वीरगंज, १५ भदौ/ संचारगृहमा तोडफोड गर्ने दोषीहरुउपर कारबाही नगरेको भन्दै स्थानीय संचारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय, पर्सामा शान्तिपर्ूण्ा धर्ना दिएका छन् ।
आज बिहान ११ बजेदेखि १ बजेसम्म ज्रि्रका परर््साको सम्पर्ूण्ा काम ठप्प पारेका हुन् । दुइ घण्टासम्म स्थानीय संचारकर्मीहरुले धर्ना दिंदासमेत स्थानीय प्रहरी, प्रशासनले कुनै प्रतिक्रिया जनाएन, कुनै सुनुवाइ गरेन ।
समाचार प्रकाशितको विषयलाई लिएर स्थानीय संचारगृहमा श्रंृखलाबद्ध हमला हुंदै आएको छ । अंकुश दैनिकमा आक्रमण गर्नुअघि प्रतीक दैनिक, कृपा दैनिक, नारायणी टुडे दैनिकमा आक्रमण भएको थियो ।
शुक्रवार दिउंसो स्थानीय दैनिक अंकुश समाचारपत्रको कार्यालयमा एक समूहले प्रकाशित समाचारको विषयलाई लिएर तोडफोड गरी ५० हजार मूल्यभन्दा बढीको क्षति गराएका थिए ।
नेपाल पत्रकार महासंघ पर्सर्ाााखाले तत्कालै एक प्रेस विज्ञप्ति जारी गरी दोषीहरुउपर कारबाईको माग गरी दोषीहरुलाई गिरफतार गरी कारबाई नचलाए धर्नालगायत संर्घष्ाको चरणबद्ध कार्यक्रम गर्ने चेतावनी स्थानीय प्रहरी प्रशासनलाई गराएका थिए ।
यसैबीच हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरुले आफनो पक्षमा समाचार नलेखि क्याम्पस चीफको पक्षमा मात्र समाचार प्रकाशित गरेको भनि नारायणी टुडे दैनिक र प्रतीक दैनिकमा आज बिहान हमला गर्ने दुष्प्रयास गरेका थिए ।
फोरमको क्षेत्रीय कार्यकर्ता भेला सम्पन्न
वीरगंज, १५ भदौ/ मधेशी जन अधिकार फोरम नेपाल, पर्सर्ााे क्षेत्र नं. ५ को क्षेत्रीय कार्यकर्ता भेला तुल्सीबर्वा गाविसमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बन्जारी प्रा·णमा क्षेत्रीय उपसभापति वीरेन्द्रप्रसाद यादवको सभापतित्वमा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यकर्ता भेला कार्यक्रमप्रमुख अतिथि मधेशी जन अधिकार फोरम नेपालका सभासद आत्माराम साहले मधेश र मधेशी जनताको हक अधिकार स्वशासन र पहिचान र विकास गर्नका लागि फोरम पार्टर्ीीरकारमा गएको कुरा बताउनुभयो ।
विशेष अतिथि मधेशी जन अधिकार फोरम नेपालका केन्द्रीय सल्लाहकार वीरेन्द्रलाल नेपालीले राष्ट्र, माटो र जनताप्रति समर्पित भएर ४० वर्षेखि राजनीतिक फाटमा बसेर काम गर्दै आएको कुरा बताउनुभयो । उहांले नेपालीले मधेश र मधेशी जनताहरुको हक अधिकार, स्वभिमान र पहिचानमाथि सदिऔंदेखि दमन, शोषण र अत्याचार हुदै आइ रहेता पनि देशमा रहेका वभिन्न राजनीतिक पार्टर्ीीेता कहिले पनि मधेश र मधेशी जनताको लागि मुख खोल्न सकेनन् भन्नुभयो ।
क्याम्पस चिफमाथि आवश्यक कारबाहीको माग
वीरगंज, १५ भदौ/ हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थी प्रदीप प्रधान, देवप्रकाश चौरसिया, रन्दीप श्रीवास्तव र प्रकाश कान्तले क्यम्पस चिफ डा. भगवान यादवविरुद्ध आवश्यक कारबाही गरी जिउ धन सुरक्षा गरी पाउ भनि जिल्ला प्रहरी कार्यालय पर्सर्ाा उजुरी दिएका छन् ।
उजुरी पत्रमा हरि खेतान बहुमुखी क्याम्पसका क्याम्पस चिफ डा. भगवान यादवले भारतीय मोबाइल नं. ०० ९१९४९१८४८४५६ बाट जनतान्त्रिकको नाममा अभिभावकसमेतलाई थे्रट गरी मनोबल गिराउने काम गरेको भनिएको छ ।
कानू समुदायको धार्मिक जुलुस
वीरगंज, १५ भदौ/ वीरगंज-१९ माइडिया पोखरी स्थित आप\mनो इष्ट देवता श्री गणीनाथजी गोविन्द बाबाको मन्दिरमा भेला भइ निस्केको बारा, पर्सर्ाा रौतहटका कानू समुदायका नरनारीहरुकोएक धार्मिक जुलुसले वीरगंज नगर परिक्रमा गरेको छ ।
प्रत्येक वर्षमधेशका कानू समुदायका नरनारी कुशेऔशीको दिन गणीनाथजी गोविन्द बाबाको मन्दिरमा भेला भइ भजन किर्तन गर्ने गर्दछन् । तीन दिनसम्म सो स्थानमा भेला लाग्ने गर्दछ । गोविन्दजी पूजाको दिनदेखि प्रसाद ग्रहण नगरेसम्म घरमा परिवारले मासु, रक्सी खान नहुने, खाएमा ब्रि्रह हुने धार्मिक आस्था छ ।
गहवाका किशोरी साह र शिव साहले धार्मिक जुलुसको नेतृत्व गरेका थिए । पुरानो बाजागाजा झांकीसहित निस्किएको धार्मिक जुलुस आकर्ष थियो ।
वीरगंज युथ एकेडेमी गौरबशाली इतिहास कायम राख्न सफल
वीरगंज, १५ भदौ/ नेपाल फुटबल संघ काठमाडौंद्वारा आयोजित शहिद स्मारक लिग फुटबल प्रतियोगिताको सी डिभिजन खेलमा २० वटा टिममध्ये उपत्यका बाहिरको एउटै मात्र टिम वीरगंज युथ एकेडेमीले उत्कृष्ट खेल पर््रदर्शन गरी बी डिभिजनको खेलमा छनोट भइ गौरबशाली इतिहास कायम राख्न सफल भएको छ ।
वीरगंज युथ एकेडेमीका सचिव ऋतु शाक्यले बी डिभिजनको खेलमा सहभागी हुन अनुमानित ५ लाख लाग्ने भएको र उक्त तयारीका लागि आवश्यक सहयोग गर्न सवै खेलप्रेमी नगरवासीहरुमा हार्दिक अपील गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment