वीरगंजका उद्योगी-व्यवसायीद्वारा प्रमसंग भेट

Posted on
  • Sep 1, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १६ भदौ/ वीरगंज उद्योग वाण्ँिज्य संघका पदाधिकारीहरुले वीरगञ्ज कोरिडोरमा सञ्चालित उद्योगहरु बन्द रहेको तथा व्यवसायीहरुमाथि आक्रमण्ँ भइरहेको भन्दै शान्ति सुरक्षाको बहाली गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
    आज बिहान नेपाल उद्योग वाण्ँिज्य महासंघका पदाधिकारीहरुस“ग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले उद्योग व्यवसायीका समस्या समाधानका लागि गृहमन्त्री र स्थानीय प्रशासनलाई आजै निर्देशन दिने आश्वासन दिनुभयो । भेेटमा महासंघका पदाधिकारीहरुले भने ५ दिन भित्रमा सर्वोच्चको आदेश कार्यान्वयन नभए उद्योग व्यवसाय बन्द गर्ने जानकारी प्रधानमन्त्रीलाई गराएका थिए ।
    वाराको छातापिपरास्थित नारायण्ँी रोलिङ मिलको बिषयलाई लिएर भदौ १३ गते भएको घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न पनि व्यवसायीहरुले मांग गरेका छन् ।

    खयर र दाल बरामद
    वीरगंज, १६ भदौ/ पर्ूवबाट जीतपुर्रतर्फ लैजादै गरेको तीन ट्रक अवैध खयर सशस्त्र प्रहरी बल भद्रकाली गणले पक्राउ गरेको छ ।
    आज बारा, पथलैयामा रहेको सशस्त्र प्रहरीको टोलीले जीतपुरतर्फजा“दै गरेको ना ३ ख ५९०७, ना ३ ख ५७१८ र ना ३ ख ९६५१ नम्वरको ट्रकबाट चेक जा“चको क्रममा खयर बरामद गरेको हो ।
    पक्राउ गरिएको ट्रक, चालक र खयर जिल्ला वन कार्यालय पथलैयामा राखी आवश्यक अनुसन्धान भइरहेको र बरामद गरिएको खयर अठार लाख मूल्य बरावरको रहेको छ जिल्ला वन कार्यालयले जनाएको छ ।।
    त्यसैगरी वीरगंजबाट नारायणघार्टतर्फ लगिरहेको ५ ट्रक अवैध दाल नेकपा एमाले निकट युथ फोर्सका कार्यकर्ताले प्रतीमा चोकबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको छ ।
    युथ फोर्सका नगर अध्यक्ष ध्रुव यादवको नेतृत्वमा गएको टोलीले रौतहटको बंकुल नाका हुंदै नारायण्ँघाटतर्फलैजांदै गरेको अवस्थामा ना.२ ख ६०९३, ३५०८, ३२५४, ७३०९ र ना १ ख ६५३४ नम्बरको ट्रकबाट अवैध दाल पक्राउ गरेको हो ।

    सिलाई संघको साधारणसभा
    वीरगंज, १६ भदौ/ पर्सर्ाापडा सिलाई संघको दर्ुइ दिन अघि अलखियामठ पुस्तकालयमा सम्पन्न तेस्रो साधारणसभाले कोशी बाढीपीडितको उद्धार लगायतको ७ वटा प्रस्तावलाई पारित गरेको छ ।
    सो संघका अध्यक्ष अनिल शाक्यको अध्यक्ष्ँतामा सम्पन्न तेस्रो साधारण सभाले संघका सचिव मुन्नाको मृत्युपश्चात खाली रहेको सचिव पदमा विर्ता ४ स्थित न्यू स्टार सबनम टेलरका प्रोप्राइटर मजिद मियां अंसारीलाई र्सवसम्मतबाट मनोनयन गरेको छ ।
    ११ जना कार्यकारी सदस्य एवं साधारण सदस्य रहेको सो संघको तेस्रो साधारणसभाले सचिवालय खोल्ने, खाता संचालन गर्ने, बाढीपीडितहरुको उद्धारको लागि राहतसहयोग गर्नेलगायतका प्रस्तावउपर छलफल गरी निर्ण्र्ाागरेको जनाइएको छ ।

    0 comments: