पशुपतिको पूजारी नियुक्तिमा अदालतको आदेश त्रुटीपर्ूण्ा-माओवादी नेता गजुरेल

Posted on
  • Jan 7, 2009
  • by
  • mukesh
  • in
  • काठमाडौं, २३ पौष । नेकपा माओवादीका सचिवालय सदस्य सीपी गजुरेलले पशुपतिमा पूजारी नियुक्तिमा अदालतले दिएको आदेश त्रुटीपर्ूण्ा भएको बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले राजीनामा स्वीकृत भइसकेका पूजारीलाई कामकाजमा फर्काउनु भन्ने आदेश दिनुले आफूहरु आर्श्चर्यचकित भएको बताए ।
    'पशुपतिमा पुराना पूजारीलाई कामकाजमा फर्काउन दिइएको आदेश सुनेर आर्श्चर्यचकित भएका छौं,' गजुरेलले भने,'अदालतको आदेश त्रूटीपर्ूण्ा छ । यसलाई सच्याउन आग्रह गर्दछौं ।' पूजारी नियुक्तिमा योग्यता र क्षमतालाई आधार बनाइएको जिकिर समेत गरे ।
    रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा गजुरेलले पशुपतिको पूजारी नियुक्तिलाई विवादास्पद बनाएर राजनीति गर्न खोजिएको आरोप लगाए । भारतका केही दलहरुले नेपालको आन्तरिक मामलामा हस्तक्षेपकारी व्यवहार देखाएको आरोप समेत लगाए । सक्षम र प्रक्रियासंगत रुपमा स्वदेशी पूजारी नियुक्त गरिएकोमा नेपालीहरुले गर्व गर्नुपर्ने बताए । पशुपतिमा जम्मा हुने भेटीलाई पारदर्शी बनाएर राष्ट्रिय हितमा प्रयोग गर्नुपर्ने बताए ।
    उनले नेपाली सेनाका प्रधानसेनापतिबाट राजनीतिक अभिव्यक्ति आएको भन्दै आलोचना गरे । सेनाले राज्यको आदेश मान्नुपर्ने बताउदै भने,'सेनाले राजनीति गर्न मिल्दैन ।' यद्यपि प्रधानसेनापति रुक्माङ्गत कटवाललाई हटाउने पक्षमा आफ्नो दल नरहेको प्रष्ट पारे । नेपाली सेनाले शान्ति सम्झौताविपरित नयां भर्ना खोजेको भन्दै असन्तुष्टि जनाए । सेना राजनीतिभन्दा माथि नहुने समेत बताए ।
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले माओवादीले धर्ममाथि अतिक्रमण गर्न खोजेको आरोप लगाए । अदालतको आदेश मान्छु भनिएपनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै त्यसबारे सदनमा कुरा उठाउने बताए । उनले भने,'माओवादीले धर्ममाथि आक्रमण गरे । यो अपसगुन हो ।' अदालतको मानहानी हुनेगरी माओवादीले जथाभावी व्यवहार देखाउन खोजेको समेत बताए । उनले परम्परालाई निरन्तरता दिएर पुराना पूजारीलाई यथावत् राख्न जोड दिए ।
    महतले नेपाली सेनाले नयां भना लिन मिल्ने जिकिर गरे । उनले सेनालाई अनावश्यक विवादमा ल्याउने प्रयास भइरहेको बताए । राष्ट्रसंघलेनै नयां भर्ना शान्ति सम्झौताको विपरित भन्दै पत्र लेखेको छ नि भन्ने प्रश्नमा उनले भने,'राष्ट्रसंघनै यो मामलामा गलत छ ।' सेनाको मनोबल गिराउने काम कहीकतैबाट भए सह्य नहुने बताए ।
    नेकपा एमालेका केन्द्रीय सदस्य भीम आचार्यले पशुपतिमा पूजारी नियुक्ति प्रक्रियानै गलत भएको जिकिर गरे । पूजारी नियुक्ति गर्दा पारदर्शीता नअपनाइएको बताउदै भने,'को पूजारी हुनेभन्दा पनि प्रक्रिया कस्तो अपनाइएको भन्ने मुख्य कुरा हो ।' नेपाली पूजारी नियुक्त गरेपनि प्रक्रिया मिलाउनुपर्नेमा उनको जोड थियो ।
    नेपाली सेनाको नयां भर्नालाई नियमित प्रक्रियाका रुपमा लिएको बताउदै अनावश्यक विवाद नगर्न भने । माओवादीले राज्यको सेनाको नियमित प्रक्रियामाथि अवरोध सृजना गर्न खोजे सह्य नहुने बताए ।
    नेपाली सेनाका पर्ूवरथी चित्रबहादुर गुरुङले सेनाको नियमित भर्ती रोक्न नमिल्ने बताए । सेनाको दरबन्दीपर्ूर्ति गर्न भर्ती खोलिने गरिएको बताउदै भने,'नियमित भर्ति रोक्न पाइदैन ।' शान्तिसम्झौतायता दुइपटक भर्ती खोलिसकिएको बताउदै अहिले आएर विवाद उठाउनुलाई अनावश्यक भने । उनले भने,'दर्ुइ वर्षम्म माओवादी सुतेको थियो र अहिले आएर भर्तीको विरोध भइरहेको छ ।'
    गुरुङले नेपाली सेनाले सरकारको आदेश सधै मान्दै आएको बताए । सेना राज्यको निर्देशनअनुसार चल्ने गरेको बताउदै अनावश्यक राजनीतिक विवादमा तान्ने काम भइरहेको बताए ।
    रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सहमति र सहकार्यबाट अगाडि बढ्नुपर्ने बताए । मतभेदहरु छलफलबाट सुल्झाउनुपर्ने भन्दै संविधान निर्माणमा केन्द्रित हुन आग्रह गरे ।

    0 comments: