परसाका एमाले सभासद साहविरुद्धको मुद्दाको सुनुवाइ

Posted on
  • Sep 12, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २७ भदौ/ परसा जिल्ला क्षेत्र नम्बर ४ बाट निर्वाचित एमाले सभासद प्रद्युम्नप्रसाद साहविरुद्ध कांग्रेसका विपक्षी उम्मेद्वार सुरेन्द्रप्रसाद चौधरीले दायर गर्नुभएको मुद्दाको आज संविधानसभा अदालतमा सुनुवाई हु“दैछ ।
    साहले धा“धली गरी चुनाव जितेको आरोप लगाउ“दै चौधरीले दिनुभएको उजुरीमाथि आज सुनुवाई हुन लागेको संविधानसभा अदालतले जनाएको छ ।
    गएको चैत २८ गते भएको संविधानसभा चुनावमा साहले ३ सय ४३ मतको अन्तरले चुनाव जित्नुभएको थियो । चौधरीको पक्षमा १२ हजार २ सय ४७ मत परेको थियो ।

    पत्रकार महासंघ पर्साद्वारा दोस्रो चरणको आन्दोलन
    वीरगंज, २७ भदौ/ वीरगंजबाट प्रकाशित हु“दै आएको स्थानिय पत्रिकाहरुमाथि विभिन्न समूहबाट शृृङखलाबद्ध आक्रमण्ँ र प्रहरी प्रशासनको निष्त्रिmयताविरुद्ध नेपाल पत्रकार महासंघ, परसाले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।
    आज र भोलि पत्रकार महासंघ परसाद्वारा घोषति दोस्रो चरणको आन्दोलन अनुसार पत्रपत्रिकाले सम्पादकीयको पुछारमा प्रेसलाई स्वतन्त्रतापर्ूवक लेख्न र बा“च्न देउ भन्ने नारा लेख्ने, भदौ २९ गते गोरुलाई उजुरी र गधालाई ज्ञापन पत्र बुझाउने, भदौ ३० गते सम्पादकीय कोलम खाली राखि त्यसमा केवल नारा मात्र लख्ने, भदौ ३१ गते विरोध जुलुस निकाल्ने, असोज १ गते प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीमार्फज्ञापन बुझाउने र असोज २ गते अन्तरक्रिया गर्ने रहेको छ ।

    बाढीपीडितलाई राहत
    वीरगंज, २७ भदौ/ सप्तकोशी बाढी पीडितको राहतको लागि कलवार कल्याण समितिद्वारा स्थापित दैवि प्रकोप राहत तथा जनकल्याण कोषबाट रु ५१ हजार कान्तिपुर राष्ट्रिय विपत्ति सहयोग कोषको खातामा जम्मा गरेको जनाएको छ ।
    साथै यस राष्ट्रिय आपदाको दुखद घीमा बाढीपीडित जनताहरुलाई यथाशीघ्र सहयोग गर्न सम्पर्ूण्ा परसा जिल्लाबासीहरुमा अनुरोध समेत गरेको अध्यक्ष विश्वामित्र प्रसाद कलवारले जनाएका छन् ।

    0 comments: