क्रान्तिकारीका एक कार्यकर्ता पक्राउ

Posted on
  • Sep 18, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २ असोज/ फिरौती रकम लिदालिदै प्रहरीले रंगेहात तर्राई जनमुक्ति क्रान्तिकारी पार्टर्ीी एक कार्यकर्तालाई पक्राउ गरेको छ ।
    बुधवार सांझ ५ बजे भिस्वा होटल नजिक बाइपासमा रहेको एक होटल मालिकसंग रु एक लाख फिरौती माग्न प्याड लिइ गएका बारा जिल्ला मोतीसर गाविस वडा नं. १ बस्ने वर्ष२६ को अशोककुमार यादवलाई फिरौती माग्दामाग्दैको अवस्थामा जिल्ला प्रहरी कार्यालय, पर्सर्ााे प्रहरी टोलीले रंगेहात पक्राउ गरेको हो ।
    निजको साथबाट फिरौती माग गरिएको प्याड रकम, मोटरसाइकल एक थान, चन्दा रसिद एक ठेली, मोबाइलसेट सिम थान एक, अन्य टेलिफोन नं. २० थान बरामद गरी अभियुक्त यादवलाई जिल्ला प्रशासन कार्यालय पर्सर्ाा चलान गरेको प्रहरी हवल्दार उमेशकुमार सिंहले बताए ।

    नक्कली नम्बर राखेर सवारी चलाउनेहरुको बिगबिगी

    वीरगंज, २ असोज/ जिल्ला प्रहरी कार्यालय, पर्सर्ाा भारतीय सिमानाबाट भंसार छली गाडी ल्याउदै गर्दा पक्राउ गरेको छ ।
    बुधवार दिउसो महेन्द्र बोलेरो गाडी भंसार छली भित्रिरहेको भारतीय गाडी नं. बीआर ०५ पि-१९६८ वीउमनपा वडा नं. १८ नेशनल मेडिकल कलेज सडक खण्डमा प्रहरीलाई देखेपछि गाडी छाडी चालक फरार भएको हो ।
    गाडी प्रहरीद्वारा नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको छ । सो गाडी चोरीको भएको हुदा प्रचलित कानुन बमोजिम वीरगंज भंसार कार्यालयमा पठाइएको छ ।
    ज्रि्रका पर्साका प्रमुख योगेश्वर रोमखामीसंग थप जिज्ञासा राख्दा उनले हामीले आजसम्म चारवटा भंसार छली नेपाल भित्रिएका गाडीहरु वीरगंज भंसार कार्यालयमा पठाएका छौं । जसमा पिजोड कार १, बलेरो २, स्कारपियो १ समेत छन् । हाल विभिन्न अपराधमा संलग्न डुब्लिकेटीङ नं.का यामाहा ना ७ प, को १ प ७७७४ ना ३ प ८९९, बीआर ०५ पि १९६८ मोटरसाइकल ५ वटा छन् । हालका दिनहरुमा विशेषगरी मोटरसाइकलबाट अपराधमा वृद्धि हुन जाने सम्भावनासमेतलाई मध्यनजर राखी नक्कली नं. टास गरी मोटरसाइकल चढ्ने व्यक्ति विशेषउपर प्रहरीले विशेष सत्रियता अपनाइएको बताए ।

    ३ रिक्सासहित चोर पक्राउ
    वीरगंज, २ असोज/ तीन रिक्सासहित दर्ुइ चोरलाई प्रहरीले पक्राउ गरेको छ ।
    आज बिहान घण्टाघरबाट ३ वटा रिक्सा चोरी गरी भारत रक्सौलतर्फलैजादै गर्दा वीउमनपा १९ इनर्वा गाउमा वीउमनपा २८८२ र २९११ र नं. नभएको रिक्सा प्रहरीले बरामद गरेको हो ।
    पक्राउ परेका चोर जिल्ला पर्सर्ााीउमनपा वडा नं. १४ श्रीपुरका १८ वषर्ीय संदीप चौहान र वडा नं. ४ विर्ता बस्ने वर्ष१८ को शेष जावेद रहेका छन् ।
    जिल्ला प्रहरी कार्यालय पर्सर्ााट चोरी मुद्दामा कारबाही अगाडि बढाएको छ । उक्त रिक्सा सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालय, पर्सर्ााे सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    माओवादीको गोली हानी हत्या

    वीरगंज, २ असोज/ अज्ञात समूहले बाराका माओवादी कार्यकर्ताको गोली प्रहार गरी हत्या गरेको छ ।
    गए राति बाराको अलेखगञ्ज-९ निवासी माओवादी कार्यकर्ता बसिर मियां अन्सारीको गोली हानी हत्या भएको हो ।
    औषधि किन्न बिसुनपुर गएको बेला अन्सारीको हत्या भएको बाराका प्रहरी उपरीक्षक हेमन्त पालले बताए ।
    यसैवीच जनतान्त्रिक तर्राई मुक्ति मोर्चा रण्ँवीर सिंहले घटनाको जिम्मेवारी लिएका छन् ।
    मोर्चाका बारा,पर्सा इन्चार्ज सत्याले स्थानीय संचारकर्मीलाई टेलिफोन गरी घटनाको जिम्मेवारी लिएका हुन ।
    यसबीच हत्याको विरोधमा माओवादी कार्यकर्ताहरुले बाराको कलैया स्थित भरतचोकमा टायर बालेर पर््रदर्शन गरिरहेका छन् ।

    व्यवस्थापन पक्षको शर्तका कारण डाबर नेपाल बन्द
    वीरगंज २ असोज/ डाबर नेपाल प्राली रामपुर टोकनीमा गत २ हप्तादेखि आन्दोलनमा उत्रिएका कामदार कर्मचारीहरु आन्दोलन स्थगित गरेर काममा फर्किए पनि व्यवस्थापन पक्षले कामदार समक्ष ८ बुंदे शर्त तेर्स्याएपछि सो शर्तमा सहमति हुन नसक्दा डाबर नेपाल संचलनमा आउन सकेको छैन ।
    आज १७ औं दिन पनि डाबर नेपाल बन्द रहेको छ ।
    कारखाना व्यवस्थापन पक्षले हडताल अवधिको तलब कर्मचारीलाई नदिने, युनियन र कर्मचारीले गैरकानुनी हडताल फिर्ता लिई काममा र्फकनुपर्ने, कार्यालय समय अवधिमा प्रत्येक कर्मचारीले श्रम ऐन बमोजिम काम गर्नुपर्ने, खराब आचरण भएका कामदारलाई प्रचलित ऐन बमोजिम कारबाही गरिने र कारवाहीको क्रममा बाधा व्यवधान खडा नगर्ने र खडा गर्ने विरुद्ध पनि कारवाही गर्न पाईनेे, सुरक्षा चेक जांचमा कर्मचारीले बाधा पुर्‍याउन नपाउने लगायत ८ शर्त राखेको छ । कामदार कर्मचारीको तर्फाट अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष बद्री बजगाइले हिजो श्रम विभागबाट ६ सदस्यीय छानविन समिति गठन भएपछि हड्ताल स्थगित भएको घोषणा गरेका थिए ।

    उत्पादनको सहज प्रवेशबारे गम्भीर छलफल भएकोः वैद्य

    वीरगंज, २ असोज । वीरगञ्ज उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष अशोककुमार वैद्यले नेपाल र भारतबीच उत्पादनको सहज प्रवेशबारे गम्भीर छलफल भएको बताए ।
    रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले भारतीय लगानीकर्ताहरुले औद्योगिक सुरक्षाको माग गरेको र प्रधानमन्त्रीले त्यसको जिम्मेवारी लिने बताउनुभएको उनको भनाई थियो । वैद्यले भने, प्रधानमन्त्रीले लगानी गर्नुहोस् सुरक्षाको वातावरण मिलाउने काम मेरो हो भन्नुभयो । भारतले नेपाली उत्पादनका लागि सहुलीयत दिन सहमत भएको बताए । तयारी पोशाकको निर्यातमा देखिएको अवरोध अन्त गर्नेबारे सकारात्मक छलफल भएको बताए ।

    0 comments: