवाट सुत्केरी विरामी लिएर भरतपुरतर्फ जांदै गरेको लु १ च २१ ८१ नम्बरको एम्बुलेन्स अमरापुरी २ मा पल्टीन पुग्दा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
वाक्लो हुस्सु लागेका कारण सडकमा रोकीराखेको ट्रकसंग ठाकिन पुग्ने क्रममा दुर्घटनावाट वचाउन खोज्दा एम्बुलेनस सडकमा पल्टीन पुग्दा सो दर्ुघटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि सुत्केरी विरामीसहित उनका आफन्त समेत र्घाईते भएको र उनीहरुको भरतपुर अस्पतालमा उपचार भैरहेको नवलपरासी प्रहरीले जनाएकोछ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment