टायर बालेर विरोध पर््रदर्शन

Posted on
  • Sep 15, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ३० भदौ/ प्रहरी उपरीक्षक बाराका हेमन्त राजपाललाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले विरोध पर््रदर्शन गरेका छन् ।
    आज घण्टा नेविसंघ, पर्साका नविन सिंह र मनोज चौधरीको अध्यक्ष्ँतामा निस्किएको विरोध र्‍यालीले वीरगंजको घण्टाघरमा टायर बालेर विरोध पर््रदर्शन गरेका हुन् ।
    शुक्रवार बारा प्रहरीहरुले विन्दवासिनीका सुरेश साहलाई अपहरण गरी लगेको आरोप लगाउदै उनको सकुशल रिहाइको माग गर्दै पर््रदर्शनकारीहरुले बारा प्रहरीलाई कारबाही गर्न नारायणी अंचल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्ष्ँक र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षकसंग माग गर्दै उक्त विरोध पर््रदर्शन गरेको हो ।
    विरोध पर््रदर्शनको क्रममा विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    सुरक्ष्ँित यात्रा गर्न यात्रुसंग आग्रह

    वीरगंज, ३० भदौ/ मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, पथलैयाले धादिङदेखि रामेछापसम्मका १६ जिल्लामा राजमार्गमा गुड्ने र्सार्वजनिक गाडीहरुमा सुरक्षित यात्राका लागि यात्रुहरुसंग आग्रह गर्न थालेका छन् ।
    ट्राफिक प्रहरी नायब निरीक्ष्ँक विकास थपलियाका अनुसार आजदेखि तीन दिनसम्म बसको छतमा यात्रुलाई नचढाउनका लागि गाडीचालकहरुसंग आग्रह गरिनेछ । अनुरोधलाई बेवास्ता गर्ने सवारी चालकलाई चौथो दिन न्यूनतम जरिवाना गर्ने र पाचौ दिनदेखि कारबाहीका लागि यातायात व्यवस्था कार्यालयलाई सिफारिस गर्ने मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । खासगरी चार्डपर्वको बेलामा र्सार्वजनिक सवारी साधनमा यात्रुहरुको चाप बढी हुने र छतमा जोखिमपर्ूण्ा यात्रा गर्दा दर्ुघटनाकोसम्भावना बढी हुने भएकोले त्यसलाई नियन्त्रण गर्न यस्तो अभियान थालिएको ट्राफिक प्रहरी नायब निरीक्षक थपलियाले बताए ।

    दर्ुघटनामा १ घाइते

    वीरगंज, ३० भदौ/वीरगंजबाट परवानीपुर्रतर्फ जांदै गरेको मोटरसाइकल गण्डकचोकमा दर्ुघटना हुंदा एकजना घाइते भएका छन् ।
    आज बिहान ५ बजे बा ७ प ६०१ नं.को मोटरसाइकलले परवानीपुरबाट वीरगंजतर्फ आइरहेको पैदल यात्री १७ वषर्ीय धर्मदेव पटेललाई ठक्कर दिंदा घाइते भएका छन् ।
    ठक्कर दिने मोटरसाइकल चालक फरार भएकोले नाम खुल्न सकेको छैन भने घाइते पटेलको उपचार नारायणी उपक्ष्ँेत्रीय अस्पताल, वीरगंजमा भइरहेको प्रहरीले जनाएको छ ।

    बोक्सीको आरोप लगाउदै बृद्धालाई मलमुत्र खुवाइयो

    वीरगंज, ३० भदौ/बोक्सीको आरोपमा एक बृदालाई उनका देवरका परिवारजनले मलमूत्र खुवाएका छन् ।
    आज पर्साको पर्र्सौनी विर्ता-४ बस्ने ६७ वषर्ीया वृद्धा मजिरन खातुनले जिल्ला प्रहरी कार्यालय पर्सामा आप\mनो देवरविरुद्ध उजुरी दिएकी हुन् ।
    सोही गाविस बस्ने सलाउद्दिन अंसारी र निजको छोरा नुरशेद अंसारी, इसराइल मिया अंसारीका छोरा ५० वषर्ीय युनुस अंसारी, इदिस अंसारी, मोहन अंसारीलगायत उनका घरपरिवारले जमिनको विवादमा निहुं खोजी बोक्सीको आरोप लगाएर भदौ २६ गते बीच बाटोमै बृद्धा मजिरन खातुनलाई कुटपिट गरी मलमूत्र खुवाएको पीडितले आरोप लगाउदै ज्रि्रका पर्सामा न्यायको लागि उजुरी दिएकी हुन् ।


    राहत हस्तान्तरण


    वीरगंज, ३० भदौ/ सप्तकोशी बाढीपीडितहरुको राहतको लागि शिवशक्ति समूहले नगद रु ३५ हजार १ रुपियां नेपाल रेडक्रस सोसाइटी, पर्सालाई हस्तान्तरण गरेको छ ।
    आज सो समूहका कर्मचारी मन्जुर आलम र उमाशंकर महतोले रेडक्रसका सभापति श्याम पोखरेललाई सो राहत रकम हस्तान्तरण गरेको हो ।

    पांच दिने तालिम

    वीरगंज, ३० भदौ/नेपाल रेडक्रस सोसाइटी, पर्साको आयोजनामा पांच दिने लै·कि सचेतना महिला सहभागिता तालिम आरम्भ भएको छ ।
    आज नेरेसो पर्साको सभाकक्षमा ८ जिल्लाका २५ जना महिला र पुरुषहरुलाई प्रशिक्ष्ँक तारा भट्टराइले तालिम दिनुभएको हो ।
    सो कार्यक्रमको सभापति महिला विकास समितिका संयोजक मधु राणा र प्रमुख अतिथि रेडक्रसका सभापति श्याम पोखरेल रहनुभएको थियो । महिलाहरुलाई रेडक्रसको बारेमा जानकारी दिन तालिमको उद्देश्य रहेको छ ।

    0 comments: