नयां नोट साट्ने होइन

Posted on
  • Sep 24, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ८ असोज/ नेपाल राष्ट्र बैंकले आजदेखि दशैं तिहारका लागि नयां नोट साट्ने सुविधा उपलब्ध गराउने भएको छ । आज बिहान साढे १० बजेदेखि नेपाल राष्ट्र बैंक बैकिङ कार्यालय आदर्शनगरमा र्सवसाधारण्ँले नयां नोट लिन सक्नेछन् ।
    नयां नोट साट्ने सुविधा आजदेखि हरेक दिन विहान साढे १० बजेदेखि दिउंसो साढे २ बजे सम्म उपलब्ध हुनेछ । हरेक बर्ष बैंकले दशै तिहारमा र्सबसाधारण्ँलाई नयां नोट साट्ने सुविधा दिंदै आएको छ । राष्ट्र बैंकले आजदेखि दुइ रूपैयां दरका नोट साट्ने व्यवस्था पनि मिलाएको राष्ट्र बैंक मुद्रा बिभागका कार्यकारी निर्देशक मनमोहनकुमार श्रेष्ठले जनाएका छन् । बैंकले एकजनालाई दुइ रूपैयां दरका चारसयसम्म नोट दिनेछ । त्यस्तै, ५, १०, २०, ५० र सय रूपैयां दरका नयां नोट भने सय वटाका दरले मात्रै साट्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ । बैंकमा यसअघिनै छापिएका २ रूपैयां दरका झण्डै दुइ करोड रूपैयां मौज्दात रहेकाले यो दशैंका लागि दुइ रूपैयां दरका नोट साट्ने व्यवस्था मिलाइएको हो । यस पटकदेखि बैंकले १० रूपैयां दरका कागजी नोट साट्ने व्यवस्था पनि मिलाएको छ । १० रूपैयां दरका कागजी नोट भारतबाट बेलुकीसम्म काठमाडौं आईपुग्नेछ । बैंकले बाण्ँिज्य बैंकहरूलाई भने आउंदो आइतबारदेखि मात्रै नयां नोट साट्ने व्यवस्था मिलाउने कार्यकारी निर्देशक मनमोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    0 comments: