वीरगंज, २६ पुस/ आचार्य प्रवर गुलाबजी महाराजले पानी बढी खाऔं र खानेकुरा पिउने गरौंमा जोड दिएका छन् ।
आज स्थानीय राणी सति अतिथि सदनमा इन्टरनेशनल पर्र्सोनालिटी रिर्सच काउन्सिलको आयोजनामा बहुआयामिक व्यक्तित्व विकास सम्बन्धी एक दिने गोष्ठीमा प्रवचन दिंदै गुलाबजीले पृथ्वीको संरचनामा तीन भाग पानी एक भाग जमिन भए झैं खानेकुरा एक भाग र ३ भाग पानी पिउनाले स्वस्थ्य हुनेमा जोड दिएका हुन् ।
गुलाबजीले भने- शब्दले नै कटुता रोप्छ, शब्दले नै बैरी हटाउंछ । शब्दले जोड्छ भांचिएको मन, शब्दले नै माया बढाउछ ।
विश्वको विभिन्न राष्ट्रका तीन करोड पचास लाखभन्दा बढी मानिसहरुले गुलाबजी महाराजद्वारा रचित शब्दको चार देही ग्रहण गरेर प्रतिदिनि एक सुखमय जीवन बांच्ने प्रेरणा दिइरहेको आयोजकले जनाएको छ ।
मनुष्य स्वयंदेखि सन्तुष्ट छैनन
वीरगंज, २६ पुस/ योग परिवारद्वारा आयोजित कुण्डलिनी जागरणद्वारा इश्वर प्राप्तिको अनुभूति विषयक कार्यक्रममा प्रमुख वक्ता पटना बिहारका वरिष्ठ सहजयोग सि.एन.शर्माले प्रत्येक मनुष्य स्वयंदेखि सन्तुष्ट नभएपछि सहज योगको आवश्यकता रहेको बताए ।
आज वीरगंजको नगर सभागृहमा आयोजित आत्म साक्षात्कार कार्यक्रममा प्रवचन दिंदै शर्माले मानवीय दर्ुबलता काम, क्रोध, लोभ, मोह, अहंकार, पद, इष्र्या, घृणा, कुसंस्कार, दर्ुभावनाहरुबाट मुक्त हुन समस्याहरुको स्थायी समाधानका लागि आन्तरिक चेतना जागृत गराउन खोजिएको बताए ।
उनले भने- मनुष्यले आप\mनो जीवनको लक्ष्य बिर्सिएर नशाको लतमा फस्दै गएको छ । कुनै शक्ति र धनद्वारा मुक्त हुन नसक्ने समस्याको समाधान सहजयोगबाट अवश्य हुन्छ तर्सथ प्रत्येक मनुष्यका लागि सहजयोग आजको परम आवश्यकता हो ।
प्रभात काव्ययात्रा सम्पन्न
वीरगंज, २६ पुस/ १५० औं प्रभात काव्ययात्रा वीरगंजमा सम्पन्न भयो । आज प्रतीक दैनिक कार्यालयमा जगदीशप्रसाद शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा कवि र कवयित्रीले रचना बाचन गरेका थिए ।
अनन्तकुमार लाल दास, शितलप्रसादमहतो, समिर पाख्रिन, विम्मी शर्मा, कृष्ण उदास खनाल, अरुण विक्रम शाह, लक्ष्मी शाक्य, विनोद तिमल्सिना, केशवबहादुर श्रेष्ठ, उमेशप्रसाद गुप्ता, गोपाल रिमाल, मुस्कान शर्मा,प्रताप श्रेष्ठ, ध्रुवलाल शास्ती, विशेश्वर घिमिरेलगायतले आ-आप\mना रचना वाचन गरेका थिए भने काव्ययात्राको संचालन अरुण विक्रम शाहले गरेका थिए ।
१५१ औं प्रभात काव्ययात्रा कृपा दैनिक, तेजारथ टोलमा माघ २५ गते शनिवार ८ः३० बजे हुने आयोजकले जनाएको छ ।
रक्तदान कार्यक्रम सम्पन्न
वीरगंज, २६ पुस/ बौधी युवा क्लबले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
आज माइधिया पोखरीमा सम्पन्न कार्यक्रममा ३६ जनाले रक्तदान गरेको सो क्लबका अध्यक्ष सूरजराज शर्माले जनाएका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment