नेपाल-भारतका मन्त्रीबीच भेटवार्ता

Posted on
  • Sep 24, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ८ असोज/ नेपालका वाण्ँिज्य तथा आपर्ूर्ति मन्त्री राजेन्द्र महतो र भारतीय उर्जा तथा वाण्ँिज्य राज्यमन्त्री जयराम रमेशबीच भेटवार्ता भएको छ ।
    आज वीरगंजमा आयोजित एक कार्यक्रममा वीरगंज अलौंस्थित सुख्खा बन्दरगाह संचालनका लागि रेल्वे सम्झौता, नेपालबाट हुने निर्यात पर््रवर्द्धन र ट्रेड एण्ड ट्रीटी, साना व्यापारमा दर्ुइ देशबीच उत्पन्न हुने कठिनाइका बारेमा समेत छलफल भएको हो ।
    सुख्खा बन्दरगाहमा रेलबाट कन्टेनर ल्याउ“दा कोलकाता बन्दरगाहमा उत्पन्न हुने गरेको कठिनाई हटाउन बैकल्पिक व्यवस्थाको रुपमा मुम्बइ बन्दरगाहबाट कन्टेनर ल्याउने सम्बन्धमासमेत छलफल भएको मन्त्री महतोले जानकारी दिनुभयो ।
    राजधानीमा मंगलबार सुरु भएको पावर समिट, २००८ मा सहभागी हुन नेपाल आएका भारतीय राज्यमन्त्री रमेश हिजो नै वीरगंज पुग्नु भएको थियो ।
    भेटघाटमा भारतीय राजदूत राकेश सुद तथा भारतीय महावाण्ँिज्य दूत टी अशोक तथा नेपालका वाण्ँिज्य तथा आपर्ूर्ति सचिव पुरुषोत्तम ओझा पनि सहभागी हुनु भएको थियो ।

    0 comments: