अनिश्चितकालीन बन्द फिर्ता

Posted on
  • Sep 23, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ७ असोज/ जिल्ला प्रशासन कार्यालय, पर्सर्ाा शाखा अधिकृत मोहन मैनालीको हत्याविरूद्ध पर्सर्ाा सरकारी कार्यालय, वित्तीय संघसंस्था, अन्तर संस्थान, वैंक प्रतिष्ठान अनिश्चितकाल बन्द, हडताल फिर्ता भएको छ ।
    आज बिहान संयुक्त कर्मचारी संर्घष्ा समितिका प्रतिनिधि, संघसंगठनका प्रतिनिधीहरु र स्थानीय प्रशासनवीच जिल्ला प्रशासन कार्यालय पर्सर्ाा उत्पन्न समस्या समाधानका लागि भएको छलफलमा सहमति भएपछि अनिश्चितकाल हडताल फिर्ता भएको पर्सर्ाा प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिवाकोटीले बताए ।
    वार्तामा मृतक मैनालीलाई शहीद घोषणा, पीडित परिवारलाई क्षतिपर्ूर्ति दिर्नुपर्ने, हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने, कर्मचारीहरुको शान्ति सुरक्ष्ँालगायतहरु मांगमा प्रशासनले सहमति जनाएपछि विभिन्न कर्मचारी संगठनले अनिश्चितकालीन आन्दोलन फिर्ता लिएका हुन् ।
    साथै कर्मचारीहरुले सरकारलाई माग पूरा गराउन दवावस्वरुप भोलिदेखि हातमा कालो पट्ट िबांधेर काम गर्ने जनाएको छ ।
    यसअघि नौवटा पेशागत संगठनले विभिन्न ५ सूत्रीय मांग राखी जिल्ला प्रशासन कार्यालय, पर्सर्ाा शाखा अधिकृत मोहन मैनालीको हत्याविरूद्ध अनिश्चितकालीन सरकारी कार्यालय, बैंक वित्तीय, अन्तरसंस्थानलगायत बन्द घोषणा गरी आज बिहान मौन जुलुस र धर्नासमेत दिएका थिए ।
    यसैबीच भंसार बन्दका कारण आज दिउंसो २ बजेदेखि ना ३ ख ६१२३, ना ३ ख २५२७ नं.को गाडीचालकहरुले भंसार मूलबाटोमा गाडी तर्ेसाइ बाटो अवरुद्ध गरेका थिए ।
    सवै सरकारी कार्यालय, संस्थान, बैंक, वित्तीय संस्थाहरू बन्द भएका छन भने कर्मचारीहरुले मौन जुलुस तथा धर्ना गरी विरोध पर््रदर्शन गरेका छन् ।
    आज बिहान संयुक्त कर्मचारी संर्घष्ा समितिले मौन जुलुश पर््रदर्शन गरेका छन् । विभिन्न कर्मचारी संघसंगठनका प्रतिनिधीहरु र स्थानिय प्रशासनवीच बिहान जिल्ला प्रशासन कार्यालय पर्सर्ाा उत्पन्न समस्या समाधानका लागि छलफल भएको छ । छलफललाई अपरान्ह पनि निरन्तर दिने र आजै ठोस निर्स्कर्षमा पुग्ने पर्सर्ाा प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिवाकोटीले बताए ।
    नौवटा पेशागत संगठनले विभिन्न ५ सूत्रीय मांग राखी जिल्ला प्रशासन कार्यालय, पर्सर्ाा शाखा अधिकृत मोहन मैनालीको हत्याविरूद्ध अनिश्चितकालीन बन्द घोषणा गरेपछि वीरगंजको सवै कार्यालयको कार्य ठप्प प्राय छ ।

    0 comments: