कालाबजारीका कारण उपभोक्ता ठगिन बाध्य

Posted on
  • Sep 13, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २८ भदौ/ पेट्रोलियम पदार्थको अभावको नाजायज फाइदा लुट्न तल्लिन रहेका वीरगंजका काला व्यापारीहरूलाई निगरानी गर्ने सम्बन्धित निकायको आर्शिवाद रहनुले नगरवासी ठगिन बाध्य भएको गुनासो उठेको छ ।
    वीरगंज नयां बसपार्कस्थित किराना पसल थापेका शम्भु साहले सोही पसलबाट नेपाल आयल निगमको इजाजतविना विगत करिब तीन महिनादेखि खुलेयाम ड्रमका ड्रम डिजेल, पेट्रोल बिक्री गरिरहेका
    छन् ।
    भारतको रक्सौलबाट तस्कर क्यारियरमार्फत् डिजेल, पेट्रोल मंगाइ खुलेयामरूपमा किराना पसलबाट बिक्री गरिरहेका शम्भु साहको पसलमा छड्के गर्न जाने गरेका जिल्ला प्रहरी एवं वडा प्रहरी गस्ती भ्यान नजराना पाएपश्चात् र्फकने गरेको स्थानीय व्यक्तिहरू बताउंछन् ।
    यसरी खुलेयामरूपबाट कालोबजारी गर्न छुट पाएका व्यापारीहरू जिल्ला प्रशासन कार्यालय, पर्साका केही कर्मचारी जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, सशस्त्र प्रहरी गस्ती टोलीले छुट दिएबाट वीरगंजको गण्डकदेखि भंसार क्षेत्रसम्म मिनरल वाटरको बोतलमा पेट्रोल डिजेल राखी बिक्री गर्ने साना व्यापारीहरूको संख्यासमेत ५० भन्दा बढी रहेको पँइन्छ ।
    भारतको रक्सौलबाट प्रति लिटर ७२ रूपियां डिजल एवं ९४ रूपियां पेट्रोल मगाउने गरेका सक्रिय काला व्यापारीहरूले वीरगंजमा सो पेट्रोलियम पदार्थ नेपाल आयल निगमले तोकेको मूल्यभन्दा बढीमा बिक्री गरिरहेका छन् ।
    नगर क्ष्ँेत्रभित्र पेट्रोल, डिजल बेच्ने इजाजतसमेत नलिएका करिब आधा दर्जनभन्दा बढी ठूला पसलेहरूले अहिले खुलेयामरूपबाट कालो बजारी गरिरहेका छन् ।
    निगरानी गर्ने निकायको नाजायज सक्रियताका कारण गणतान्त्रिक नेपालमा बढ्दै गएको कालोबजारीहरूको संख्यालाई राज्यले नियन्त्रण नगरे नागरिक समाज स्वयंले कदम चाल्नुपर्ने अवस्था सिर्जना हुंदैछ । तर्सथ सम्बन्धित निकाय समयमै सजग भइ यस्ता काला बजारीहरूलाई तह लगाउन नितान्त भइसकेको जनगुनासो छ ।

    हस्ताक्षर अभियान
    वीरगंज, २८ भदौ/ भदौ १९ गते वीरगंज-१४ श्रीपुर निवासी दिपेन्द्र बस्नेतको रहस्यमय ढंगले मृत्यु भएको घटनाको छानबिन तथा दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनलाई दबाब स्वरुप हस्ताक्षर अभियान थालनी गरेको छ ।
    आज स्वतन्त्र मधेशी युवा फोर्स, वीरगंज पर्साका अध्यक्ष मुन्नाको संयोजकत्वमा घण्टाघरमा हस्ताक्षर अभियान गरिएको हो ।
    यही भदौ १९ गते वीरगंज श्रीपुर-१४ निवासी दीपेन्द्र बस्नेतको रहस्यमय ढंगले हत्या गरी लाशलाई वीरगंजस्थित एएमसी हस्पीटलको शौचालयमा फाली राखेको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार लागू औषधको अत्याधिक सेवनका कारण निज बस्नेतको मृत्यु भएको बताइएको छ ।
    तर मृतकका परिवारजनका अनुसार प्रहरीको कुटाइबाट बस्नेत मृत्यु भएको जनाउदै मधेशी युवा फोर्स र पीडित परिवारले घटनाको उच्चस्तरीय छानबिन गरी दोषीलाई कारबाही होस भन्ने उद्देश्यले विरोधस्वरुप मृतकको तस्बीर राखेर हस्तँक्षर अभियान थालिएको छ ।

    काव्ययात्रा सम्पन्न

    वीरगंज, २८ भदौ/ १४६ औं प्रभात काव्ययात्रा प्रणयकुमारको अध्यक्षतामा श्रीपुरमा सम्पन्न भएको छ ।
    काव्य यात्राका साहित्य सागरका मोतीका चम्किला दाना झैं साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
    सो काव्ययात्राका अरुण विक्रम शाह, विनोद तिमिल्सिना, केपी श्रेष्ठ, केशवबहादुर कसजु, धु्रवलाल शास्ती, शिवचन्द्रप्रसाद साह, विशाल चौधरीलगायतले आप\mनो गजल, गीत, कविता वाचन गर्नुभएको थियो ।

    चोर पक्राउ

    वीरगंज, २८ भदौ/ वीरगंज विर्तास्थित पुरानो सलाइ फैक्ट्रीबाट एक चोर पक्राउ परेको छ भने दर्ुइ जना फरार भएका छन् ।
    शनिवार बजार छपकैया-२ बस्ने ११ वषर्ीय साहेब आलम चोरी गर्दागर्दै स्थानीयबासीहरुले पक्राउ गरेको हो । फरार हुने १४ वषर्ीय कुमार राधेश्याम र १३ वषर्ीय परवेज आलम रहेका छन् ।
    दिनहुंजसो सलाइ फैक्ट्रीमा चोरहरुले दुख दिंदै आइरहेकोमा शनिवार उक्त चोरहरुलाई पक्राउ गर्न सफल भएको हो । लङडा स्कूलमा कक्षा २ मा अध्ययनरत ११ वषर्ीय साहेब आलम विगत चार वर्षेखि नपढी घुमी खाइरहेको कुरा बताए । सलाई फैक्टीको पुरानो मेशिनको फलामे सामानहरु चोरी गरी लैजान जम्मा गरिरहेको अवस्थामा चोरलाई पक्राउ गरिएको हो ।

    पत्रकारद्वारा व्यंग्यात्मक आन्दोलन
    वीरगंज २८ भदौ/ नेपाल पत्रकार महासंघ पर्साले आन्दोलनलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गर्दै सशक्त बनाएको छ ।
    संचारगृह र संचारकर्मीमाथिको क्रमबद्ध आक्रमणको विरोधमा सुरक्षाको ग्यारेण्टी र दोषीमाथि कारवाहीको विरोधमा गत १५ गतेदेखि महासंघको अगुवाईमा पर्सर्ेे संचारकर्मी चरणबद्ध आन्दोलनमा उत्रिए हुन् ।
    आन्दोलनका कार्यक्रम अनुसार वीरगंजबाट प्रकाशित पत्रत्रिकाले पर्साका जिल्ला अधिकारी र प्रहरी उपरिक्षकको उल्टो तस्विर प्रकाशन गरेका छन् । भने पत्रपत्रिकाहरुले सम्पादकीयको पुछारमा पत्रकारलाई स्वतन्त्रतापर्ूवक लेख्न र बांच्न देउ भन्ने नारा प्रकाशन गरेका छन् । अझैपनि सम्बन्धित निकाय कानमा तेल हालेर बसे महासंघले भोलि व्यंग्यात्मक रुपमाा गोरुलाई उजुरी र गधालाई ज्ञापन पत्र बुझाउने भएको छ ।
    महासंघको थप आन्दोलनका कार्यक्रमहरुमा भोली भदौ २९ गते गोरुलाई उजुरी र गधालाई ज्ञापन पत्र बुझाउने, ३० गते सम्पादकीय खालि राखि नारा मात्र लेख्ने , ३१ गते विरोध जुलुस निकाल्ने , असोज १ गते प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीमार्फ ज्ञापन बुझाउने र २ गते अन्तरक्रिया गर्ने कार्यक्रम रहेको पत्रकार महासंघ पर्साका सभापति शत्रुध्न नेपालले जानकारी दिनुभएको छ ।

    पन्ध्र क्विन्टल गाँजा सहित तीन जना पक्राउ
    वीरगंज २८ भदौ/ एमाले निकटका युथफोर्स बाराले बाराको बरियारपुरबाट एक टेक्टर लागु औषध गांजासहित तीनजनालाई पक्राउ गरी प्रहरीलाई बुझाएको छ ।
    गए राति ना १ त ३५९ नम्बरको टयाक्टरमा एक सय ८९ बोरा गांजा
    युथ फोर्सले पक्राउ गरेको हो । टयाक्टर चालक बारा अमृतगंज वडा नं. ८ का प्रेम पासवान सोही ठाउं निवासी भगत दास र नवल ठाकुरलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
    पक्राउ परेको गांजाको परिमाण १५ क्विन्टल रहको प्रारम्भिक अनुमान छ ।

    बस दर्ुघटनामा दर्ुइजना र्घाईते
    वीरगंज २८ भदौ/ बाराको छातापिपरास्थित मिलनचोकमा सवारी दर्ुघटनामा परि दर्ुर्ुइ जना घाइते भएका छन् ।
    आज बिहान काठमाडौंबाट वीरगंजतर्फआउंदै गरेको ना २ ख ४९७२ नम्बरको बस सिसौको रुखमा ठोक्किदा उक्त दर्ुघटना भएको हो । दर्ुघटनामा घाइते हुनेहरुमा भारत घोडा सहन निवासी अब्दुल असरफ र पर्साको सिर्सिया निवासी अमर पटेल रहेका छन् । उनीहरुको नारयणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भईरहको छ । घटनापछि बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।
    यसैविच पर्साको विन्दवासीनी गाविस स्थित विन्दवासीनी चोकमा आज बिहानैदेखि स्थानिय वासिन्दाले चक्काजाम गरेका छन् ।
    हिजो बारा जिल्लमा कर्यरत घुमुवा प्रहरीहरुले विन्दवासीनिका सुरेश साहलाई अपहरण गरी लगेको आरोप लगाउंदै, उनको सकुशल रिहाई र घटनामा संलग्न प्रहरीलाई कारवाहीको माग गर्दै स्थानीय बासिन्दाले चक्काजाम गरेका हुन् ।
    हिजो राति सादा पोशाकमा गएका बाराका प्रहरीले अपरहणको शैलीमा साहलाई लैजान खेाज्दा स्थानिय वासिन्दा र प्रहरीबीच दोहोरो झडप समेत भएको थियो । झडपका क्रममा ५ प्रहरी सहित ७ जना र्घाईते भएका छन् । स्थानिय वासिन्दाले अपहरणमा प्रयोग भएको प्रहरीको २ वटा मोटरर्साईकल समेत जलाईदिएका थिए ।

    सेनाले गोली हानी मर्स्या·ीको हत्या गरेको हिमराइट्सको ठहर

    वीरगंज, २८ भदौ/ भदौ ६ गते पर्सा जिल्ला गादी गाविस-७ बस्ने महेन्द्र मर्स्या·ी मगरको सेनाले गोली हानी गैरन्यायिक हत्या गरेको हिमराइट्सले ठहर गरेको छ ।
    शुक्रवार हिमराइट्स मध्यमाञ्चल क्ष्ँेत्रीय कार्यालय हेटौडा एवं हिमराइट्स बाराले संयुक्तरूपमा नेपाल पत्रकार महासंघ, पर्साको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी महेन्द्र मर्स्या·ी मगरको हत्यासम्बन्धमा प्रारम्भिक स्थलगत अध्ययन प्रतिवेदन र्सार्वजनिक गरेको हो ।
    २०६५ भदौ ६ गते पर्सा जिल्ला गादी गाविस वडा नं. ७ निवासी २८ वषर्ीय महेन्द्र मस्या·ी मगरलाई वन्यजन्तु आरक्षका सुरक्ष्ँाकर्मीले गोली हानी हत्या गरेको खबर छापा एवं विद्युतीय संचारमाध्यमबाट र्सार्वजनिक भएपश्चात् उक्त घटनाको सत्य तथ्य छानबिन गर्न भदौ १९ गते परिवारजनले दिएको निवेदनको आधारमा छानबिन गरी हिमराइट्सले सो प्रतिवेदन र्सार्वजनिक गरेको जनाएको छ ।
    भदौ २० गते घटनाको स्थलगत अध्ययन, अनुगमन, गर्दा महेन्द्र मर्स्या·ी शौच गर्न नजिकैको जंगलमा गएर फर्किरहेको अवस्थामा सैनिक हवल्दारको कमान्डमा रहेको टोलीले व्यक्तिगत इवीका कारण हत्या गरेको जनाएको छ ।
    पत्रकार सम्मेलनमा वितरित प्रतिवेदनका अनुसार ह्युमन राइट्सले छानबिनका क्रममा घटनाको प्रारम्भिक तथ्य संकलन, घटनाबारे प्रकाशित सामग्रीको अध्ययन, संचारकर्मीहरूसंग भेटघाट, घटनास्थलको अनुगमन, प्रत्यक्षदर्शीसंग भेटघाट, अन्तरक्रिया, सुरक्ष्ँा निकाय, स्थानीय प्रशासन, राजनीतिक दलका नेता तथा कार्यकर्तासंग छलफल गरी सो घटनाबारेमा तथ्य रिपोर्ट तयार गरेको जनाइएको छ ।
    आरक्ष्ँणका सुरक्ष्ँाकर्मीले महेन्द्र मर्स्या·ी मगरलाई शिकारीको आरोप लगाएर हत्या गरेपछि सो सम्बन्धमा सत्यतथ्य बुभ\mदा निज शिकारी नरहेको कुरा खुल्न आएकोसमेत प्रतिवेदनमा जनाइएको छ ।
    घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारवाहीको लागि न्यायिक आयोग गठन गरियोस्, पीडित परिवारलाई उचित क्षतिपर्ूर्ति उपलब्ध गराइयोस्, मृतकका नाबालकलाई निःशुल्क शिक्ष्ँाको व्यवस्था मिलाइयोस्, सुरक्ष्ँाकर्मीहरूको आचरणमा विशेष सुधार गरियोस् भनि नेपाल सरकारलाई सोही प्रतिवेदनमार्फत् सिफारिससमेत गरिएको छ ।

    ज्वाला समूहका दुइजना पक्राउ
    वीरगंज, २८ भदौ/जिल्ला प्रहरी कार्यालय, पर्साले जनतान्त्रिक तर्राई मुक्ति मोर्चा ज्वाला सिंह समूहका दर्ुइ कार्यकर्तालाई पक्राउ गरेको छ ।
    शनिवार पक्राउ परेका मोर्चाका दर्ुइ कार्यकर्ताहरूमा पर्सा जिल्ला सखुवा प्रसौनी-७ रामभौरीटोल निवासी सुरेन्द्र सहनी र ध्यानसिंह प्रि्रा निवासी आसमहम्मद रहेका छन् ।
    दुवैजनाले नत्थु भन्ने अविनाशले महुवनमा पैसा लिन पठाएको बताएका छन् । बयानको क्रममा उनीहरूले मोर्चामा २८ दिनदेखि मात्र लागेको बताए ।

    0 comments: