तीज र रमजान सुरू

Posted on
  • Sep 2, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १७ भदौ/ नेपाली हिन्दू महिलाहरूले परम्परागत रूपमा शिवको पूजा आराधना गरी हरितालिका तीज मनाउ“दैछन् ।
    आज बिहानैदेखि महिलाहरू सौभाग्यको सूचक धागो, पोते, टीका, गरगहना र रङगीचङगी कपडाहरू लगाएर शिवपार्वतीका मन्दिरमा पूजा आराधना गरिरहेका छन् ।
    वीरगंजको अलखियामठ लगायत शिव मन्दिरमा महिलाहरुको उल्लेख्य भीड लागेको छ । वीरगंजको घण्टाघरमा हरितालिका तीज महोत्सव २०६५ सुरु भयो । महोत्सवमा लोकदोहरी, तीज गीत र नांचगान प्रतियोगिता भइरहेको छ ।
    कार्यक्रमको प्रमुख अतिथि एसपी योगेश्वर रोमखामी, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद शिवाकोटी रहेका छन् ।
    कार्यक्रमको स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्रका सरोज खड्का, उदघोषक लक्ष्मी खरेल, कार्यक्रमको सुरुवात माइती नेपालकी संगीता पुरीले दोहरी गीत गाएर गर्नुभएको थियो ।
    सहयोगी संस्थाहरुमा माइती नेपाल, पर्सर्ाायुरोपेली संघ, तर्राई टिभी, सामुदायिक सेवा केन्द्र, छपकैया रहेका छन् ।
    सो कार्यक्रममा उषा शाह, विश्वम्भर शर्मा, रेडक्रस पर्सर्ाानता मुडवरी, मधेशी जन अधिकार फोरम , पर्सर्ाा मिनी सिंह, मिरा र्सराफलगायतको उपस्थिति छ ।
    त्यसैगरी यस वर्षसमलिंगीहरुले पनि तीज ब्रत गरेका छन् ।
    त्यस्तै दर्ुगा टोल, रानीघाट लगायत विभिन्न स्थानमा महिलाहरु नांचगान गरेर रमाइलो गरी तीज मनाउदै छन् ।
    यसैबीच
    हिन्दू महिलाको महान धार्मिक पर्व तीजको ब्रतमा पतिको लामो आयुको कामना गरी निराहार रातभरि बसेर अटल सौभाग्यको प्रतीक स्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पर्ूर्ण्ँपात्र गरेर व्रत तोड्ने परम्परा छ ।
    किवंदन्ती अनुसार हिमालय पुत्री पार्वतीले महादेव पति पाउन कठो र व्रत बसी आफनो कामना पूरा गरेको धार्मिक मान्यताअनुसार यो पर्व मनाउने गरिन्छ ।
    भदौ शुक्ल तृतीयादेखि सुरू भएको तीज पञ्चमीका दिन सप्तऋषकिो पुजा गरेपछि सकिन्छ । हिमालय पर्वतकी पुत्री पार्वतीले बालककालदेखि महादेव स्वामी पाऊ“ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले विष्ण्ँुलाई पार्वती कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउ“मा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले महादेव स्वामी पाऊ“ भनी निर्जला व्रत बसेको हुनाले यस व्रतलाई हरितालिका तीज भन्ने गरिएको पुराण्ँमा वर्ण्ँन छ । भाद्र शुक्ल पूण्ँिर्माको तृतीयाको दिन पार्वतीले शिवजीलाई पतिका रूपमा प्राप्त गर्न व्रत बसेपछि शिवजीलाई पति पाएकाले तीजको व्रतको महत्व बढेको हो । त्यसैले राम्रो र चिताएको पति पाउन कुमारी केटीले पनि तीज व्रत बस्ने गरेको देखिन्छ ।
    यसैबीच मुस्लिम समुदायको महान पर्व रमजान आज सुरू भएको छ । एक महिना चल्ने रमजानमा आठ वर्षभन्दा माथिका किशोर र किशोरी व्रत बस्ने गर्दछन् । सुर्योदयस“गै सुरू हुने धार्मिक कार्य सर्ूयास्तपछि मात्र सकिने गर्दछ ।
    एक महिनापछिको भोलिपल्ट इदुल फितर मनाएपछि विधिवत रूपमा रमजान सकिन्छ ।


    पत्रकारहरू तेस्रो दिन पनि धर्नामा

    वीरगंज, १७ भदौ/ विभिन्न समूहहरूले पर्सर्ााे सञ्चारगृह र सञ्चारकर्मीमाथि हुने गरेका आक्रमण्ँ र दोषीलाई प्रहरीले कारबाइ नगरेको विरोधमा तेस्रो दिन पनि जिल्ला प्रशासन कार्यालय पर्सर्ाा पर्सर्ेे संचारकर्मीले धर्ना दिएका छन् ।
    नेपाल पत्रकार महासंघ पर्सर्ाााखाका सभापति शत्रुघन नेपालका अनुसार समाचार प्रकाशन गर्दा पनि संचारगृहमा तोडफोड र प्रकाशित नगर्दा पनि संचारगृहमा तोडफोड गर्ने समूहलाई प्रहरीले कारबाइ नगरी मौन रहेको र माग पूरा नभएसम्म आन्दोलन जारी रहने जानकारी दिनु भयो ।
    यसैबीच रिपोर्टस क्लब नेपाल पर्सर्ाााखाका अध्यक्ष कन्हैया गुप्ताले आज एक प्रेस विज्ञप्ति जारी गरी पत्रकारहरुको धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाएको छ ।
    अध्यक्ष गुप्ताले संचारगृहमाथि आक्रमण गर्ने समूहलाई अविलम्ब कारबाई गरी प्रेस स्वतन्त्रताको प्रत्याभूति गराउन माग गरेका छन् ।

    0 comments: