मैनालीको हत्याको विरोधमा पर््रदर्शन

Posted on
  • Sep 21, 2008
  • by
  • mukesh
  • in
  • पर्साका सम्पर्ूण्ा सरकारी कार्यालय लगायत अनिश्चितकाल बन्द
    वीरगंज, ५ असोज/ जिल्ला प्रशासन कार्यालय, पर्साका अधिकृत मोहन मैनालीको संयुक्त जनतान्त्रिक मुक्ति मोर्चाका कार्यकर्ताले गोली हानी हत्याविरुद्ध वीरगंजमा विरोध पर््रदर्शन गर्नुका साथै जिल्लाका सम्पर्ूण्ा सरकारी, स्थानीय निकाय, वित्तीय संस्था, बैंक, संस्थानलगायत कार्यालयहरु अनिश्चितकालका लागि बन्द भएको छ ।
    आज बिहान संयुक्त कर्मचारी संर्घष्ा समिति पर्साले वीरगंजको घण्टाघरमा विरोध र्‍याली निकाली नगर परिक्रमा गरेको थियो । विरोध र्‍यालीमा मृतकलाई शहीद घोषणा, परिवारलाई क्षतिपर्ूर्तिको व्यवस्था, हत्यारालाई कारबाही, शान्ति सुरक्ष्ँाको ग्यारेन्टी, परिवारको रोजगारीको व्यवस्था गर माग गरेका छन् ।
    त्यसैगरी आजदेखि पर्सा जिल्लाको सम्पर्ूण्ा सरकारी कार्यालय, स्थानीय निकाय, वित्तीय संस्था, संस्थान, बैंकहरु अनिश्चितकालका लागि बन्द भएको छ ।
    नेपाल निजामती कर्मचारी संगठन पर्सा, स्थानीय निकाय कर्मचारी संघ, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी संघ कर्मचारीसंघ, क्षेत्रीय समिति, नेपाल राष्ट्र बैंक कर्मचारी संघ, नेपाल बैंक लिमिटेड कर्मचारी संघ क्षेत्रीय समिति, नेशनल टे्रडिङ लि कर्मचारी संघ, गाविस हकहित संरक्षण केन्द्र, नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन, नेपाल टेलिकम कर्मचारी संघ, मधेशी निजामती कर्मचारी संगठनका अध्यक्षले एक प्रेस विज्ञप्ति जारी गरी मैनालीको हत्यारालाई कारबाही गरी उल्लेखित माग पूरा नभइन्जेलसम्म अनिश्चितकालका लागि बन्द गरेको उल्लेख छ ।


    माओवादीसहितको समीकरण गरे संविधान निर्माणमा ठूलो सहयोग पुग्नेः मन्त्री गुप्ता

    वीरगंज, ५ असोज/ कृषि तथा सहकारी मन्त्री जयप्रकाश गुप्ता आनन्दले माओवादीसहितको समिकरण गरेर अगाडि बढ्दा संविधान निर्माणमा ठूलो सहयोग पुग्न जाने हुनाले मधेशी जन अधिकार फोरमले नेपाल सरकारमा गएको भन्नुभयो ।
    आज रिपोर्टस क्लब नेपाल पर्सर्ाााखाद्वारा स्थानीय होटल सम्झनामा आयोजित साक्ष्ँात्कार कार्यक्रममा स्थानीय संचारकर्मी तथा तथा मधेशी जन अधिकार फोरमका कार्यकर्ताहरुका बीचमा मन्त्री गुप्ताले गणतान्त्रिक नेपालको पहिलो बजेटमा नयां अवधारणा आएको बताउनुहुंदै बन्द रहेको वीरगंज चिनी कारखाना र कृषि औजार कारखाना संचालन गर्ने, वीरगंजमा नेपाल अधिराज्यकै ठूलो कृषि बजार केन्द्र स्थापना गर्ने, सुविधा सम्पन्न बिउ भण्डार स्थापना गर्ने, वीरगंजलाई केन्द्रविन्दू बनाएर पर्ूव-पश्चिम रेलवे सेवा संचालन गर्ने, संघीय राज्यको महत्व पर्ूण्ा केन्द्र वीरगंजलाई बनाउने नीति र कार्यक्रम रहेको बताउनुभयो ।
    मन्त्री गुप्ताले सहमति पालनाको क्रममा मन्त्री मातृका यादवलाई कारबाही गरेर माओवादी पार्टर्ीी प्रतिबद्धता जनाएको बताउनुहुंदै प्रहरी सेवालाई अहिलेसम्म राजनीतिकरण गर्न खोजेको आरोप लगाउनुयभयो ।
    उहांले निरपराध, निहत्या जिल्ला प्रशासन कार्यालय पर्सर्ाा शाखा अधिकृतको तर्राईकै सशस्त्र समूहले हत्या गरेर अत्यन्तै निन्दनीय कार्य गरेको बताउनुहुंदै स्पष्ट र मूख्य राजनीति माग लिएर शान्ति वार्तामा आउन तर्राईका सवै सशस्त्र राजनीतिक समूहलाई आग्रह गर्नुभयो ।
    उहाले नयां नेपाल निर्माण गर्न नयां चिन्तन हुनु पर्दछ, हिन्दू राष्ट्र नेपाल धर्मनिरपेक्ष राष्ट्रमा रुपान्तरित भइसकेको भन्नुहुंदै भारत सरकारले तर्राईको विकासमा विशेष प्याकेज ल्याएको छ भन्नुभयो ।
    उहांले भारत सरकारसंग नेपाल सरकारले सब्सिडी रेटर -सहुलियत मूल्य)मा १ लाख मेटि्रक टन रासायनिक मलखादको माग गरेकोमा २७ हजार मेटि्रक टन उपलब्ध भएको र नेपालको आवश्यकता अनुसारको रासायनिक मल भारतले उपलब्ध गराइ देओस् भन्ने माग गर्नुभएको छ ।
    रिपोर्टस क्लब नेपाल पर्सर्ााखाका अध्यक्ष कन्हैया गुप्ताले अध्यक्षता गर्नुभएको सो साक्षात्कार कार्यक्रममा मधेशी जन अधिकार फोरम नेपालका तर्फाट संविधानसभासद करिमा बेगम र आत्माराम साह, फोरमका केन्द्रीय सचिव लालबाबू राउत गदी, केन्द्रीय वरिष्ठ सल्लाहकार सदस्य वीरेन्द्र लाल नेपाली, फोरम पर्सर्ाा अध्यक्ष शशिकपुर मियालगायत फोरमका कार्यकर्ता र संचारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
    सो साक्ष्ँात्कार कार्यक्रममा सम्पादक सर्ुदर्शनराज पाण्डेले संचालन गर्नुभएको थियो ।

    0 comments: