अनियमित लोडसेडिङबारे अन्तरक्रिया

Posted on
  • Sep 14, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २९ भदौ/ बारा र पर्सर्ाा अनियमित तरिकाले भइरहेको लोडसेडिङको समस्या र त्यसको समाधान खोज्नका लागि सरोकारवालाहरुबीच वीरगंजमा अन्तरक्रिया भएको छ ।
    आज मधेश मिडिया मिशनको आयोजनामा वृन्दावन होटलमा भएको कार्यक्रममा सहभागीहरुले विद्युत आपर्ूर्तीको समस्या समाधानका लागि सडकमा उत्रनुको विकल्प नभएको ठहर गरेका छन् ।
    अनियमित लोडसेडिङ र न्यून भोल्टेजका कारण ब्रि्रने उपकरणको क्षतिपर्ूर्ती दिनुपर्ने माग गरिएको छ । कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष अशोक टेमानीले विद्युत उपभोगबाट बारा पर्सर्ाा उपभोक्ताले प्राधिकरणलाई ४० प्रतिशत रकम बुझाउने गरेपनि गुणस्तरिय सेवा पाउन नसकेको बताउनुभयो ।
    भ्रष्ट कर्मचारी तन्त्रका कारण प्राधिकरण तहसनहस भएको आरोप लगाउँदै उद्यमी टेमानीले जेनरेटरको मर्मतमा समयमा ध्यान नदिंदा कुलेखानीको र्टर्मिनल ब्रि्रने गरेको बताउनुभयो । अनियमित लोडसेडिङका कारण औद्योगिक करिडरका दर्ुइ सयभन्दा बढी ठूला उद्योगले लाखौं रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नु परेको छ । नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्र प्रमुख बद्रीनारायण साह तेलीले हेटौंडाबाट नै विद्युत लाइन काटिने भएकाले आफूहरुले कुनै समाधान गर्न नसक्नै भन्दै अर्समर्थता जनाउनुभयो । अन्तरकृयामा नेकपा एमालेका डाक्टर विश्वम्भर शर्मा, मधेशी जनअधिकार फोरम नेपालका शशीकपुर मियाँ, नेकपा माओवादीका पीएल श्रेष्ठ, सदभावना पार्टर्ीी नेजामुद्दिन समानी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य महेश दास, पर्सर्ाा सभापति शत्रुघ्न नेपाल, वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष अशोक टेमानीको सहभागीता थियो ।

    0 comments: