ठक्करबाट साइकल यात्री गम्भीर घाइते

Posted on
  • Sep 2, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १७ भदौ/ रक्सौलबाट वीरगंजतर्फआइरहेको एक टिपरको ठक्करबाट एक व्यक्ति गम्भीर घाइते भएको छ ।
    आज दिउसो १२ बजे नम्बर खुल्न नसकेको टिपरले बाइपासस्थित ग्रिन गार्डर्ेेस्कूल नजिकै साइकल चालक पर्सर्ााहुअरी-९ रामगढवा निवासी १६ वषर्ीय संदीप राउत कर्ुर्मीलाई ठक्कर दिंदा गम्भीर घाइते भएका हुन् ।
    घाइतेको उपचार वीरगंजमा हुन नसकेपछि थप उपचारको लागि काठमाडौं पठाइएको छ ।
    ठक्कर दिने टिपर र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

    हरि खेतान क्याम्पस सुचारु

    वीरगंज, १७ भदौ/ बिद्यार्थी हड्तालका कारण गत चारदिन देखि बन्द रहेको हरिखेतान बहुमुखी क्याम्पसको पठनपाठन सुचारु भएको छ ।
    आज क्याम्पस प्रशासन, बिद्यार्थी प्रतिनीधि र पर्सर्ाा प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद शिवाकोटीबीच भएको वार्ता सहमतिमा टुगिंएपछि क्याम्पसको पठनपाठन सुचारु भएको हो ।
    एक महिना भित्र बिद्यार्थीहरुको माग पूरा गर्ने सहमति वार्तामा भएको प्रजिअ शिवाकोटीले बताए ।

    0 comments: