मैनालीको अन्त्येष्टी, हत्यामा संलग्न रहेको आशंकामा २२ पक्राउ

Posted on
  • Sep 20, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ४ असोज/ संयुक्त जनतान्त्रिक मुक्ति मोर्चाका कार्यकर्ताले गोली हानी हत्या गरेका जिल्ला प्रशासन कार्यालय पर्सर्ााधिकृत मोहन मैनालीको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पशुपति आर्यघाट पुगि उहा“लाई श्रद्धाञ्जली अर्पण्ँ गर्नुभएको थियो । अधिकृत मैनालीलाई हिजो मोर्चाका एक कार्यकर्ताले दुइ राउण्ड गोली हानी हत्या गरेका थिए । गोली लागि गम्भीर घाइते भएका अधिकृत मैनालीको उपचारका लागि नारायण्ँी उपक्षेत्रीय अस्पताल लग्दै गर्दा बाटोमा मृत्यु भएको थियो । मृतक मैनालीको परिवारमा दुइ छोरा, दुइ छोरी र श्रीमती रहेका छन् ।
    यसैवीच जिल्ला प्रशासन कार्यालय पर्सर्ाा प्रशासकीय अधिकृत मोहन मैनालीको हत्यामा सङलग्न रहेको आशङकामा प्रहरीले वीरगंजको विभिन्न स्थानबाट २२ जनालाई पक्राउ गरेको छ ।

    समिति गठन

    वीरगंज, ४ असोज/ सामुदायिक विकास नगर वीरगंज मर्ुर्लीको १५ सदस्यीय समिति गठन भएको छ । वडा नं. १४, १५, १६ नं. मिलाएर गठन गरिएको सो समितिको अध्यक्ष हरि महतो कोइरी, उपाध्यक्ष्ँत्रय अमृत महतो, सुरेश साह, र निशा क्षेत्री, सचिव कनोइ महतो, कोषाध्यक्ष फिरोज खान, सहकोषाध्यक्ष राजकुमार महतोलगायत रहेका छन् ।

    0 comments: