काठमाडौं, २४ पुस/ हेलिकोप्टर बनाउने भन्दै एक युवकले १० लाख रुपियां ठगी गरेका छन् । ठगीमा परेका चन्द्रदीप राइले रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी आफूलाई रुकुमका नविन विश्वकर्माले ठगी गरेको बताएका हुन्।
राइले पटक पटक गरी १० लाख खर्च गरेको र पछि विश्वकर्मा फरार भएको बताए । आफूले प्रतिभावान युवक भनी कागजपत्रमा सम्झौता गरेर रकम दिएपनि भाका सकिएपछि फरार भएको खुलासा गरे ।
शुभकामना कार्यक्रम सम्पन्न
काठमाडौं, २४ पुस/ जनसर्म्पर्क समिति हङकङको नयां नेतृत्वलाई बधाइ तथा शुभकामना कार्यक्रम नेपाली जनसर्म्पर्क समिति हङकङको निर्वाचित नयां कार्यसमितिका पदाधिकारीलाई बधाइ तथा शुभकामना दिन एक कार्यक्रम आयोजना भएको छ । हिजो हङकङको जोर्डनस्थित नेपाली क्लबमा आयोजित कार्यक्रममा पुरानो कार्यसमितिका सदस्यहरुलाई बिदाइ पनि गरियो ।
बधाइ कार्यक्रममा बोल्दै जनसर्म्पर्क समिति हङकङका सभापति इश्वर खांणले हङकङमा रहेका नेपालीहरुको हकहित र नेपालीहरुबीच आपसी मित्रता बढाउन आफूले भूमिका निभाउने बताए । उनले हङकङमै बसेर नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याउन सबैलाई आग्रह गरे । कार्यक्रममा लोकतन्त्रका योद्धा राजमान गुरुङ विशेष अतिथि थिए । जनसर्म्पर्क समितिका पर्ूव अध्यक्ष कुलप्रसाद गुरुङ र सन्तोष घलेले नयां कार्यसमितिलाई सफलताको शुभकामना दिएका छन् । कार्यक्रमको संचालन उपसभापति रक्षा गुरुङले गरेका थिए ।
भारतले पशुपतिनाथलाई धार्मिक उपनिवेश बनाएको आरोप
हरी शर्मा
नवलपरासी, २४ पुस । संस्कृति तथा राज्य पर्ुनर्संरचना मन्त्री गोपाल किरातीले भारतले पशुपतिनाथको मन्दिरलाई धार्मिक उपनिवेश बनाउ“दै आएकोले त्यसलाई तोड्नका लागि मन्दिरमा नेपाली पुजारी नियूक्ति गरिएको बताउनु भएकोछ ।
नवलपरासीको देवचुली गाउ“ विकास समिति-६ रामबासमा रहेको भीमसेन माध्यमिक विद्यालयलाई उच्च माध्यमिक विद्यालय बनाउनका लागि हिजोदेखि शुरु भएको धान्याचलको उद्घाटनका क्रममा बोल्दै मंत्रि किरातिले सो आरोप लगाउनु भएको हो ।
पशुपति मन्दिरमा पुजारीको नियुक्तिको विषयमा भएको विवादको प्रसंग कोट्याउ“दै मन्त्री किरातीले भारतले पशुपतिमा पुजारी नियुक्तिको विषयमा हस्तक्षेप गरेर शान्ति खलबल्याउन खोजेको आरोप समेत लगाउनु भयो ।
भारतीय पुजारी राखिने परम्परालाई तोड्दै आफूले नेपाली पुजारी नियुक्ति गरेको पनि किरातीले दावी गर्नु भयो ।
आजदेखि सात दिनसम्म चल्ने धान्याचलमा पण्डित दिनबन्धु पोख्रेलले प्रवचन दिनुभएकोछ । धान्याचल सञ्चालन भएको पहिलो दिनसम्ममै करिब ४५ लाख रुपैया संकलन भएको यज्ञ मुल आयोजक समितिले जनाएकोछ ।
राप्रपाको जिल्ला कार्य समितिको पर्ुनर्गठन
वीरगंज, २४ पुस/ राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीपर्सर्ाा विभिन्न क्षेत्रिय, वडा र गांउर् इकाइ समितिहरुको गठन पश्चात अन्तमा जिल्ला कार्य समिति समेत पर्ुनर्गठन भएको छ ।
राप्रपा, पर्सर्ााे पार्टर्ीीार्यालय, बीरगंजमा केन्द्रिय कोषाध्यक्ष बिमलप्रसाद श्रीवास्तवको समुपस्थितीमा बसेको वृहत भेलाले गोखुलप्रसाद कर्ुर्मीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । समितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र प्रवक्तामा क्रमशः लक्ष्मीकान्त तिवारी, सुमेश्वरनाथ उपाध्याय, पुरुषोत्तमलाल झा र शशि बिचित्र रहेका छन् ।
केन्द्रिय कोषाध्यक्ष श्रीवास्तवको विशेष सक्रियता र निर्देशनमा गठित उक्त जिल्ला कार्य समितिका सदस्यहरुमा रामबहादुर थापा, रामअयोध्या प्रसाद, चन्द्रमान जोशी, मदनप्रसाद गुप्ता, जुगुल पटवारी, लेखमान थापा, जोगेन्द्र साह कानु, रियाज ठकुर्राई, श्रीमति रेखा देवी कर्ण्र्ााश्रीमति रेखा लामा, शिवराय थारु, भक्तबहादुर क्षेत्री, बलराम के.सी., बिजुली साह कलवार, मदनप्रसाद कर्ुर्मी, रामबालक राउत कर्ुर्मी र जोगानन्द प्रसाद चौहान रहेका छन् ।
जिल्ला कार्य समितिकै पदेन सदस्यको रुपमा क्षेत्र नं. १ बाट किशोरीप्रसाद गुप्ता, क्षेत्र नं. ३ बाट सन्तोष तिवारी र क्षेत्र नं. ४ बाट विश्वनाथ साह तेली रहेका छन् ।
यसै गरि उक्त नव गठित समितिले एक ८ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । उक्त सल्लाहकार समितिमा सुरेन्द्रनाथ तिवारी, खैरुद्दिन हवारी, कृष्णमान श्रेष्ठ, दिपेन्द्रप्रसाद साह कानु, विश्वनाथ जाटिया, केदारबहादुर गौली, शिवधारी यादव र श्रीमति लक्ष्मी देवी स्याङ्गबो रहनु भएका छन् ।
उल्लेखनिय संख्यामा उपस्थिती कार्यकर्ता एवम विभिन्न उपसमितिका पदाधिकारीहरुको सहभागिता सम्पन्न सो भेलामा राप्रपा, पर्सर्ाा जिल्ला तथा क्षेत्रिय स्तरका थुप्रै नेताहरुको समेत उपस्थिती रहेको जिल्ला प्रवक्ता शशि बिचित्रले जनाएका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment