विद्युत प्राधिकरण घेराउ तथा तोडफोड

Posted on
  • Sep 7, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २२ भदौ/ पर्सा जिल्लामा नियमित विद्युत आपर्ूर्ति नगरी घण्टौंपिच्छे विद्युत काटेको आरोप लगाउदै विभिन्न गाविसका स्थानीय बासिन्दाले नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्र घेराउ गरी ढुंगामुढा गरेका छन् ।
    आज पर्सा जिल्लाको भेडीहारी, बलुवा, सवैठवाका करिब २ सय स्थानीयबासिन्दाले नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्र पावरहाउसमा विद्युत सुचारु गर्न माग गर्दै प्राधिकरण घेराउ तथा ढुंगामुडा गरेका हुन ।
    समाचार तयारपारुन्जेल क्ष्ँतिको विवरण प्राप्त भएको छैन ।

    0 comments: