१० बोरा मल पक्राउ

Posted on
  • Sep 16, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ३१ भदौ/ भारतीय बजारबाट तस्करी गरी नेपाल भित्र्याइएको १० बोरा मल सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
    आज दिउसो ११ बजे सशस्त्र प्रहरी बल रुद्रबाहिनी पथलैयाले वीरगंजबाट काठमाडौर्ंतर्फ लादै गरेको बा ६ च ५९१९ नं.को टाटा मोबाइल गाडीबाट १० बोरा अवैध रासायनिक मल बरामद गरेको छ ।
    उक्त मल बारा जीतपुरबाट लोड गरी लादै गरेको अवस्थामा शंका लागि चेकजा“च गर्दा बरामद गरिएको सशस्त्र प्रहरी बल रुद्रबाहिनीले जनाएको छ ।

    छात्रवृत्ति प्रदान गर्ने घोषणा

    वीरगंज, ३१ भदौ/ वीरगंज आदर्शनगरस्थित रहेको निटले कक्षा १२ मा अध्ययन पूरा गरिसकेका जेहेन्दार विद्यार्थीहरुलाई १८ औं भविष्य ज्योति छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।
    आज निट वीरगंज शाखाले जनाएअनुसार जेहन्दार विद्यार्थीलाई सूचना प्रविधिसम्बन्धी तालिमका लागि लाग्ने शुल्क ६४ हजारसम्मको छात्रवृत्ति रकम निशुल्क वितरण गरिने एवं स्नातक तहमा अध्ययनरत ५ सय जना विद्यार्थीहरुलाई शतप्रतिशत निशुल्क छात्रवृत्ति प्रदान गरिने छ । छात्रवृत्तिका लागि आवेदन दिएकाहरुमध्ये परीक्ष्ँामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई सो छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाइएको छ भने छात्रवृत्तिका लागि निवेदन दिने अन्तिम मिति यही असोज ४ गतेसम्म मात्र रहेको निट वीरगंजले जनाएको छ ।

    0 comments: