दिनदहाडै ज्रि्रका, पर्सर्ाा अधिकृतको गोली हानी हत्या

Posted on
  • Sep 19, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ३ असोज/ अज्ञात व्यक्तिले दिनदहाडै जिल्ला प्रशासन कार्यालय, पर्सर्ाा शाखा अधिकृत मोहन मैनालीलाई गोली प्रहार गरी हत्या गरेका छन् ।
    आज दिउ“सो ३ बजे कार्यालयबाट घरतर्फजादै गर्दा मैनाली रानीघाट नजिकै एक चिया पसलमा बसिरहेको अवस्थामा अपरिचित हतियारधारी युवकले नजिकैबाट दुइ गोली छातीको दाया र बायामा प्रहार गरी पश्चिम दिशातर्फ फरार भएका थिए ।
    घाइते मैनालीको उपचारको लागि एम्बुलेन्सलाई खबर गर्दा खाली नरहेको जनाएपश्चात स्थानीय युवा प्रमेन्द्र चौधरीले ना २ प ८९८४ नं.को मोटरसाइकलमा राखेर नारायणी उपक्षेत्रीय अस्पताल, वीरगंजमा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको अस्पतालका चिकित्सकले जनाएको छ ।
    र् कर्मचारी मैनालीमाथि केही दिन अघिदेखि अपराधीहरुले मार्ने प्रयासस्वरुप बाटोमा हिंडदै गर्दाको अवस्थामा एक युवकले कन्चटमा पेस्तोल तर्ेसाइ टि्रगर दबाउदा गोली नपडकिएपछि सो घटनामा उनी बाच्न सफल भएको मैनालीका छोराले बताएको ज्रि्रका, पर्सर्ाा मुद्दा शाखाका कर्मचारी शिवशंकर पटेलले यस दैनिकलाई बताउनुभयो ।
    नगरको सुरक्ष्ँा व्यवस्था फितलो भएको टड्कारो उदाहरण जिल्ला प्रशासन कार्यालय, पर्सर्ाा कर्मचारी मैनालीको दिउंसै भएको यस हत्याबाट उदा·ो भएको छ । मैनालीलाई अस्पताल पुर्‍याएको २० मिनेटपश्चात ज्रि्रकाका एसपी एवं जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतहरु पुगेका थिए ।

    0 comments: