वीरगंज, १५ भदौ । र्सवपक्षीय सहमतिको कुनै ग्यारेन्टी नभएको भन्दै मजदुरद्वारा दुइ दिनदेखि अवरुद्ध पारेको वीरगंज-सिमरा सडकखण्डको पुनः अवरुद्ध भएको छ ।
आज बिहान वीरगंज पथलैया औद्योगिक करिडोरअर्न्तर्गत बाराको छातापिपरामा मृतक मजदुर हरेराम यादवका परिवारजन र स्थानियबासिन्दाले ५० लाख क्षतिपर्ूर्ती माग गर्दै गए राति भएको र्सवपक्षीय सहमतिको कुनै ग्यारेन्टी नभएको भन्दै उनीहरुले पुन सडक अवरुद्ध गरेका हुन् ।
सडक अवरुद्ध हुंदा सयौं सवारीका साधन अलपत्रमा परेका छन् ।
गए राति स्थानीय प्रशासनले मजदुरहरुका माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि बारा, पर्सर्ाारौतहटका सबै उद्योगधन्दाहरु आजदेखि खुलेका छन् भने सडक अवरुद्ध भएको छ । गए राति बारा र पर्सर्ााद्योग वाण्ँिज्य संघका प्रतिनिधि, ४ वटा टे्रड युनियनका प्रतिनिधि र प्रहरी प्रमुखहरुबीच भएको वार्तामा माग पूरा गराउने सहमति भएको थियो ।
वार्तामा मजदुर र प्रहरीबीचको झडपको क्रममा मृत्यु भएका परिवारलाई शहीद घोषण्ँा गर्ने र १० लाख क्षतिपर्ूर्तिको लागि जिल्ला सुरक्षा समितिले गृहमन्त्रालयलाई सिफारिस गर्ने, मृतकका परिवारलाई रोजगारको लागि पहल गर्ने, घाइतेको निःशुल्क उपचार गर्ने, घटनाको छानबिन गर्ने र दोषीमाथि कारबाही गर्ने सहमति भएको छ ।
वीरगंज पथलैया औद्योगिक करिडोर अर्न्तर्गत बाराको छातापिपरामा अस्ति मजदुर र प्रहरीबीच भएको झडपमा २ मजदुरको मृत्यु भएको थियो भने ७ जना मजदुर र २३ जनाभन्दा बढी प्रहरी घाइते भएका थिए ।
नारायण्ँी रोलिङगमिलका मिलका व्यवस्थापकले ४० मजदुरलाई हटाएको विरोध गर्दै मजदुरहरु विरोधमा उत्रिएपछि झडप भएको थियो ।
अन्तरक्रिया कार्यक्रम सम्पन्न
वीरगंज, १५ भदौ/ बैंक तथा वित्तीय संस्था नियमन तथा सुपरीवेक्षण्ँ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
आज नेपाल राष्ट्र बैंकको वीरगंज शाखाले आयोजना गरेको सो कार्यक्रममा महालक्ष्मी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले आवश्यकताभन्दा बढी बैंक वित्तीय संस्थाले गर्दा दर्ुघटनाको सम्भावना बढेको बताउनुभयो ।
बैंकको नियमन तथा सुपरीवेक्षण्ँ विभागका कार्यकारी निर्देशक नारायण्ँप्रसाद पौडेलले मर्जर सम्बन्धी व्यवस्थालाई विस्तृत र प्रष्ट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment