ट्राफिक सप्ताह सुरु

Posted on
  • Sep 8, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २३ भदौ/ जिल्ला ट्राफिक कार्यालय, पर्सा र सामुदायिक सेवा जिल्ला समन्वय समिति पर्साको संयुक्त आयोजनामा ट्राफिक सप्ताह विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइदैछ ।
    आज एक कार्यक्रमबीच ट्राफिक सप्ताहको उद्घाटन मध्यक्षेत्रीय प्रहरीका डिआइजी किरण गौतमले रिबन काटेर गरेका थिए । सो अवसरमा शान्तिको प्रतीक परेवा र बेलुन पनि उडाइएको थियो ।
    ट्राफिक सप्ताहको अवसरमा घण्टाघरमा विभिन्न संघसंस्थाहरु रेडक्रस, जेसीस, लायन्स क्लब, सामुदायिक सेवा केन्द्र, मानव सशक्तिकरण समाज, पर्सा र विभिन्न स्कूलका छात्रछात्राहरुको बाक्लो उपस्थिति रहेको थियो ।
    असल ट्राफिक व्यवस्थापन सभ्य समाजको पहिचान नाराका साथ सुरु भएको ट्राफिक सप्ताहको अवसरमा सुरक्ष्ँाकर्मी, संचारकर्मी, समाजसेवी, उद्योगपतिलगायतको उपस्थिति रहेको थियो ।
    ट्राफिक नियम र व्यवस्थापनको सम्बन्धमा जनचेतना जगाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो । आजदेखि २९ गतेसम्म सो सप्ताह विभिन्न कार्यक्रम गरी मनाइने छ । आज घण्टाघरबाट सुरु भएको र्‍याली वीरगंज नगर परिक्रमा गरी पुन घण्टाघरमा पुगी सभामा परिणत भएको थियो ।
    वीरगंजको मुख्य बजारमा ट्राफिक नियमको होर्डिङ बोर्ड, व्यानर, स्वागत द्वार, जेब्राक्रस बनाइएको छ ।

    दर्ुघटनामा १ को मृत्यु, ५ घाइते
    वीरगंज, २२ भदौ/बाराको नितनपुरस्थित दूरसंचारको टावरमा यात्रुवाहक बस ठोक्किदा १ जनाको मृत्यु हुनुका साथै ५ जना घाइते भएका छन् ।
    गए राति ११ः१५ बजे काठमाडौंबाट वीरगंजतर्फ आइरहेको ना ३ ख ११२७ नंंको हरे राम हरे कृष्ण ट्राभल्स यात्रुवाहक बस दूरसञ्चारको टावरमा ठोक्किदा बारा, सुखचैना गाविस बस्ने ३५ वषर्ीय मुन्ना यादवको मृत्यु भएको छ भने सन्तोष कार्की, उमेशकुमार गुप्ता, चन्द्रिका साह, बृजकिशोर साह, गणेशबहादुर तामाङ घाइते भएका छन् ।
    घाइतेहरूको नारायणी उपक्षेत्रीय अस्पताल, वीरगंजमा उपचार भइरहेको छ ।


    शिक्षा दिवस सम्पन्न
    वीरगंज, २३ भदौ/ विभिन्न कार्यक्रमका साथ शिक्षा दिवस वीरगंजमा पनि मनाइदैछ ।
    आज ४२ औं अन्तर्रर्ााट्रय साक्षरता दिवस तथा शिक्ष्ँा दिवसको उपलक्ष्यमा घण्टाघरबाट र्‍याली निकालिएको थियो । साक्षरता दिवस तथा शिक्षा दिवस मूल समारोह समितिको आयोजनामा निकालिएको र्‍याली घण्टाघरबाट नगर परिक्रमा पछि त्रिजुद्ध माविमा पुगी समारोहमा परिणत भएको थियो ।
    मूल समारोहका संयोजक एवं जिल्ला शिक्ष्ँा अधिकारी सदानन्द झाको नेतृत्वमा निस्किएको र्‍यालीमा विभिन्न संघ,संस्था, शैक्षिक संस्था, विद्यालयका विद्यार्थी, शिक्ष्ँक एवं शिक्ष्ँासंग सम्बन्धित व्यक्तिहरु, समाजसेवी, पत्रकारहरुकोबाक्लो सहभागिता रहेको थियो । सहभागीहरुले शिक्ष्ँा सम्बन्धी विभिन्न नारा अंकित प्लेकार्डहरु बोकेका थिए ।
    त्रिजुद्ध स्कूलमा सो दिवसकोउपलक्ष्यमा विभिन्न नाचगान पनि प्रस्तुत गरिएको थियो । सोअवसरमा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, शिक्ष्ँाविदहरु, नगरपालिका प्रतिनिधिहरुलगायतको उपस्थिति थियो ।
    शिक्षा दिवसको उपलक्ष्यमा आज विभिन्न शैक्षिक संस्थाहरु आ-आफनो ढंगले कार्यक्रमको आयोजना गरेको छ ।
    नेपाल विद्यार्थी संघ क्याम्पस एकाइ कमिटीद्वारा विचार गोष्ठी, मनकामना मावि विर्तामा पेन्टिङ प्रतियोगिता, निबन्ध प्रतियोगिता गर्दैछ भने कादम्बरी एकेडेमीले टाउन हलमा सांगितीक कार्यक्रमको आयोजना गरेर शिक्ष्ँा दिवस मनाउदैछ ।

    0 comments: