पत्रकारद्वारा गधालाइ ज्ञापन, गोरुलाइ उजुरी

Posted on
  • Sep 14, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज २९ भदौ/ संचारगृहमाथि आक्रमण गर्नेलाई कारबाही नगरेको भन्दै स्थानीय प्रहरी प्रशासनको विरोधमा पर्सर्ेे संचारकर्मीहरुले गधालाई ज्ञापन र गोरुलाई उजुरी दिएका छन् ।
    आज नेपाल पत्रकार महासंघ पर्सर्ाा अध्यक्ष शत्रुघन नेपालले वीरगंज घण्टाघरमा गधालाई ज्ञापन पत्र दिनुभएको थियो भने केन्द्रीय सदस्य महेश दासले गोरुलाई जाहेरी दिनुभएको हो ।
    संचारकर्मीको सुरक्षाको ग्यारेण्टी र दोषीमाथि कारवाहीको विरोधमा गत १५ गतेदेखि महासंघको अगुवाईमा यहांका संचारकर्मी चरणबद्ध आन्दोलनमा उत्रिए छन ।
    सो कार्यक्रममा केन्द्रीय सदस्य दासले संचारगृहमाथि आक्रमण गर्नेलाई कारबाही नगरेसम्म आन्दोलनलाई निरन्तरता प्रदान गर्ने बताउनुभयो।
    त्यसैगरी भदौ ३० गते सम्पादकीय खाली राखी नारा मात्र लेख्ने, ३१ गते विरोध जुलुस निकाल्ने, असोज १ गते प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीमार्फ ज्ञापन बुझाउने र २ गते अन्तरक्रिया गर्ने कार्यक्रम रहेको पत्रकार महासंघ पर्सर्ाा सभापति शत्रुघ्न नेपालले जानकारी दिनुभएको छ ।

    हतियारसहित एक पक्राउ
    वीरगंज, २९ भदौ/ हतियारसहित एक जनालाई पर्सर्ाा्रहरीले पक्राउ गरेको छ ।
    आज बिहान पर्सर्ााे पचरुखी गाविस-३ जिगडीया निवासी भोला माझीलाई एकनाल कटुवा पेस्तोलसहित उनकै गाउबाट पक्राउ गरिएको हो।
    माझीलाई थप अनुसन्धानको लागि ज्रि्रका, पर्सर्ाा हिरासतमा राखिएको छ ।

    पुरस्कार तथा खेलकूद सामग्री वितरण
    वीरगंज, २९ भदौ/ लायन्स क्लब अफ वीरगंजद्वारा पुरस्कार तथा खेलकूद सामग्री कार्यक्रम सम्पन्न गर्‍यो ।
    आज ४४ औं बाल दिवसको उपलक्ष्यमा लायन्स क्लब अफ वीरगंजका अध्यक्ष मनोहर टिवडेवालको विशेष आतिथ्यमा नेपाल बाल संगठन बाल मन्दिर, पर्सर्ाा सचिव जीतेन्द्र पुरुष ढकालेको सभापतित्वमा उक्त पुरस्कार वितरण गरिएको हो ।
    बाल दिवसको मौका पारी बाल मन्दिर पर्सर्ाा कक्षा १ देखि कक्ष्ँा ५ का विद्यार्थीहरुलाई सहभागी गराउदै खेलकूद तथा चित्रकला प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो र सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।

    राहत हस्तान्तरण
    वीरगंज, २९ भदौ/ सप्तकोशी बाढीपीडितहरुका लागि वीरगंजका तीनवटा मस्जिदहरुको तर्फाट संकलित राहत सामग्री पर्सर्ाा प्रअिज मार्फ रेडक्रस सोसाइटी पर्सर्ााई हस्तान्तरण गरिएको छ ।
    मुस्लिम समुदायबाट संकलित १ हजार २५ प्याकेत तयारी सामग्री र नगद ५ हजार हस्तान्तरण गरिएको हो । आज बिहान छपकैयामा आयोजित कार्यक्रममा मुस्लिम समुदायका तर्फाट रमनुदिन अंसारी, इमामुदिन अहमद, ज्ञासुदेव ठकुराइ, पर्सर्ाा प्रजिअ र रेडक्रस पर्सर्ाााखाका सभापति श्याम पोखरेलको उपस्थिति थियो ।
    त्यसैगरी युवा विकास संस्था श्रीपुर-१४ ले कोशी बाढीपीडितहरुको लागि २१ सय ८७ रुपियां ५० पैसा रेडक्रसका उपमन्त्री फूलमहम्मद मियालाई क्लबका अध्यक्ष महम्मद रुस्तम हवारीले हस्तान्तरण गरेका थिए ।

    0 comments: