रड प्रहार गरी हत्या

Posted on
  • Sep 12, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २७ भदौ/पर्साको अलौमा आफनै फूपूको छोराले फलामको रड प्रहार गरी एकजनाको हत्या गरेको छ ।
    गए राति हत्या हुनेमा पर्सा अलौ ४ का २५ वषर्ीय सगिर मियां पंवरिया रहेको प्रहरीले जनाएको छ ।
    भारतको सुपौल विहार घर भएका आफ्नै फूपूको छोराले घरायसी विवादका कारण रडले टाउकोमा प्रहार गरि फरार भएको प्रहरीले जनाएको छ । रडको प्रहार बाट मियांको घटना स्थलमा नै मृत्यु भएको थियो ।

    कर्मचारी कटौति
    तुलसा बस्नेत
    भिमफेदी, २७ भदौ/ निर्माणाधीन मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाले ६ सय मजदुर तथा कर्मचारी कटौती गरेको छ ।
    कुल १ हजार १ सय नेपाली मजदुर र १ सय जना विदेशी प्राविधिक कर्मचारी रहेकोमा ५० प्रतिशत कटौती गरेको हो ।
    कटौती गरिएका करिब ५ सय ५० नेपाली र ५० जना विदेशी प्राविधिकहरू छन् । निर्माण कार्य अन्तिम चरणमा पुगेकोले मजदुर तथा कर्मचारी कटौती गरेको परियोजनाले जनाएको छ ।
    दशै अगावै असोजको दोस्रो साता भित्र थप ३ सय मजदुर कटौती गर्ने सम्भावना रहेको पनि परियोजना स्रोतले बताएको छ ।
    तोकिएको जिम्मेवारीको निर्माण कार्य सम्पन्न भएकोले सेवा आवश्यक नरहेको भन्दै परियोजनाले उनीहरूलाई अवकास दिएको छ । बाँकी मजदुर तथा कर्मचारी पनि छिट्टै कटौती गर्दे लगिने परियोजनाको प्रमुख ठेकेदार कम्पनी डीडीसी जेभीले जनाएको छ ।

    0 comments: