बाढी पीडितको लागि राहत सहयोग

Posted on
  • Sep 1, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १६ भदौ/ नेपाल मारवाडी युवा एसोसिएसन वीरगंजले सप्तकोशी बाढीपीडितहरुको लागि राहत सहयोग गरेको छ ।
    आज बिहान एसोसिएसनका अध्यक्ष संजय खेतानले राहत सहयोग कान्तिपुर राष्ट्रिय विपत्ति सहयोग कोष वीरगंजस्थित सिर्द्धार्थ बैंकमा जम्मा गरिएको हो ।
    जम्मा गरेको रकमको भौचर कान्तिपुर दैनिकका स्थानीय संवाददाता शंकर आचार्यलाई हस्तान्तरण गरिएको थियो ।
    एसोसिएसनका सदस्यहरुद्वारा १२ हजार ७ सय ७४ रुपिया र वीरगंजका विभिन्न पसलहरुबाट संकलन गरीएको राहत जम्मा ३३ हजार ८ सय ७४ रुपिया संकलन गरेको हो ।

    पत्रकारहरु धर्नामा

    वीरगंज, १५ भदौ/ संचारगृहमा तोडफोड गर्ने दोषीहरूउपर कारबाही नगरेको भन्दै स्थानीय संचारकर्मीहरूले दोस्रो दिन पनि जिल्ला प्रशासन कार्यालय, पर्सर्ाा शान्तिपर्ूण्ा धर्ना दिएका छन् ।
    आज विहान ११ बजेदेखि २ बजेसम्म ज्रि्रका पर्सर्ाा स्थानीय संचारकर्मीले धर्ना दिएका हुन् ।
    रिपोर्टस क्लब पर्सर्ाााखाका अध्यक्ष कन्हैया गुप्ताले ज्रि्रका पर्सर्ाा प्रमुख जिल्ला अधिकारी भोला प्रसाद शिवाकोटीसंग संचारकर्मीहरु धर्नामा बसिरहेका छन् त्यसबारे के के भइरहेको छ भन्ने प्रश्नमा शिवाकोटीले भन्नुभयो हामीले र्सार्वजनिक मुद्दा दर्ता गरिसकेका छौं र तिनीहरुमाथि पक्राउ पर्ुर्जीका काटिसकेका छौं र प्रहरीले छिटै संचारगृहमाथि तोडफोड गर्ने दोषीलाई पक्राउ गरी कारबाही चलाउनेछ ।
    समाचार प्रकाशितको विषयलाई लिएर स्थानीय संचारगृहमा श्रंृखलाबद्ध हमला हु“दै आएको छ । अंकुश दैनिकमा आक्रमण गर्नुअघि प्रतीक दैनिक, कृपा दैनिक, नारायणी टुडे दैनिकमा आक्रमण भएको थियो ।

    सभागृह निर्माण हुने

    वीरगंज, १६ भदौ/ वीरगंज उपमहानगरपालिका अर्न्तर्गत रहेको यातायात व्यवस्था कार्यालयको जग्गामा भारत सरकारको सहयोगमा निर्माण गर्ने प्रस्तावित सभागृहका लागि भारत सरकार सहमत भएको बुझिन आएको छ ।
    केही वर्षअघि यातायात संस्थान रहेको वीउमनपाको ३४ कठ्ठा ड्रेनदेखि उत्तर हालको भारतीय दूतावाससम्कोजग्ागमा सो सभागृह -कन्प|mेन्स) हल निर्माण गर्ने भारतीय दूतावास वीरगंजले पहल गरेको थियो ।
    सभागृह निर्माण गर्न भारत सरकार सहमत भएको आधिकारीक पत्र वीउमपनपामा प्राप्त भएको वर्तमान पर्रि्रेक्ष्यमा उक्त निर्माण कार्यको कन्सल्टेन्ट नियुक्ति, निर्माण ठेक्काको प्रक्रियाका लागि अझ केही समय लाग्ने वीउमनपाका नि. कार्यकारी अधिकृतर् इ देवकी चौरसियाले बताउनुभएको छ।
    भारत सरकार, नेपाल सरकार एवं वीउमनपा संयुक्त सरसल्लाहमा निर्माण हुने सभागृहको क्षमता एक हजारसिट रहने तथा निर्माण खर्च रकम करिब २० करोड अनुमानित रहने बताइएको छ ।

    0 comments: