हत्याको छानबिन गर्न माग

Posted on
  • Sep 19, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ३ असोज/ वीरगंज-१४ श्रीपुर निवासी दीपेन्द्र बस्नेतको रहस्यमय मृत्युको छानबिन गनुपर्ने माग गर्दै मृतक का परिवारजनले राजनीतिककर्मी, संचारकर्मी, मानवअधिकारकर्मीसंग आग्रह गरेका छन् ।
    आज नेपाल पत्रकार महासंघ पर्सर्ाााखाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा मृतक बस्नेतका परिवारजनले भने गत भदौ १५ गते भारतको रक्सौलबाट लागूऔषध लिएर आउदै गर्दा प्रहरी चौकी इनर्वाले दिपेन्द्र बस्नेतलाई पक्राउ गरेको थियो ।
    पक्राउ परेको भोलिपल्टै रहस्यमय तरिकाले वीरगंजस्थित एएमसी अस्पतालमा बस्नेतको शव भेटिएको थियो । प्रहरीले छानबिन समिति गठन गरे पनि कुनै कारबाही नभएको भन्दै विभिन्न राजनीतिक दल, मानव अधिकारकर्मी, संचारकर्मीको रोहबरमा छानबिन समिति गठन हुनुपर्ने माग गर्दै पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।
    सम्मेलनमा मृतकका पिता नरेन्द्र बस्नेत, दाइ शैलेन्द्र बस्नेतलगायतको उपस्थिति थियो ।
    र्
    र्सपको टोकाइबाट बालिकाको मृत्यु
    वीरगंज, ३ असोज/विषालु र्सपको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।
    आज बिहान पर्सर्ााजल्ला सुवर्ण्र्ाार-८ धुम्बे पाख्रिनकी ४ वषर्ीया छोरी खुरी माया पाख्रिनलाई विषालु र्सपले डसेपछि उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको जनाइएको छ ।

    तालिम सुरु

    वीरगंज, ३ असोज/ स्नातक फर्मासिस्ट संघ नेपालमा तीन दिने असल प्रयोगशाला भ्याक्स सम्बन्धी तालिम सुरु भएको छ ।
    आज औषधि उत्पादकीय एसोसिएसन नेपालको सहयोगमा उद्घाटन सत्रको सभापतित्व गजेन्द्रबहादुर थैजु र प्रमुख अतिथि स्वास्थ्य मन्त्रालय औषधि व्यवस्था विभाग प्रमुख भूपेनबहादुर थापा, औषधि व्यवस्था विभागका कार्यालय प्रमुख प्रमोद केसीले संयुक्त रुपमा गर्नुभएको थियो ।
    कार्यक्रममा पर्ूव अध्यक्ष महेन्द्रबहादुर अमात्य र वर्तमान अध्यक्ष उमेशलाल श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वक्ताहरुले नेपालमा दोस्रो पटक हुन गइरहेको यो तालिममा सहभागी फर्मासिस्टहरुको कार्यदक्षतालाई झनै वृद्धि गरी औषधिको गुणस्तरमा वृद्धि गर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
    तालिममा वीरगंज, विराटनगर, जनकपुर, भैरहवा, नवलपरासीका ४० जनाको सहभागिता रहेको थियो ।

    0 comments: