वीरगंज लागूऔषध खरिद बिक्रीको दोस्रो बजार

Posted on
  • Sep 15, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ३० भदौ/ गृह प्रशासनको लापरवाहीका कारण भारत तथा नेपालका लागूऔषध कारोबारीहरूले वीरगंजको छपकैया वडा नं. २ लाई लागूऔषध ब्राउनसुगर खरिद बिक्रीको दोस्रो बजार स्थापित गर्न सफल भएबाट नगर क्ष्ँेत्रमा लागू औषधका दर्ूर्व्यसनीहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
    भारत, रक्सौलको सोना हल नजिक लागू औषध ब्राउनसुगरको अधिकृत कारोबार संचालन राखेका भारतीय नागरिक असलम ठकुराइ, असरफ ठकुराइले भारत नकरदेहीका जाकिर मियां, नथुनी तथा तपसी मार्फ् वीरगंज छपकैया २ नंं वडाका कारोबारी शेख सलिम उर्फसन्कवालाई ब्राउनसुगर पठाउने गरेको भरपर्दो स्रोतले जनाएको छ ।
    यसैगरी भारत नकरदेही बस्ने नथुनी ठकुर्राई, अजहर, अब्बास, रमेश तत्वा तथा भारत रक्सौल परेउवा बस्ने फारूख मियां धोबीसमेतले रक्सौल, सोनाहल नजिकबाट फिंजाएको लागू औषध ब्राउनसुगरको कारोबारलाई भारत रक्सौल थाना इन्चार्जले सहयोग प्रदान गर्दै आएको सोही स्रोतको ठहर छ ।
    लागूऔषध नियन्त्रण गर्ने अन्तर्रर्ााट्रय दातृ संस्थाको विनियोजित बजेटका कारण सोको कारोबार एवं सेवनकर्तालाई रोक्नुपर्ने दबाब स्वरूपको जिम्मेवारी ठानेको वीरगंजस्थित लागू औषध कानुन कार्यान्वयन इकाइ शाखा समेतले वीरगंजमा बढ्दै गएको यस कारोबार्रतर्फ कुनै चासो दिएको पाइदैन ।
    प्राप्त सूचनाका अनुसार जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्ष्ँक योगेश्वर रोमखामी तथा अंचल प्रहरी कार्यालय वीरगंजका वरिष्ठ प्रहरी उपरीक्ष्ँक रमेशशेखर बज्राचार्यले अपराध नियन्त्रणका नाममा खटाएको घुमुवा प्रहरीहरूसमेतले निश्चित रकम नजराना एवं बेलाबखत सेकुवा भोजका आधारमा कारोबारी सन्कवालाई विशेष छुट दिएबाट निजले सो लागूऔषधको कारोबार खुलेयाम रूपबाट गर्न थालेका हुन् ।
    काठमाडौं, नारायणगढ, मकवानपुर, पोखरालगायत स्थानीय लागू औषधका कारोबारी एवं दर्ुर्व्यसनीहरूलाई श्रीराम हल छपकैया पछाडिको घरबाट लागू औषध ब्राउनसुगर बिक्री गर्ने गरेका कारोबारी सन्कवाको यस कार्यबाट वीरगंज नगरमा लागूऔषधका दर्ूर्व्यसनीहरूको संख्या दिनानुदिन बढ्दै गएको बताइन्छ ।
    वीरगंजको विर्ता-४ स्थित सलाइ फैक्ट्री, छपकैया लाल गोदाम, यातायात संस्थानको पुरानो घर लगायत नगर क्ष्ँेत्रभित्र रहेका जिर्ण्र्ाावनहरूलाई अखडा बनाउने गरेका दर्ुर्व्यसनीहरूले लागू औषध ब्राउनसुगर, खैरो हेरोेइन, कन्डम, बुटपालिस, चिलम, जस्ता सामग्री आफूसाथ राख्ने गरेको पाइएको छ ।
    यसरी टोल, नगर, जिल्ला अञ्चल अनि देशभरिकै युवा जमात्लाई कुलतको बाटोमा अग्रसर गराउने अनि अन्त्यमा एड्स जस्ता भयावह रोग तथा मृत्युको संघारमा पुर्‍याउने लागू औषध ब्राउनसुगरको वीरगंजमा फैलिएको कारोबारलाई समयमै रोकथाम गरिएन भने यसले भयावह रुप लिने कुरामा दर्ुइ मत रहदैन ।

    लुटेको रकम बरामद

    वीरगंज, ३० भदौ/ गत भदौ २० गते पहिले शिवा अस्पताल नजिकै लुटी लगेको रकम प्रहरीले बरामद गरेको छ ।
    आज जिल्ला प्रहरी कार्यालय पर्सर्ाा लुटेरा परिवारजन आमा र हजुरआमाले लुटी लगेको रकम दर्ुइ पटक गरेर ६० हजार प्रहरीलाई बुझाएका हुन् ।
    भदौ २० गते दिउंसो १२ बजे भवानीपुर गाविस वडा नं. ९ सुखचैना बस्ने गम्हरिया साह तेलीले धान बेचेर राखेको रकम आदर्शनगरस्थित एभरेस्ट बैंकको चेकबाट ८४ हजार ७ सय ८७ रुपियां अपराधीले लुटेर फरार भएको थियो ।
    घटनामा संलग्न चार व्यक्तिलाई प्रहरीले पक्राउसमेत गरेर अनुसन्धान गरिरहेको थियो । पक्राउ पर्नेमा वर्ष१० को विसु दास १४ वर्षो रुपक दास भारत मोतीहारीको १९ वषर्ीय विवेक यादव र भारत कटीहार बस्ने १८ वषर्ीय विकास दास रहेका थिए ।
    खोजतलासको क्रममा अपराधी रुपक दास र विसु दासको घरबाट रु ६० हजार बरामद गरेको छ । अपराधीको हजुरआमा र आमाले दर्ुइ पटक गरी उक्त र चेकबुक, नागरिकता र घरजग्गाको कागज समेत प्रहरीलाई बुझाएको जानकार जिल्ला प्रहरी कार्यालयका प्रनि केपी शर्माले बताए ।


    स्वास्थ्य परीक्षण तथा निशुल्क औषधि वितरण

    वीरगंज, ३० भदौ/ मानव सशक्तीकरण समाज नेपाल पर्सा र मारवाडी महिला मञ्चको संयुक्त आयोजनामा स्वास्थ्य परीक्ष्ँण तथा निशुल्क औषधि वितरण गरियो ।
    समाजका अध्यक्ष संतोष पटेलको सभापतित्वमा सम्पन्न उक्त शिविरको प्रमुख अतिथि लायन चिरिन्जीवी सरावगी रहनुभएको थियो ।
    खलवाटोला सिर्सिया स्कूलको प्रा·णमा भएको उक्त शिविरमा सिर्सिया गाविसका ५ सय भन्दा बढी महिला, पुरुष, बालबालिकाहरुको स्वास्थ्य परीक्षण फिजिसियन डा. राजेश साह, डा. साहिर मर्ुर्तुजा र दन्त चिकित्सक डा. राजेश स्वर्ण्र्ाारले गरेका थिए ।

    0 comments: