आत्महत्या कि हत्या -

Posted on
  • Sep 11, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २६ भदौ/ वीरगंज उपमनपा वडा नं. ४ विर्ता मन्दिरस्थित एक घरमा डेरा गरी बस्ने युवकले आत्महत्या गरेका छन् ।
    आज बिहान २३ वषर्ीय सागर कंडेलले आफनै कोठामा झुन्डिएर आत्महत्या गरेका हुन ।
    चार वषर्ीय छोरा लिइ सोही घरको छतमा सुतेकी मृतक कंडेलकी पत्नी रेखा कंडेलले बिहान पानी लिन भनी कोठा ढकढकाउदा भित्रबाट चुकुल लगाएको देखेपछि सोही कोठाको पछिल्तिर रहेको झ्यालबाट हर्ेदा आफना पति कंडेल दलिनको पासोमा झुण्डिरहेको देखेपछि तत्काल सो घरको भेन्टिलेशनबाट कोठाभित्र छिरेकी रेखाले श्रीमानको घांटीको पासो झिकी भुंइमा सुताएपश्चात ढोकाको चुकुल खोली आफनो माइतीलाई खबर गरेको बताइन् ।
    पासो लगाइ आत्महत्या गरेको सागरको यस घटनामा मृतक आफना पतिलाई झुन्डिएको देखेपछि तत्काल आफू बसेको घरमै रहेका आफना सासु एवं देवरसमेतलाई खबर नगरी नर्सिङ क्याम्पस नजिक बसेका आफना माइती एवं मृतकका मामालाई बताउन पुगेकी रेखाले तत्काल प्रहरीलाईसमेत खबर नगरेबाट आत्महत्या, हत्यामा परिणत हुनसक्ने आशंका उब्जाएको छ ।
    मृतकका चार वषर्ीय छोरा सुजललाई घटनास्थलमा स्थानीय युवाहरुले सोधपुछ गर्दा मृतकको हात पछाडिबाट आप\mनो आमाले बांधेको र चार जना व्यक्ति आइ बुवालाई कुटपिट गरेको बयान दिएका थिए ।
    मृतकका सासु एवं श्रीमतीका अनुसार प्रत्येक दिन जसो मध्यरातमा जाड रक्सी खाइ आउने गरेका सागर हिजो पनि करिब २-३ बजे राति आप\mनो कोठामा आइ सुतेका थिए । लागू औषधसमेत प्रयोग गर्ने गरेका सागरको यस आत्महत्याको घटनालाई स्थानीय बासिन्दाहरुलेसमेत सहजरुपमा स्वीकार गरेका छैनन् ।

    0 comments: