निजी विद्यालय दोस्रो दिन पनि बन्द

Posted on
  • Jan 8, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २४ पुस/ निजी विद्यालय शिक्षक युनियन पर्साले आहवान गरेको तीनदिने निजी शिक्षण्ँ संस्था बन्दको दोश्रो दिन पनि पर्साका सबै निजी विद्यालयहरूको पठन पाठन ठप्प भएको छ ।
    आज वीउमनपा लगायत ग्रामीण क्षेत्रमा रहेको निजी विद्यालयहरु बन्द भएका छन् भने आजै जिल्ला शिक्ष्ँा कार्यालय, पर्सामा धर्ना दिएका छन् ।
    चैत १९ गते र असार १ गते भएको सहमति पालना गर्नुपर्ने, अनुमतिविना नै मूनलाइट मावि वीरगंज-६ ले संचालन गर्दै आएको नगवा शाखा र भगवती टोल शाखा विद्यार्थीहरूको अनुकूल शैक्ष्ँिक वातावरण नभएकोले तत्काल खारेजी गरी विद्यालयको पठनपाठन तथा शिक्ष्ँकको अध्यापनको व्यवस्थापन मूल विद्यालयमा नै गरिनुपर्ने, मूनलाइट माविका प्रअ एवं प्याब्सन अध्यक्षद्वारा शिक्ष्ँकलाई ज्यान मार्ने धम्की तथा निष्काशन गर्ने कार्य तुरून्त रोक्नुपर्ने, एउटै परीक्ष्ँाको लागि सेन्टअप, प्याब्सन र युनिसन ग्रुपको नाममा एउटै विद्यार्थीसंग लिएका रू. १२०० परीक्ष्ँा फि नियमअनुसार नभएकोले नियमअनुसार मात्र लिइ बा“की परीक्ष्ँा फि विद्यार्थीलाई फिर्ता गर्नुपर्ने, विदेशी पाठ्यक्रम तथा पाठयपुस्तक खारेज गरी स्वदेशी पाठयक्रम र पाठ्यपुस्तक लागू गर्नुपर्ने भन्दै ५ सूत्रीय मांग राखी युनियनले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए ।
    यसैगरी २५ गते घण्टाघरमा कोणसभा गरी दोस्रो चरणको आन्दोलनको घोषणा गरिने कार्यवाहक अध्यक्ष नारायण सिंहले जनाएका
    छन् ।

    0 comments: