तेस्रो लिंगीहरुले पनि तीज ब्रत गरे

Posted on
  • Sep 2, 2008
  • by
  • mukesh
  • in

  • वीरगंज, १७ भदौ/ गणतान्त्रिक नेपालमा यसवर्षसमलिंगीहरुले तीज ब्रत मनाएका छन् ।
    आज वीरगंजको अलखियामठमा हरितालिका ब्रतको अवसरमा निलहिरा समूह नगवा वीरगंजका तेस्रो लिंगीहरुसमेत ब्रत बस्नुका साथै महादेवको पूजाअर्चना गरी हर्षोल्लासका साथ नाचगान गरे ।
    एक दर्जनभन्दा बढीको समूहमा सो मठमा उपस्थित रहेका तेस्रो लिंगीहरुद्वारा गणतान्त्रिक नेपाल घोषणाको प्रथम तीज ब्रतका अवसरमा रातो साडी लगाई पूजा सामग्रीसहित अलखियामठभित्र प्रवेश गरेपछि अन्य ब्रतालु महिलाहरु टवाल्ल परेर हेरेका थिए ।
    सो अवसरमा मठमा उपस्थित रहेका तेस्रो लिंगीहरुले तीजको ब्रत बसी महादेवको पूजाअर्चनाका लागि आएको बताए ।
    साथै सो अवसरमा उपस्थित तेस्रो लिंगीहरुले पूजा अर्चनापश्चात घण्टाघरमा हुने तीज महोत्सवमा भाग लिन तेस्रो लिंगीसमेत सहभागी हुने बताएका थिए ।

    0 comments: