बाइपास दैनिकको पांचौ वाषिर्कोत्सवमा विचार गोष्ठी

Posted on
  • Sep 6, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २१ भदौ/ लोकतान्त्रिक गणतन्त्रमा पत्रकार र प्रकाशनगृहमाथि भइरहेको आक्रमण र सरकारको दायित्व विषयक विचार गोष्ठीमा वक्ताहरुले पत्रकार र प्रकाशनगृहमाथि भइरहेको आक्रमण रोक्न सरकारले तत्काल पहल गर्नुपर्ने जोडदार माग राखेका थिए।
    आज स्थानीय समाचार पत्र वाइपास दैनिकले वीरगंज उद्योग वाणिज्य संघको हलमा आफनो पांचौ वाषिर्कोत्सवको उपलक्ष्यमा आयोजित विचार गोष्ठीमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य महेश दासले सत्तामा आएपछि पत्रपत्रिका नचाहिने सोचाइ राजनीतिक दलहरुको रहेको बताउनुहुदै पत्रकार पिटिएकोमा, संचारगृह तोडफोड भएकोमा आज ताली बजाउनेहरुका लागि भोलिका दिन खतरा हुने बताउनुभएको थियो ।
    वाइपास दैनिकका प्रकाशक एवं प्रबन्धक धीरज दारुकाको सभापतित्वमा र नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव पोषण केसीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा संविधानसभासद अजयकुमार द्विवेदी र ओमप्रकाश शर्मा, राप्रपा पर्सर्ाा अध्यक्ष गोखुलप्रसाद कर्ुर्मी, नेकपा एमालेका प्रभु हजरा, मधेशी जन अधिकार फोरम नेपालका पर्सर्ााजल्ला अध्यक्ष शशिकपूर मियां, नेपाल पत्रकारमहासंघका केन्द्रीय सदस्य महेश दास, नेसपा -राजेन्द्र)का शिव पटेल, तमलोपा, पर्सर्ाा विपीन यादव, प्रेस काउन्सील नेपालका निवर्तमान सदस्य दीपेन्द्रचौहानलेसो गोष्ठीमा मन्तव्य राख्नुभएको थियो ।

    वाइसिएल कमिटी गठन
    वीरगंज, २१ भदौ/ वीरगंज उपमहानगरपालिका वडा नं. ४ को युवाहरुको भेलाले २३ सदस्यीय योंग कम्युनिष्ट लिग ४ नं. वडा कमिटी गठन गरेको छ ।
    आज युवा भेलाद्वारा गठित वाइसिएल, ४ नं. वडा कमिटीको अध्यक्ष प्रदीप थापा, उपाध्यक्ष ब्रह्मदेव राउत मेस्तर, सचिव महम्मद साविर, सहसचिव राकेश श्रेष्ठ, कोषाध्यक्ष बालकृष्ण कर्ण्र्ााायत चयन भएका छन् ।

    0 comments: