प्रभात फेरि सम्पन्न

Posted on
  • Sep 21, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ५ असोज/ अन्तर्रर्ााट्रय शान्ति दिवसको उपलक्ष्यमा स्थानीय समाजका मानिसहरुको सहभागितामा शान्ति प्रभातफेरि वीरगंज नगरमा सम्पन्न भयो ।
    आज नेपाल पत्रकार महासंघ पर्सर्ााे संयोजकत्वमा भएको प्रभातफेरिमा संचारकर्मी, विभिन्न विद्यालयका विद्यार्थी, उद्योगपति, व्यापारी, मानव अधिकारवादी, प्रहरी जवान तथा अधिकृतहरुको उपस्थिति रहेको थियो । घण्टाघरबाट निस्किएको शान्ति र्‍याली वीरगंज उद्योग वाणिज्य संघको हातामा पुगेर सम्पन्न भएको थियो । शान्ति र्‍यालीका सहभागीहरुले विश्व शान्तिको कामनासहित १ मिनेट मौनधारण गरेका थिए ।

    ब्युटिसियन तालिम
    वीरगंज, ५ असोज/ विजयादशमी, तिहार तथा छठ पर्वको उपलक्ष्यमा वीरगंजमा एकदिने ब्युटिसियन सेमिनार सम्पन्न भएको छ ।
    आज वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा जिण माता इम्पोरियमको आयोजकत्व र बान ल्याब्स लिमिटेड गुजरात -भारत) संयोजकत्वमा भएको सो सेमिनारमा ब्युटिसियनको किला ठक्कर -गुजरात)को उपस्थिति रहेको थियो ।
    सो सेमिनारको उद्घाटन संविधानसभा सभासद करिमा बेगमले गर्नुभएको थियो । सो सेमिनारमा वीरगंजका ब्युटिसियनमा चाख राख्ने महिलाहरुको उपस्थिति रहेको थियो ।

    0 comments: