भारतीय नम्बरका एम्बुलेन्सले फुटपाथलाई पार्किङ स्थल बनाउंदा
Posted on Sep 2, 2008 by mukesh in
वीरगंज, १७ भदौ/ स्वास्थ्य सेवाका नाममा भारतीय नम्बरका एम्बुलेन्स संचालन गरी दर्शै व्यापार गरिरहेका प्रसुति गृह वीरगंजस्थित रहेको प्रमोद मेडिकलका मालिक प्रमोद र्सराफले उक्त शवबाहन एवं एम्बुलेन्स फुटपाथमा पार्किङ गर्ने गरेबाट स्थानीय बासिन्दाहरूलाई अप्ठयारो परिरहेको गुनासो उठेको छ ।
कागजपत्र दुरूस्त नरहेको एवं भंसार इन्ट्रीसमेत नगर्ने गरेको सो शववाहन एवं एम्बुलेन्सलाई र्सराफले नारायणी उपक्षेत्रीय अस्पताल एवं कृष्ण अस्पताल अर्न्तर्गत संचालन गरिरहेका छन् ।
दैनिक अस्पताल अगाडिको सडक पेटी एवं कृष्ण अस्पताल अगाडि सडक पेटीमा पार्किङ गरी राख्ने गरेको भारतीय नम्बरको सो एम्बुलेन्सलाई पर्सा ट्राफिक प्रहरी समेतले वास्ता नगरिदिनाले स्थानीय एवं बाहिरी व्यक्तिहरूलाई पेटीबाट हिंड्न अप्ठयारो परिरहेको छ ।
ट्राफिक नियमविपरित सवारी पार्किङ गर्न छुट पाएका र्सराफको भारतीय नम्बरको एम्बुलेन्सको कागजपत्र समेत दुरूस्त नरहेको एवं भंसार नम्बर इन्ट्रीसमेत गर्ने गरेको रहेता पनि पर्सा ट्राफिक प्रहरीले आंखा चिम्लिनुलाई आशंकाको दृष्टिले हेरिदैछ ।
भारतीय सञ्चारकर्मीद्वारा अनाधिकृतरूपबाट नेपालको सीमा प्रवेश गरी समाचार संकलन
कन्हैया गुप्ता
वीरगंज, १७ भदौ/ भारतीय संचारमाध्यमका संचारकर्मीहरूले नेपाल सरकारको सूचना तथा संचार मन्त्रालयबाट अनुमति नै नलिई गैरकानूनी तरिकाबाट नेपाली सीमाभित्र प्रवेश गरि समाचार संकलन गर्ने छुट पाएबाट राष्ट्रले हानी बेहार्नुबाहेक केही पाएको छैन ।
नेपाल र नेपाली संचारकर्मीहरूको हकहितको नाममा रहेका दर्जनौं संघसंस्थाहरू मौन भइ बस्नाले पनि यो समस्या गांजिएको हो ।
भारतीय सीमाभित्र नेपाली संचारकर्मीहरूलाई विना अनुमतिबाट समाचार संकलन एवं समाचार सम्प्रेषण गर्न दिइदैन । तर भारतीय संचारकर्मीहरू बेहिचक नेपाली सीमाभित्र प्रवेश गरेर नेपाल र नेपाली जनताको हितविपरित समाचार सम्प्रेषण गरिरहंदा पनि सम्बन्धित निकाय मौन बस्न बाध्य छन् किन -
यसरी अनाधिकृतरूपबाट नेपालमा प्रवेश गरेका भारतीय संचारमाध्यमका संचारकर्मीहरूलाई स्थानीय विभिन्न राजनीतिक पार्टर्ीी नेताहरूले प्राथमिकता प्रदान गरी निमन्त्रणा दिने गरेबाट पनि संचारकर्मीहरूले प्रश्रय पाएको कुरामा दर्ुइमत रहदैन ।
यही सेरोफेरो बीचको सर्न्दर्भ थोरै बदलिन पर्दा भारतीय संचारमा आप\mना नाम बजाउने, आप\mनो फोटो देखाउने र लेखाउने होडबाजीमा दक्ष्ँिणाको लागि दर्रि्रहरु लाम लागे जतिकै उत्ताउला देखिने हाम्रो प्रहरी, प्रशासनप्रमुख पनि मुलुकको काइदा कानुनलाई स्मरणपटलबाट बाहिर राखी आप\mना फोस्रो धाक र रवाफको डंका पिटाउन किंचित पछि नपर्ने भएका कारण पनि यो समस्याको प्रमुख जड मान्न सकिन्छ ।
नेपाली संचारकर्मीहरू अधिकांशले स्थानीय प्रहरी प्रमुखको कार्य क्षमता, दक्षता, शालिनता, बौद्धिकताको बारेमा गहनरूपले अध्ययन गरिसकेको अवस्थामा ती प्रहरी प्रशासन प्रमुखको फोस्रो धक्कुका बारेमा भ्रम बांड्ने काम नगर्ने हुंदा नै भारतीय संचारकर्मीहरूको शरणमा प्रहरी प्रशासनको प्रमुख पुग्नुबाहेक अर्को कुनै विकल्प नरहेको हुन सक्छ । तर यस्तो परिपाटीले गर्दा मुलुकको अस्तित्व र राष्ट्रियताप्रति आंच पुग्ने कुराको हेक्का नेता, प्रशासन र प्रहरी प्रमुखले बुझ्न जरूरी भइसकेको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment