डाबर नेपाल सुचारु

Posted on
  • Sep 14, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २९ भदौ/भाद्र १५ गते देखि बन्द रहेको बहुराष्ट्रिय कम्पनी डाबर नेपाल सुचारु भएको छ ।
    १० प्रतिशत बोनसको माग राख्दै आन्दोलनमा उत्रिएका मजदुर तथा व्यवस्थापन पक्षबीचको विवाद सम्बन्धमा छानविन गर्न श्रम तथा यातायात मन्त्रालयका उपसचिव दीपक सुवेदीको संयोजकमा एक उच्च स्तरीय छानविन आयोग गठन भएको छ ।
    आयोगले छानविन गर्ने अवधिसम्मको लागि आन्दोलन स्थगित गरी मजदुरहरु आजदेखि उत्पादन कार्य सुचारु गर्ने कुरा डाबरका अधिकृत मजदुर यूनियन अखिल नेपाल ट्रेड यूनियन क्रान्तिकारीका अध्यक्ष शिवलाल क्षत्रीले बताए।
    आयोगले डाबर नेपालमा उत्पन्न विवाद सम्बन्धी छानविन गरी १ महिना भित्र आफनो प्रतिवेदन सरकारसमक्ष पेश गर्ने जानकारी प्राप्त भएको छ ।
    यसबीच डाबर नेपालको व्यवस्थापन पक्ष्ँले बन्द अवधिभरको तलब भत्ता नदिने शर्तमा उद्योग सुचारु गरेको जनाएको छ ।

    0 comments: