काठमाडौं, २६ पौष । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले माघ १ बाट देशभर प्रशूती सेवा निशुल्क हुने खुलासा गरेका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दे उनले निःशुल्क प्रसूती सेवाका लागि सबै व्यवस्था मिलाइसकेको बताए ।
'माघ १ बाट देशभरका प्रशूती सेवा निशुल्क हुनेछ,' मन्त्री पोखरेलले भने,'स्वास्थ्यलाई मौलिक अधिकार अर्न्तगत राखिएबमोजिम निशुल्क सेवा दिने क्रममा पछिल्लो निर्ण्र्ाालिइएको हो ।' प्रसूती सेवा दिने अस्पताल, क्षेत्रीय, अञ्चल, जिल्ला देखि अन्य अस्पतालहरुमा समेत निःशुल्क व्यवस्था गरिने बताए । प्रसुती सेवा दिने अस्पताललाई सेवावापत् सरकारले रकम उपलब्ध गराउने बताए । सामान्य प्रशूतीका लागि एक हजार, जटिलका लागि तीन हजार र अत्यन्त जटिलका लागि पांच हजार रुपियां उपलब्ध गराउने व्यवस्था मिलाइएको समेत बताए ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा मन्त्री पोखरेलले वीर अस्पतालमा यसै हप्ताभित्र पदाधिकारी नियुक्त गरिसक्ने बताए । यसअघिका पदाधिकारीको राजीनामा स्वीकृत भइसकेको भन्दै नयां पदाधिकारीको नियुक्तिका लागि सबै प्रक्रिया पूरा भइसकेको बताए । उनले अस्पतालहरुमा बन्द हड्ताल नगर्न आग्रह समेत गरे ।
चीनमा अध्ययनका लागि गएका विद्यार्थीहरुको प्रिइन्टरनशिपको व्यवस्था नराखिने स्पष्ट पारे । चीनमा अध्ययन गर्न गएका विद्यार्थीहरुको समस्यालाई मध्यनजर गरी प्रिइन्टरनशिपको व्यवस्था नेपालमा गर्ने नगर्ने भनेर तीन सदस्यीय समितिलाई चीन पठाएको र अध्ययनबाट राख्दा देश र विद्यार्थीमाथिनै नकारात्मक असर पर्ने प्रतिवेदन आएबमोजिम राख्न नसकिएको स्पष्ट पारे । तथापि इन्टरनशिपको व्यवस्था भने रहेको बताए । विद्यार्थीले चिकित्सक बन्ने हो भने सम्बन्धित मुलुकको भाषा जान्नैपर्ने बताए ।
स्वास्थ्य क्षेत्रमा व्यापक सुधार भएको उल्लेख गर्दै भविष्यमा थप सुधारका कार्यक्रम ल्याउने बताए ।
एक अर्को प्रसंगमा नेकपा एकताकेन्द्र मसालका पोलिब्यूरो सदस्यसमेत रहेका मन्त्री पोखरेलले पौष २९ गते पार्टर्ीीकीकरण हुने बताए । एकीकरणपछिको पार्टर्ीीे नाम एकीकृत नेकपा माओवादी रहने बताए । एकीकरणको घोषणापर्ूव २८ पौषमा दुवै पार्टर्ीीे भेला गरी दस्तावेजलाई अन्तिम रुप दिने बताए । प्रचण्डपथ माओवादीले त्याग्नर्ुपर्छ भन्ने अडान त्याग्नर्ुपर्छ भन्ने प्रश्नमा उनले भने,'प्रचण्डपथ बहसको विषयनै रहनेछ ।' पार्टर्ीी मार्क्सवाद, माओवादलाई मानेर अगाडि बढ्ने टुंगो लागिसकेको स्पष्ट पारे ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले स्वास्थ्य क्षेत्रलाई निःशुल्क र र्सवसुलभ बनाउन सबै लाग्नुपर्ने बताए । स्वास्थ्य क्षेत्रमा भएका पछिल्लो उपलब्धिका लागि मन्त्री पोखरेललाई धन्यवाद व्यक्त गरे ।
सरकार ढाल्ने खेल भइरहेको छ - किरण
काठमाडौं, २६ पुस/ नेकपा माओवादीका वरिष्ठ नेता मोहन वैद्य किरणले सरकार ढाल्ने खेल भइरहेको बताएका छन् । २६ पौषमा रिपोर्र्टर्स क्लब नेपालमा लोकप्रिय डा.उपेन्द्र महतो इन्टरनेशनल कल्चरल ग्रुप नेपालद्वारा आयोजित अर्न्तक्रियामा बोल्दै उनले देश र विदेशबाट सरकार ढाल्ने खेल भइरहेको बताए ।
'सरकार ढाल्न देशीविदेशीहरु लागेका छन्,' किरणले भने,'हाम्रा लागि सरकारमा बस्नुमात्र ठूलो कुरा होइन ।' सरकारबाट हट्नुपरेपनि सडकमा पुगेर जनताको चाहनाअनुरुपको संविधान निर्माण गरेरै छाड्ने बताए । देशमा विदेशी चलखेल बढेको भन्दै सजग हुन आग्रह गरे । उनले पशुपतिको पूजारी नियुक्तिमा अनावश्यक हल्ला फिजाएर भारतमा समेत हंगामा मच्चाइको बताउदै भने,'पशुपतिको पूजारी नियुक्तिबारे भारतमा हल्ला मच्चनु राष्ट्रिय स्वाभिमानमाथिको चुनौती हो ।' भारतले सीमा अतिक्रमण त्रि्र पारेको भन्दै आलोचना गरे । सुस्तामा हालै ११ रोपनी जमिन भारतले हडपेको भन्दै अतिक्रमणविरुद्ध संर्घष्ा गर्नुपर्ने बताए ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment