तारसहित दुइ चोर पक्राउ

Posted on
  • Jan 7, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २३ पुस/ दुइ बोरा बिजुलीको तारसहित दुइ तार चोरलाई प्रहरीले पक्राउ गरेको छ ।
    आज बिहान ४ बजे वीरगंजको नयां बसपार्कस्थित वसन्तकुमार गुप्ताको पसलबाट २० हजार मूल्य बराबरको दुइ बोरा तार लिइ भारततर्फ जांदै गरेका बारा सिमरा बस्ने १८ वषर्ीय सानु लामा र मोरङ पथरी बस्ने १८ वषर्ीय रामबहादुर थापालाई प्रहरीले रंगेहात पक्राउ गरेको जनाएको छ ।
    पक्राउ परेका दुइ चोरहरु एचआइभी एडस संक्रमित रहेको प्रहरीले जनाएको छ ।

    दुइ स्थानमा चोरी

    वीरगंज, २३ पुस/ वीरगंजको माइस्थान चोकमा रहेको शुभम मोबाइल सेन्टरमा चोरी भएको छ ।
    गए राति २ः३० बजे चोरले सटर ताला फोडेर मोबाइल, डाटा केबल, सिडी, डिभिडी लगायत ५० हजार मूल्य बराबरको सामान चोरी लगेको पसलका संचालक मनोजकुमार गुप्ताले बताए ।
    त्यसैगरी घण्टाघर लिंकरोडमा रहेको एभरेष्ट टे्रड कर्न्र्सट बिजुलीको पसलबाट आज बिहान ५ बजे चोरहरुले ढोका तोडेर ७० हजार मूल्य बराबरको सामान लगेको पसलका संचालक वसन्तकुमार गुप्ताले बताएका छन् ।

    पर्साका निजी विद्यालय बन्द

    वीरगंज, २३ पुस/ नेपाल संस्थागत विद्यालय शिक्ष्ँक युनियन पर्साले पर्ूवघोषित चरणबद्ध आन्दोलनको कार्यक्रम अनुसार जिल्लाको सम्पर्ूण्ा निजी विद्यालय बन्द गरी मूनलाइट माविमा तालाबन्दी गरेका छन् भने जिल्ला प्रशासन कार्यालय, पर्सामा १२ बजेदेखि २ बजेसम्म धर्ना दिएका छन् ।
    विभिन्न ५ सूत्रीय मांग राखी युनियनले पुस २१ गते चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए । आन्दोलनका कार्यक्रम अनुसार भोलि २४ गते जिल्ला शिक्ष्ँा कार्यालयमा धर्ना, २५ गते घण्टाघरमा कोणसभा गरी दोस्रो चरणको आन्दोलनको घोषणा गरिने कार्यवाहक अध्यक्ष नारायण सिंहले जनाएका छन् ।

    तीन दिने कार्यशाला गोष्ठी

    वीरगंज, २३ पुस/ नारायणी उपक्षेत्रीय अस्पतालको आयोजनामा गर्भपतन सेवा व्यवस्थापन सम्बन्धी तीन दिने कार्यशाला गोष्ठी सुरु भएको छ ।
    आज नाउक्ष्ँे हातामा २५ जना महिला तथा पुरुषहरुको सहभागिता रहेको सो कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष्ँ बाबूराम कौशिकको अध्यक्ष्ँतामा सुरु भएको छ ।

    ऋण मिनाहा नगरेको विरोधमा धर्ना

    वीरगंज, २३ पुस/ साना किसान कृषि सहकारी संस्थाले जिल्ला प्रशासन कार्यालय, पर्सामा एक घण्टा धर्ना दिएका छन्।
    आज पर्साको बागवाना, उदयपुर घर्ुर्मी र निचुटा गाविसका व्यक्तिहरुले कृषिमा ३० हजारसम्म लिइएकोहरुको ऋण मिनाहा गर्नुपर्ने माग राख्दै धर्ना दिएका हुन् ।
    यसअघि पनि स्थानीय बासिन्दाका अनुसार सोही सम्बन्धमा ज्रि्रकामा ज्ञापन पत्र बुझाउंदा कुनै वास्ता नगरेको आरोप लगाउंदै दबाबस्वरुप आज धर्ना दिएका हुन ।

    राप्रपाको विशेष क्षेत्रीय भेला भोलिदेखि

    वीरगंज, २३ पुस/ भोलिदेखि वीरगंजमा हुने राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीे मध्यमाञ्चल तराइ मधेश विशेष क्षेत्रीय भेलाको तयारी पूरा भएको प्रचार प्रसार समितिका प्रमुख शशि विचित्रले बताएका छन् ।
    भेलाका लागि आवास, खाना, सुरक्ष्ँा लगायतको सम्पर्ूण्ा तयारी पूरा भएको बताउंदै भेलामा ११ जिल्लाका करिब चारसय पदाधिकारीहरु, प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
    राप्रपा केन्द्रीय कोषाध्यक्ष विमलप्रसाद श्रीवास्तवले भेलाले तराइ मधेश क्षेत्रको लागि पार्टर्ीीे अगामी कार्यदिशा र रणनीति तय गर्ने जानकारी दिएका छन् ।
    राप्रपा पर्साको निर्देशनमा जिल्लाका क्षेत्र नं. १, २ र ३ मा क्ष्ँेत्रीय कार्यसमिति गठन गरेको बताइएको छ ।

    0 comments: