अनिश्चितकालको लागि ट्रान्सपोर्ट बन्द

Posted on
  • Sep 7, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २२ भदौ/ ट्रान्सपोर्ट एसोसिएसनका अध्यक्ष हरेन्द्र गुप्ता र निजका छोरा अजय साह र अरूण साहलाई निर्घर्ााकुटपिट गर्नेविरूद्ध ट्रान्सपोर्ट एसोसिएसन पर्साले अनिश्चितकालको लागि ढुवानी सेवा बन्द गर्ने भएको छ ।
    आज बसेको एसोसिएसनको अकस्मात बैठकले दोषी उपर कारबाही नभएसम्म अनिश्चितकाल ट्रान्सपोर्ट सेवा बन्द गर्ने निर्ण्र्ाागरेको हो ।
    आजै यस घटना विषयमा एसोसिएसनले दिउ“सो ३ बजे एक पत्रकार सम्मेलनको आयोजना गरी घटनाका बारेमा विस्तृत जानकारी गराउने भएको एसोसिएसनका सचिव प्रशान्त श्रेष्ठले बताए ।
    ट्रान्सपोर्ट एसोसिएसन पर्सर्ााे निर्ण्र्ाावपरित शनिवार बिदाको दिन पशुपति ट्रान्सपोर्ट आदर्शनगरमा व्यापारी प्रयोजनको सामान बुक गराउ“दा सो सामानको बिल ट्रान्सपोर्टबाट लिई एसोसिएसनका पदाधिकारीले ट्रान्सपोर्ट एसोसिएसनको कार्यालयमा बुझाएपश्चात सोही विषयलाई लिएर छपकैया २ का मुतर्ुजा अहमद तेलीले आप\mना भाइभारदार लगाई ट्रान्सपोर्ट एसोसिएसनका अध्यक्ष हरेन्द्र गुप्ता र निजका द्वय छोरा अजय साह र अरुण साहलाई हिजो राति ९ बजे भाजुरत्न चोकमा निर्घर्ाापमा कुटपिट गरी घाइते तुल्याएका छन् ।
    सो सामानको बिल एसोसिएसनमा बुझाएपश्चात् अध्यक्ष हरेन्द्र साहलाई टेलिफोन गरी मुतर्ुजा अहमदले मेरो सामानको बिल किन लिएको, तुरुन्तै बिल फर्काउ अन्यथा ठिक हु“दैन भनि धम्काएपछि आइतवार ट्रान्सपोर्ट खुलेपछि आउनु अनि कुरा हुन्छ भनेपछि हरेन्द्रलाई मुतर्ुजाले तथानाम गरेका थिए ।
    सोही विषयलाई लिएर राति ९ बजे भाजुरत्न स्थित चोकमा मुतर्ुजा अहमदले आप\mना भाइ पिन्टुलगायत गाउ“का अन्य केटाहरुलाई प्रयोग गरी ट्रान्सपोर्ट एसोसिएसनका अध्यक्ष एवं जय बजरंगबली ट्रान्सपोर्टका मालिक छपकैया ३ का हरेन्द्रप्रसाद साह र उनका छोराहरुलाई निर्घर्ााकुटपिट गरेका थिए ।
    सो घटना प्रत्यक्षरुपले हेरिरहेका छपकैया ३ का दीपेन्द्र बिसीले तत्काल प्रहरी भ्यान बोलाएर घाइते अध्यक्ष साहलगायत निजका छोराहरुलाई नारायणी उपक्षेत्रीय अस्पताल पुर्‍याउन लगाएका थिए । नारायणी उपक्षेत्रीय अस्पतालमा घाइते साहहरुलाई पुर्‍याइदा अस्पतालमासमेत पुगेका मुतर्ुजा अहमदका भाइभारदारहरुले सोही अस्पतालमा बिरामी लिएर आएका बारा बहुअरीका रामबाबुलाई समेत इमर्जेन्सी बाहिर कुटपिट गरेको पीडितले बताएका छन् ।
    यसरी अनाधिकृतरुपमा बल प्रयोग गरी ट्रान्सपोर्ट क्ष्ँेत्रमा आप\mनो एक्का जमाउने प्रयास गरेका मुतर्ुजाका विरुद्धमा आज ट्रान्सपोर्ट एसोसिएसनका पदाधिकारीहरुले वडा प्रहरी कार्यालय, विर्तामा घाउ चेकजा“चको र्फम दर्ता गराएका छन् भने एक-दर्ुइ दिनभित्र दोषीहरुविरुद्ध र्सार्वजनिक मुद्दा दर्ता गराउने तयारी गरिरहेको घाइते अध्यक्षले बताउनुभएको छ ।

    स्थानिय बासिन्दाद्वारा चक्काजाम
    वीरगंज, २२ भदौ/ बारा जिल्लाको बरियारपुरस्थित नेपाल टेलिकमको टावर संचालन गर्नुपर्ने माग गर्दै स्थानिय बासिन्दाहरुले कलैया-स्रि्रौनगढ सडक खण्डमा चक्काजाम गरेका छन् ।
    आज विहान ८ बजेदेखि सो सडकखण्डमा चक्काजाम गर्दै कवही गोठ, गञ्जभवानीपुर, अमरपट्टी, कोल्हवी र त्यस आसपासका सपही, पढरी, वेल्हवा, उम्जन, परसौना लगायतका गाविसहरुमा पनि टावर सञ्चालनमा नआएका कारण्ँ मोवाइल नेर्टवर्कले काम नगरेको स्थानिय बासीहरुले गुनासो गरेका छन् ।

    डाबर नेपालद्वारा तस्करी
    वीरगंज, २२ भदौ/भारतकै हिमाञ्चल प्रदेशबाट लखेटिएर सिक्किममा पनि ठाउं नपाएपछि नेपालका धनाढ्य रूकुम शम्शेर राणालाई २० प्रतिशतको पार्टनर बनाएर आयर्ुर्वेदिक औषधि उत्पादन गर्न भनि बारा जिल्लाको रामपुर टोकनीमा सन् १९९२ मा खडा भएको बहुराष्ट्रिय कम्पनी डाबर नेपालले आयर्ुर्वेदिक औषधि उत्पादन र प्रशोधन नगरी हाजमोला पाचक, आंवला तेल, हनी, रियल जुस, लालदन्त मंजनलगायत उत्पादन गरी नेपालमा रहेका ८४ प्रकारको बहुमूल्य जडीबुटी संकलन गरी भारत र तेस्रो मुलुकमा निर्यात गरेर ठूलो मुनाफा कमाउंदै आएको छ ।
    डाबर नेपाल जडीबुटीको तस्करी केन्द्र मात्र नभएर भारतीय जासुस संस्था ँरअ’ को सांगठानिक केन्द्र पनि हो । डाबर नेपालका जिएम गांगुलीले नेपाल सरकार आप\mनो मुठीमा रहेको दाबी गर्दै आएका छन् । डाबर नेपालले वाषिर्क १ करोड रूपियां राजधानीमा हुने सुन्दरी प्रतियोगितामा मात्र खर्च गर्ने गरेको छ । भारतीय स्वार्थ रक्षा गर्ने नेपालबाट प्रकाशित पत्रपत्रिका र नेपाल वान टेलिभिजन र अन्य संचारमाध्यममा वाषिर्क २ करोडको विज्ञापन खर्च गर्ने डाबर नेपालले आर्थिक वर्ष२०६३/६४ मा खुद मुनाफा २ करोड ५६ लाख गरेको छ । रामपुर टोकनीस्थित डाबर नेपाल उद्योगमा ९९५ जना मजदुर कार्यरत छन् । डाबर नेपालको व्यवस्थापनमा सवै भारतीय नागरिक छन् । डाबर नेपालमा कार्यरत मजदूरहरूले उद्योगले आर्जन गरेको नाफाको १० प्रतिशत बोनस पाउनुपर्ने मांग राखी ६ दिनदेखि आम हडतालमा उत्रिएर उद्योगको गेटमा धर्ना दिंदै आइरहेका छन् । त्यहां कार्यरत मजदुरहरूले मासिक ५१०० पारिश्रमिक पाउंदै आएका छन् । अखिल नेपाल औद्योगिक मजदुर संघ बाराका अध्यक्ष वेनीप्रसाद तिमल्सिनाले एक प्रेस विज्ञप्ति जारी गरी धर्नामा बसेका मजदूरहरूमाथि केही भए त्यस्को सम्पर्ूण्ा जिम्मेवारी उद्योग व्यवस्थापनले लिनुपर्ने चेतावनी दिएका छन् ।

    0 comments: