वीरगंज, २६ पुस/ राज्यको हरेक अंगमा महिला, आदिवासी, जनजातिहरुको समानुपातिक र समावेशी सहभागिता हुनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।
आज रिपोर्टस क्लब नेपाल पर्साद्वारा आयोजित संविधान निर्माणमा महिला, आदिवासी, जनजातिको भूमिका विषयक कार्यक्रम राप्रपा केन्द्रीय सदस्य एवं संगठन विभागकी सदस्य विन्दु पहाडीले संविधान मुलुकको मूल कानुन भएकोले महिलाहरु सचेत हुनुपर्नेमा जोड दिइन ।
राप्रपा केन्द्रीय सदस्य एवं प्रचार प्रसार विभागकी सदस्य मीना सुवेदीले दाइजो प्रथा, रुढीवादीले मधेशलाई आक्रान्त पारेको भन्दै संविधानसभामा प्रतिनिधित्व गरेका महिला सभासद्हरुले महिला हकहितलाई भन्दा पार्टर्ीीकहितलाई बढी जोड दिएको आरोप लगाइन् ।
नेकपा माओवादीका केन्द्रीय सदस्य राष्ट्रिय प्रजातान्त्रिक जनजाति आदिवासी महासंघका अध्यक्ष हेमजंग गुरुले आदिवासी, जनजाति स्थापित होइन, विस्थापित भइरहेको बताउंदै संघीयको मतलब देश टुक्राउने होइन, देशलाई एकताबद्ध र मजबुत बनाउने हो बताए ।
राप्रपाका केन्द्रीय सदस्य डा. धवलशम्शेर जबराले भने कम्युनिष्टले धर्म मान्दैनन् भने अरुले मान्न पाउने कि नपाउने - उनले माओवादी कम्युनिष्टले आप\mनो चरित्र अरुमाथि लाद्न खोज्दा देश र संस्कृति नै सिद्धिन लागेको आरोप लगाए ।
राप्रपाका केन्द्रीय सदस्य एवं काठमाडौं उपत्यका विशेष क्षेत्रका संयोजक विक्रम बहादुर थापाले महिलाहरुलाई सक्ष्ँम र साक्षर नबनाइ महिला र जनजातिका नाममा संविधान निर्माण गर्न खोजिएको बताए ।
आदिवासी जनजाति महासंघका उपाध्यक्ष दमनकुमार श्रेष्ठले ६० वर्षा नेपालमा ६ वटा संविधान बन्यो, अन्तरिम संविधान समेत संशोधन गरियो तर्सथ त्रुटिपर्ूण्ा संविधान होइन सम्पर्ूण्ा नेपालीको हकहीत संरक्षण र राष्ट्रिय अखण्डताको सुनिश्चित गर्ने संविधान आवश्यक छ भने ।
रिपोर्टस क्लब नेपाल पर्साका सभापति कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन नेपाल आम संचार मंच पर्साका सचिव विजय भण्डारीले गरेका थिए ।
२९ गतेदेखि पर्साका निजी विद्यालय अनिश्चितकालीन बन्द
वीरगंज, २६ पुस/ नेपाल संस्थागत विद्यालय शिक्ष्ँक युनियन पर्सर्ाा दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।
आज नेपाल पत्रकार महासंघ, पर्सर्ााे सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा युनियनका कावा अध्यक्ष नारायण सिंहले ०६३ चैत १९ गते ०६४ असार १ गते नेपाल सरकारको शिक्ष्ँा मन्त्रालय, प्याब्सन, एन प्याब्सन र यस युनियनबीच भएको सहमति हालसम्म कार्यान्वयन नभएपछि प्रथम चरणको आन्दोलनबाट पनि कुनै सुनवाइ नभएको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेका हुन् ।
विभिन्न ५ सूत्रीय माग राखी आन्दोलनमा उत्रिएका युनियनको मागबारे सम्बन्धित निकायले कुनै ध्यान नदिएको भन्दै पुस २९ गतेदेखि सम्पर्ूण्ा निजी विद्यालय बन्द गर्ने, मूनलाइट माविमा गरिएको तालाबन्दी अनिश्चितकालीन जारी राख्ने र तेस्रो चरणको आन्दोलनको घोषणा गर्ने जनाएको छ ।
बाल हिन्दी कवि प्रतियोगिता
वीरगंज, २६ पुस/ विश्व हिन्दू दिवसको उपलक्ष्यमा बाल हिन्दी कवि प्रतियोगिता आज वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि संविधान सभासद् अजय चौरसिया, मोहन राजपाल, दिपनारायण मिश्र, पुरुषोत्तम दुवे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम हिन्दू जागरण मंचका ओमप्रकाश सिकारियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment