भारतीय जाली नोटदेखि सावधान

Posted on
  • Sep 3, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १८ भदौ/ भारतीय जाली नोटदेखि सावधान हुनुहोस । अब उच्चस्तरको भारतीय जाली नोट वीरगंज लगायत भारतको रक्सौल बजारमा देखिन थालिएको छ । दिनहुं यस्ता नोटको कारोबार हुने मुख्य बजार नेपाल-भारत सीमावर्ती शहर वीरगंज बनेको छ ।
    भारतको अर्थ व्यवस्था चौपट पार्न पाकिस्तानको आइएसआइले छाप्न थालेको ५ सय र १ हजारको जाली नोट उच्चस्तरीय कलर, डाइको प्रयोग गरी क्वेटामा छापीएपछि नेपालको मुख्य सीमावर्ती बाटो हुंदै भारतको विभिन्न प्रान्तमा पुग्ने गरेको एक भारतीय संचारमाध्यमले आज जनाएको छ ।
    अन्डरवर्ल्डको डन दाउद इब्राहिम र उनका समूहले भारतको अर्थव्यवस्था चौपट पार्न बनाएको सो भारतीय जाली नोट कुनै वस्तुको सहायताबिना पहिचान गर्न नसकिने भारतीय संचारमाध्यमको दाबी छ ।
    सीमावर्ती शहर वीरगंजमा नेपाली रुपियांभन्दा भारतीय नोटको प्रचलन बढी छ । पर्सर्ााे विभिन्न ग्रामीण क्षेत्रमा भारतीय जाली नोट निर्धक्क चल्ने गरेकोमा भारतीय नोटदेखि सावधान हुनु नै वेश होला ।

    पत्रकार महासंघद्वारा चरणवद्ध आन्दोलन
    वीरगंज, १८ भदौ/ संचारगृह र संचारकर्मीमाथि आक्रमण गर्नेविरुद्ध कारबाही नगरे भन्दै नेपाल पत्रकार महासंघ, पर्साले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।
    आज देखि २१ गतेसम्म हातमा कालोपट्ट िबांधेर संचारकर्मीहरुले विरोध पर््रदर्शन गर्ने भएका छन् । त्यस्तै २२ गतेदेखि सुरक्ष्ँाको माग गर्दै नारा प्रकाशित गर्ने, २३ गते संचार सुरक्ष्ँाको विषयमा सम्पादकीय आदि प्रकाशित गर्ने, २४ गते सिडिओ, एसएसपी र एसपीको उल्टो फोटो पत्रिकामा प्रकाशित गर्ने र २५ गते थप आन्दोलनको कार्यक्रम र्सार्वजनिक गर्ने महासंघ, पर्सर्ाारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
    विज्ञप्तिमा आन्दोलन संर्घष्ा समितिका संयोजक शत्रुघन नेपाल, सदस्यद्वय दीपेन्द्रचौहान र श्रीराम रायमाझीले संयुक्त हस्ताक्षर गर्दै दोषीलाई अविलम्ब कारबाहीको माग गरिएको छ ।

    आम विद्यार्थी आन्दोलनमा
    वीरगंज, १८ भदौ/अंकुश दैनिकको कार्यालय तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका एक युवकको रिहाइको माग गर्दै विद्यार्थी समूहले विरोध पर््रदर्शन गरेका छन् ।
    आज बिहान १५, २० जना विद्यार्थीहरुको एक समूहले आदर्शनगर र घण्टाघरको सडकमा टायर बालेर पर््रदर्शन विरोध पर््रदर्शन गरेको हो ।
    अंकुश दैनिकले भदौ ११ गते नेशनल मेडिकलमा कार्यरत रुस्तम मियांको विवादस्पद समाचार छापेको विरोधमा आक्रोशित समूहले वीरगंजबाट प्रकाशित हुने स्थानीय अंकुश दैनिक पत्रिकाको कार्यालय तोडफोड गरेका थिए ।
    पत्रकारहरुको दबाबपछि हिजो बिहान विद्यार्थी जावेद अंसारीलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय, पर्सर्ाा राखेको छ ।
    पक्राउ परेको साथीलाई रिहा गराउन विद्यार्थी समूहले आदर्शनगर र घण्टाघरस्थित अंकुश दैनिकको कार्यालयअगाडि टायर बालेर पर््रदर्शन गरेका थिए ।
    राकेश यादव, बृजकिशोर गुप्ता, नविन सिंह, शिवशंकर कुशवाहा, कुन्दन गुप्तालगायत विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् । ठाकुरराम कलेजबाट आम विद्यार्थीहरुले अंकुश पत्रिका खारेज गर, दोषी पत्रकारलाई कारबाइ गर, विद्यार्थीको सुरक्ष्ँाको ग्यारेन्टी गरजस्ता नाराहरु समेत लगाएका थिए ।

    रक्तदान कार्यक्रम सम्पन्न
    वीरगंज, १८ भदौ/ वीरगंजको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
    आज बिहान हाम्रो आफनै पत्रिका र तितो सत्य दैनिकको संयुक्त आयोजनामा सो रक्तदान कार्यक्रम गरिएको हो ।
    रक्तदान कार्यक्रममा अखिल सिंह, नीतेश पटेल, नुर आलम, अमित अग्रवाल, जयप्रकाश, मनोज र्सराफ, मनोज पटेल, दीपनारायण यादवले रक्तदान गरेका थिए ।
    अमित अग्रवाल र नुर आलमको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा शत्रुघन नेपाल, कन्हैया गुप्ता, युवराज खडका, धीरज दारुका, जगत राइ, अमृता मैनालीलगायतको उपस्थिति थियो ।
    रक्तसंचार केन्द्रमा रगतको अभाव देखा परेकोले अलिकति भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले सो रक्तदान कार्यक्रमको आयोजना गरेको आयोजक अमित अग्रवालले जानकारी गराएका छन् ।

    वीचिकाली र कृषि औजार पुन संचालन गर्ने सभासदको प्रतिबद्धता
    वीरगंज, १८ भदौ/ मधेशी जन अधिकार फोरमका समानुपातिक संविधान सभासद आत्माराम साहले वीरगंजमा बन्द रहेको वीरगंज चिनी कारखाना र कृषि औजार पुनः संचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
    आज बिहान बृन्दावन रेस्टुरेन्टमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सभासद साहले भत्केका पुलहरु, हुलाकी सडकको पुननिर्माण गर्ने, दर्ुगम विकास क्ष्ँेत्रको बाटोघाटोको सुधार गर्ने बताए । उनले मधेशी युथ फोर्स पार्टर्ीी औपचारिकरुपमा गठन नगरी प्रशासनलाई दबाब दिन स्थानीयस्तरमा गठन गरेको जानकारी गराएका छन् ।
    सो कार्यक्रममा पत्रकार महासंघ, पर्सर्ाा अध्यक्ष शत्रुघन नेपाल, संचारकर्मी दीपेन्द्र चौहानलगायतको उपस्थिति रहेको थियो ।

    श्री गणेश चतर्ुर्थी महोत्सव २०६५ सुरु
    वीरगंज, १८ भदौ/ श्री गणेश चतर्ुर्थी महोत्सव २०६५ वीरगंजमा सुरु भएको छ । विगत ७ वर्षेखि जय गणेश झन्कार मण्डलको आयोजनामा यो महोत्सव मनाइदै आइरहेको हो ।
    आज बिहानदेखि गीता मन्दिर प्रा·णमा भक्तालु महिला, पुरुषहरुको भीड लागेको छ । यसपटक महोत्सवको विशेष आकर्षा १७५ किलोको लडडु रहेको छ । विगतझै १०१ र १५१ किलोको लडडु बनाइन्थ्यो भने यसपटक १७५ केजीको लडडु भगवान गणेशलाई भोग लगाइएको छ । अर्को वर्षा देशको स्थिति अनुकूल भए २५१ किलोको लडडु बनाइने जय गणेश झन्कार मण्डलका सदस्य अर्जुन गुरुङले बताए ।
    महोत्सवमा २४ सै घण्टा भजनकिर्तन र हवन गरिन्छ । भजनकिर्तन पर्सर्ााबारा र भारत झारखण्डका भजनमण्डलहरुले गर्ने गरेका छन् ।

    यसरी पैसा बा“ड्छ रअले
    वीरगंज/राजनीतिक नेता, पत्रकार, प्रशासक तथा ठूला ओहदाका व्यक्तिहरूलाई भारत अर्थात रअले दर्ुइ तरिकाले रकम उपलब्ध गराउ“छ । दूतावासको एचभकक बलम क्ष्लायrmबतष्यल ध्ष्लन र ऋगतिगचब ध्िष्लन बाट एचभकक बलम क्ष्लायrmबतष्यल ध्ष्लन ले राजदूत कोषबाट ५ लाख भारूसम्म नगद दिन्छ । त्यस्तै क्उभअष्ब म्ियलबतष्यल भन्ने कोषबाट राजनीतिक पार्टर्ीीले पैसा पाउ“छन् । भारतका व्यापारी तथा तस्करहरूले दूतावासको त्यही कोषको खातामा रकम जम्मा गरिदिन्छन् ।
    दूतावासकै ःष्ष्तिबचथ ध्ष्लन ले पनि पैसा बा“डछ । म्भाभलअभ ब्ततबअजभ पदको व्यक्तिले विना भरपाई २ लाखसम्म दिन्छ । पेन्सन शाखाबाट व्यक्ति वा समूहलाई ५० हजारदेखि १ करोडसम्म दिने गर्छ । क्तचष्लनभच को रूपमा पत्रकार, प्रहरी, प्रशासकहरूले पनि छद्म नाममा पैसा बुझ्दछन् । मेचीदेखि महाकालीसम्म छरिएका रअका क्तचष्लनभच ब्नभलत हरूको संख्या दर्ुइ हजारभन्दा बढी छ ।
    क्तचष्लनभच लाई दूतावासले पैसा दिंदा खोजेको ठाउ“ वा क्षेत्रको लेटर प्याडमा भए बढी र साधारणरूपमा लिखित भए कम दिन्छ । यस्ता एजेन्टमा बढी पत्रकारहरू छन् । उनीहरू दूतावासको गेटमा राखिएको खातामा नै नक्कली नाम लेखाएर भित्र छिर्छन् ।
    डाबर नेपालले मासिक २० लाख रूपैया“ भारतपन्थी नेपाल संचारमाध्यममाथि लगानी गर्छ । विज्ञापनदाता डाबर र छाप्ने वा प्रसारण गर्ने संचारमाध्यमबीच एक प्रकारको मौखिक अर्थात अलिखित सम्झौता हुन्छ । जसअर्न्तर्गत भारतद्वारा अतिक्रमण हुने सीमाका विषयमा खोजेर समाचार प्रकाशन, प्रशारण गर्न पाइदैन । प्रचारमा आए पनि सतही मात्र लेख्नुपर्ने हुन्छ ।
    डाबरजस्तै हिन्दूस्तान पेट्रोलियम, एयर इण्डिया, नेपाल भारत सांस्कृतिक संघ, नेपाल-भारत साहित्यिक संघ, भारतीय दूतावास र भारतीय पुस्तकालयहरूले छुट्टाछुट्टै रकम वितरण गर्छन । भारतीय दूतावासको एयष्तिष्अब बिलम ऋगतिगचब ध्िष्लन र भ्अयलomष्अ बलम ँष्लबलअभ धष्लन ले म्भउगतथ ऋजष्भा या ःष्ककष्यल रःष्लष्कतभच वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले तोके बमोजिमको रकम सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउ“छन् । यी दर्ुइमध्ये कुनै पनि एक पदको व्यक्ति रअको नेपाल डेक्स चिफ हुने गर्छ । रअमार्फ पैसा बुझ्दा नक्कली नाम प्रयोग गरिन्छ र दस्तखत गराइदैन ।

    0 comments: